×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपसभामुखले गडबड गरेपछि संसदमा भाँडभैलो

२९ माघ २०८१

२९ माघ ,काठमाण्डौ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले बोलिसकेपछि विशेष समय सुरु भएपछि भाँडभैलो मच्चिएको छ । र विशेष समयमा कांग्रेस सांसद रामकृष्ण यादवले बोलेपछि कांग्रेसकै सांसद रामहरि खतिवडाले समय मागे ।

Advertisement

सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिराले उनलाई तुरुन्तै दुई मिनेटको समय दिइन् । त्यसपछि खतिवडा बोल्न थाले । तर, यो प्रतिनिधिसभाको बैठक सञ्चालन परम्पराको विपरीत थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियामपत्ति गरे ।

संसद नियामवलीअनुसार बैठक नचले नियामपत्ति जनाउन सकिने व्यवस्थाअनुसार उनले नियामपत्ति जनाएका थिए । उनले खतिवडाले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरे । त्यसपछि सबै विपक्षी आसनबाट उठेपछि सभामुख आसनमा आए र बैठक १५ मिनेटका लागि स्थगित गरे ।

बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानामगरले शून्य समयको अन्त्य भएको र विशेष समयको सुरुवात भएको भन्दै सांसद रामकृष्ण यादवलाई समय दिइन् । तर, शून्य समयमा बोल्न कांग्रेस सांसद रामहरि खतिवडाले समय मागे ।

‘अब विशेष समय सुरु हुन्छ माननीय रामकृष्ण यादव …’, उपसभामुख रानाले भनिन् । त्यसपछि समय मागेका खतिवडालाई उनले भनिन्, ‘सुरु भइसक्यो । अहिले दुई मिनेटमा भन्नु ल…।’ उनले विशेष समय सुरु भएसकेको बताए पनि शून्य समयको समय खतिवडालाई दिइन् ।

खतिवडाले रास्वपा सभापति रवि लामिछानेको नाम नलिई चर्को भाषण गरे । ‘नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने कुरा सुन्नमा आयो । तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ– एक नम्बरलाई नबनाएर १५ नम्बरलाई प्रोमोसन गरेको ।

आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर कानेखुसी गरेको पनि सुन्यौँ,’ उनले भने, ‘कसले सदुपयोग ग¥यो ? कसले दुरुपयोग ग¥यो ? हामीले हेर्नुपर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प, लङजम्प गरियो । दुई ब्याच पछाडिकोलाई प्रोमोसन गरियो ।

त्यति मात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्नो मान्छे लगियो, त्यसको जवाफ चाहियो ।’ खतिवडा यत्तिकैमा रोकिएनन् । उनले थपे, ‘बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात भयो ।

अदालत मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भयो । यो कसले गरेको सभामुख महोदय ?’ त्यसपति रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए । उनले नियमापत्ति जनाएपछि ‘शून्य समयमा बोल्न दिन बिर्सिएको’ भन्दै उपसभामुख रानाले प्रस्टीकरण दिइन् ।

तर, पराजुलीले संसदको रेकर्डबाट नहटाएसम्म आफू उभिरहने बताए । ‘सचिवालयलाई अध्ययन गरी निर्णय लिन निर्देशन दिन्छु,’ रानाले भनिन् । यस विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।

‘सचिवालयसँग जवाफ चाहन्छु, किन नियमावलीअनुसार नचलेको हो ?,’ पाण्डेले भने । त्यसपछि प्रतिपक्षी दलका सबै सांसदहरू उभिए । लगत्तै सभामुखको आसनमा सभामुख देवराज घिमिरे आफैँ आए । उ

नले विपक्षीहरूलाई सम्झाउन खोजे । तर, प्रतिपक्षी सांसदहरूले मानेनन् । उनीहरूले आफूहरूलाई पनि बोल्न दिन समय मागे । विपक्षी सांसदहरूलाई समय दिँदा नियमविपरीत हुने आक्रोशति रुपमा सभामुखले बताए । त्यसपछि बैठक १५ मिनेटका लागि बैठक स्थगित भयो ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top