×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्ट्यान्ड–अप कमेडी र पोडकास्टमा अश्लीलताको सीमा पार ,परिवारसँगै हेर्न र सुन्नै नसकिने

३० माघ २०८१

३० माघ , काठमाण्डौ ।

डिजिटल युगसँगै मनोरञ्जनको स्वरूपमा ठूलो परिवर्तन आएको छ। विशेषगरी युट्युब, पोडकास्ट र स्ट्यान्ड–अप कमेडीले स्वतन्त्र अभिव्यक्तिलाई प्राथमिकता दिँदै दर्शकलाई नयाँ किसिमको सामग्री उपलब्ध गराइरहेका छन्। तर, पछिल्लो समय यी माध्यमहरू अश्लीलता, भद्दा मजाक र परिवारसँग बसेर हेर्न नसकिने सामग्रीहरू उत्पादन गर्ने थलो बन्दै गएकोमा गम्भीर चिन्ता उठ्न थालेको छ।

Advertisement
Advertisement

भारतका चर्चित युट्युबर तथा पोडकास्टर रणवीर इलाहाबादिया ले इण्डियाज गट लेटेन्ट india’s Got Latent शोमा प्रतियोगीलाई सोधेको आपत्तिजनक प्रश्नले फेरि एकपटक डिजिटल मनोरञ्जनको नैतिक सीमाबारे बहस जन्माएको छ।

डिजिटल मिडियामा अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ, तर यसको अर्थ सामाजिक मर्यादा भत्काएर केही पनि बोल्न पाइन्छ भन्ने होइन । मनोरञ्जनका नाममा नैतिकता, संस्कृति र पारिवारिक मूल्य बिर्सनु भनेको समाजको मूलभूत संरचनामाथि नै प्रश्न उठाउनु हो।

रणवीर इलाहाबादियाले शोमा प्रतियोगीलाई आमाबाबुको यौन सम्बन्धसँग जोडिएको आपत्तिजनक प्रश्न सोध्दा यो स्वतन्त्रताको नाममा गैर–जिम्मेवार अभिव्यक्तिको उदाहरण बनेको छ। पोडकास्ट, स्ट्यान्ड–अप कमेडी र युट्युब जस्ता माध्यमहरू प्रभावशाली छन्।

तिनले समाजलाई सूचना, प्रेरणा र हाँसोसँगै मनोरन्जन दिन्छन्। तर, जब यी माध्यमहरूमा भद्दा जोक्स, अनावश्यक सेक्सुअल ह्यूमर र अश्लील सामग्री प्रमुख बन्न थाल्छन्, त्यसले दर्शकलाई मात्र होइन, सम्पूर्ण डिजिटल संस्कृतिलाई नै असर गर्छ।

यो समस्या केवल भारत वा रणवीर इलाहाबादियासँग मात्र सीमित छैन् । नेपालमा पनि स्ट्यान्ड–अप कमेडीको नाममा व्यक्तिगत जीवन, लिंग, जाति वा शारीरिक बनावटमाथि आधारहीन मजाक गर्ने क्रम ह्वातै बढ्दो छ । द्वीअर्थी लाग्ने शब्द र डाइलग मात्रै समेटिएका स्ट्यान्ड–अप कमेडीहरु परिवारका सदस्यहरु एक साथ बसेर हेर्न सकिने अवस्था रहेको छैन् ।

एक समय थियो,जब टेलिभिजन कार्यक्रमहरू परिवारसँग बसेर सहजै हेरिन्थ्यो। एक साथ परिवार बसेर टेलिभिजन कार्यहरु दिनहुँ हेरिन्थ्यो तर, डिजिटल मनोरञ्जनमा यस्ता सामग्रीहरू हावी हुँदै गएका छन्, जुन आमाबुबा वा परिवारसँग बसेर हेर्न असहज मात्र होइन लाजले मुख छोप्नु पर्ने अवस्था सृजना हुने गरेको छ ।

अश्लील जोक्स, अभद्र भाषा,यौन सम्बन्धी अनावश्यक ह्यूमर यी सबै युट्युब, स्ट्यान्ड–अप कमेडी र पोडकास्टमा सामान्य बन्न थालेका छन् । युट्युब र ओटीटी प्लेटफर्ममा सेन्सरबिहीन स्वतन्त्रता भएकोले यस्ता सामग्री निर्माताहरूले “दर्शकलाई जे मन पर्छ, त्यही दिने“ नीतिलाई नै आफ्नो व्यापार मोडल बनाएका छन्।

