×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्रम्पले बन्धक रिहा गर्न हमासलाई दिए ४ दिन, बन्धक रिहाइ रोक्ने हमासको घोषणा

२९ माघ २०८१

२९ माघ , एजेन्सी ।

इजरायलसंग भएको युद्धविराम सम्झौता अन्तर्गत चरण चरणमा बन्धक रिहाइ गर्दै आएको हमासले एक्कासी बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो ।

Advertisement
Advertisement

पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो ।

तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पु¥याइरहेको आरोप लगाएको छ ।

हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन (इजरायल)ले पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले सम्झौताका सर्त पालना गरिरहेको छैन ।

त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’ इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।

हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शनिबार हमासले बन्धकहरु रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने र हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका छन् ।

ट्रम्पले हमासले आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनी दिएका हुन् । ट्रम्पले ओभल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने, म भन्छु– यसलाई (सम्झौता) रद्द गर्नुहोस्।’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटा बन्द गरिनुपर्छ र विनाश सिर्जना गरिनुपर्छ ।’

तर ट्रम्पले शनिबार दिउँसोको १२ बजे हो वा रातको १२ बजे भनेका हुन्, स्पष्ट छैन । यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि थाहा छैन । ट्रम्पले पटकपटक नगरी सबै बन्धक एकैचोटि रिहा गरिनुपर्ने पनि बताएका छन् ।

यस्तो भएन भने के हुन्छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हमासले थाहा पाउनेछ मेरो भनाइ अर्थ के हो!’ उनले ‘यो मेरो समयसीमा हो’ भने र आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु उल्लेख गरेनन् । उनले चेतावनीको भाषामा भने, ‘नत्र त्यसको परिणाम भोग्नुपर्नेछ र स्थिति निकै खराब हुनेछ ।’ उनीहरुका लागि नर्कका ढोकाहरू खुल्नेछन् । बाँकी सबै बन्धकहरूलाई रिहा अब हुनुपर्छ’ ट्रम्पले भने, ‘ति सबै बन्दी हामी फिर्ता चाहन्छौं।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दृढ अडानलाई दोहो¥याउँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि थुनामा रहेका तीनै जनालाई फिर्ता गरेपछि हमासद्वारा बन्धक बनाएका सबै इजरायलीहरूलाई तत्काल रिहा गर्न आह्वान गरेका थिए ।

युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १९०० कैदी रिहा गर्नुपर्ने सम्झौता छ । तर हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको भनाइ छ ।

Advertisement
Advertisement

अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ । तर नेपाली विद्यार्थी विपिन जोशीको पालो अहिलेसम्म आएन । यसबीच इजरायलले भने ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top