जहाँ एसिडपीडित, त्यहाँ सीमा

एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् ।

सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।’ जतिपटक आफ्नो अनुहार ऐनामा हेर्छिन्, एसिडको रापले उस्तै पोल्ने गरेको अनुभव गर्छिन् उनी।

सीमा भन्छिन्, ‘मानसिक, शारीरिक र आर्थिक रूपमा एसिड पीडितलाई सधैं हौसलाको खाँचो पर्छ। आफूले नपाएको साथ म अरू दिदीबहिनीलाई दिन चाहन्छु ।’

करिब २० दिनअघि रौतहटमा एसिड आक्रमणमा परेका दिदीबहिनी सम्झना र सुस्मिता दासलाई उपचार खर्च जुटाउन सीमा हरेक दिन सक्रिय रूपमा लागेकी थिइन्। उपचार गर्दागर्दै सम्झनाको मृत्यु भयो। सुस्मिता भने कीर्तिपुर अस्पतालमै उपचार गराइरहेकी छन्।

हरेक दिन अस्पताल जाने बिरामीको सहयोगमा जुट्ने, परिवारलाई सहयोग गर्ने काममा उनी तल्लीन छिन् । ,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

सम्झनाको मृत शरीरसँगै उनी जब रौतहट पुगिन्। बाग्मती किनारमा सम्झनाको परिवारसँगै लास जलाउन लाग्दा उनको मोबाइलमा एउटा कारुणिक म्यासेज आयो। डाटा खोलेर समाचार हेरिन्, नवलपरासी डण्डाकी २८ बर्से वसन्ती परियारलाई एसिड खन्याएर चक्कु प्रहार गरी अनुहार क्षतविक्षत पारिएको खबर थियो ।

उनी भन्छिन्, ‘त्यो खबरले एकछिन त केही बोल्नै सकिनँ, सोच्न थालेँ, कहिलेसम्म खुल्लमखुला चलिरहने हो यो एसिड आक्रमण रु कति जना कुरुप भएर बाँच्नुपर्ने हो रु यसविरुद्ध अब केही गर्नै पर्छ भन्ने अठोट लिएँ ।’

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top