डिजिटल मिडिया अहिलेको पुस्ताका लागि प्रमुख सूचना र मनोरञ्जनको स्रोत हो। त्यसैले सामग्री निर्माता, प्लेटफर्म व्यवस्थापक र दर्शक सबैको समान जिम्मेवारी हुन्छ कि साहित्यिक, हास्यप्रद र शिक्षाप्रद सामग्रीलाई प्राथमिकता दिइयोस् ।

रणवीर इलाहाबादियाको घटनाले हामीलाई डिजिटल प्लेटफर्ममा बढ्दै गएको अश्लीलता र भद्दा सामग्रीप्रति पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको डिजिटल युगमा ‘के बोल्ने’ र ‘के नबोल्ने’ भन्ने प्रश्न केवल कलाकार वा युट्युबरको मात्र नभएर सम्पूर्ण समाजको साझा जिम्मेवारी हो ।

रणवीर इलाहाबादियामाथि अहिले भारतीय सर्वसाधारणदेखि बलिउड कलाकारहरु खनिएका छन् । कतिपयले उनलाई बहिष्कार गर्नुपर्ने माग राखेका छन् भने केहीले कानुनी कारबाहीको माग गरेका छन् । भारतका ख्यातिप्राप्त लेखक जावेद अख्तर, अभिनेता आमिर खान र वरुणले स्ट्यान्ड–अप कमेडी तथा डिजिटल कन्टेन्टमा बढ्दो अपशब्द प्रयोग र अश्लीलताको आलोचना गरेका छन्।

जावेद अख्तरले भनेका छन्, “गाली भाषाको खुर्सानी हो“ उनले भनेका छन्, “ओडिशा, बिहार वा मेक्सिको जस्ता गरिबी बढी भएका ठाउँमा खानामा स्वाद बढाउन धेरै खुर्सानी हालिन्छ। गाली भनेको भाषाको खुर्सानी हो। यदि तपाईं राम्रो भाषा प्रयोग गर्न सक्नुहुन्छ र तपाईं साँच्चै चतुर हुनुहुन्छ भने, तपाईंलाई यो खुर्सानीको आवश्यक पर्दैन।“

अभिनेता वरुणले शोप्रति युवा पुस्ताको आकर्षणबारे चर्चा गरेका थिए। तर, उनले शोमा सहभागी हुने प्रस्ताव अस्वीकार गरेका थिए।उनले भनेका छन्, “म शोमा जाँदा रमाउने थिएँ, तर शो नै विवादमा फस्न सक्थ्यो। यसरी बढी दर्शक तान्ने खालको हास्य शैली कहिलेकाहीँ क्रसफायर (विवाद) बन्छ।“

आमिर खानको पुरानो भनाइ अहिले पुनः चर्चामा सन् २०१५ मा अभिनेता आमिर खानले AIB Roast कार्यक्रमको आलोचना गरेका थिए। उनले भनेका थिएः “यदि तपाईं २५ वटा गाली बोलेर मलाई प्रभावित पार्न खोज्दै हुनुहुन्छ भने, म त्यो उमेरभन्दा धेरै अघि बढिसकेको छु। म १४ वर्षको किशोर होइन कि गाली सुनेर हाँसुँ। यदि तपाईं मलाई हसाउन चाहनुहुन्छ भने, कसैलाई अपमान नगरी हास्य सिर्जना गर्नुहोस्। म त्यसलाई रमाइलो मान्नेछु।“

यस्तै भारतीय अभिनेता अन्नू कपूरले ओटीटी प्लेटफर्ममा बढ्दो अश्लीलता र भद्दा मजाकप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्,“ओटीटीमा काम गर्नेहरू पहिले टेलिभिजनमा संयमित थिए, तर अहिले दर्शकले के चाहन्छन् भन्ने राम्रोसँग बुझेका छन्।

यदि अश्लीलता नै माग भयो भने उनीहरू आपूर्ति गर्न तयार छन्। यो सबै माग र आपूर्तिको खेल हो।“ गायक बी प्राकले रणवीर इलाहाबादियासँगको आफ्नो पोडकास्ट शो रद्द गर्ने निर्णय गरेका छन्। स्ट्यान्ड–अप कमेडियन सुनील पालले पनि रणवीर इलाहाबादिया र समय रैनाको आलोचना गर्दै भनेका छन्, “यस्ता व्यक्तिहरूलाई स्ट्यान्ड–अप कमेडियन भन्नु नै वास्तविक कमेडीको अपमान हो। तिनीहरू अशिक्षित छन् र आतंककारी सरह व्यवहार गरिनु पर्छ।“

यस्तै शक्तिमान अभिनेता मुकेश खन्नाले “यसले अभिव्यक्ति स्वतन्त्रताको शक्तिको दुरुपयोग गर्न आज हाम्रो देशका युवाहरूलाई दिइएको अनुचित स्वतन्त्रताको प्रतिबिम्बित गरेको भन्दै यसलाई हल्का रूपमा लिन नहुने बताएका छन् ।

उनले भविष्यमा मानिसहरूलाई यस्तो अश्लील र गैरजिम्मेवारपूर्ण बयान दिनबाट निरुत्साहित गर्न अपराधीहरूलाई कडा सजाय दिनुपर्ने बताएका छन् । उनले भनेका यस्ता मानिसलाई छन्, अनुहारमा कालोमोसो दलेर गधामाथि चढाएर शहर घुमाउनु पर्दछ ।

उनको अभिब्यक्ति राष्ट्रिय विवादको रूपमा फैलिन थालेपछि इलाहाबादियाले “कमेडी मेरो क्षेत्र होइन“ भन्दै निर्विवाद माफी मागेका छन् । रणवीर इलाहाबादिया र रैना विरुद्ध एफआईआर दर्ता गरिएको छ। भारतीय संसदको सूचना प्रविधि समितिले उनीहरूलाई नोटिस पठाउने तयारी गरिरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यस्तै भारतको महिला आयोगले रणवीर इलाहाबादिया , समय रैना र अन्य केही व्यक्तिहरूलाई फेब्रुअरी १७ मा सोधपुछका लागि बोलाएको छ। यसअघि आयोगले यी युट्युबरहरूलाई शोमा गरेको अभद्र टिप्पणीबारे स्पष्टिकरण माग गरेको थियो ।

महिला आयोगले रणवीर इलाहाबादिया, समय रैना, अपूर्व माखिजा, जसप्रीत सिंह, आशिष चंचलानी लगायतका युट्युबरहरूलाई सोधपुछका लागि बोलाएको छ। साथै, शोका निर्माता तुषार पूजारी र सौरभ बोध्रा लाई पनि सोधपुछ गर्ने बताएको छ ।

कमेडी एक संवेदनशील विषय हो र कतिपय मजाक दर्शकहरूलाई मन पर्दैन, यसले उल्टै विवाद निम्त्याउन सक्छ। यस्ता घटना नेपालमा समेत घटिसकेका छन् । यसैले त सरकारले सामाजिक संजालको नियमन गर्नका ल्याएको विधेयकमा सामाजिक संजालमा लाइक सेयर र ट्याग गरेकै आधारमा जेलसहित लाखौं जरिवाना गर्नुपर्ने प्रस्ताव गरेको छ ।

मनोरञ्जन केवल हाँसोका लागि होइन, यो समाजको ऐना पनि हो। अझ पछिलल्लो समय प्रभावकारी र विश्वशनीय बनिरहेको डिजिटल प्लेटफर्ममै दर्शकको मागका नाममा अश्लीलता र असभ्यता बढाउने प्रवृत्ति बढ्दै गर्दै यो दीर्घकालीन रूपमा हानिकारक त हुन्छ नै यसले प्रतिबन्धसम्मको अवस्थामा पुर्याउन सक्छ ।

Advertisement

त्यसैले, डिजिटल मिडियामा नैतिकता, मर्यादा र सामाजिक चेतनाको सन्तुलन अनिवार्य छ। हामीलाई स्वतन्त्रता चाहिन्छ, तर त्यो जवाफदेवी अर्थपूर्ण र जिम्मेवार पनि हुनुपर्दछ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top