NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा आइतवार मंसिर १४ , २०८२
चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’ आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ? आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’ आइतवार मंसिर १४ , २०८२
अवकाशपछि उच्च प्रहरीहरू किन बोक्छन् दलका झोला ? आइतवार मंसिर १४ , २०८२
Next
Prev

समाचार

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

बुधबार माघ ३० , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० माघ ,काठमाण्डौ ।

लामोसमयदेखि विवादित बनेको डेडिकेडेड र ट्रंकलाइन विद्युतको बक्यौता प्रकरणमा नेपाल विद्युत प्राधिकरणले उद्योगमा पुनः लाइन काट्ने तयारी गरेको छ । विभिन्न दबाबमुलक कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले लाइन काट्ने तयारी गरेको हो ।

यसका लागि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोगसँग लाइन काट्ने सहमतिका लागि पत्र पठाएको बताएका छन् । ‘हामीले दबाब मुलककार्यहरु गर्दा समेत बक्यौता उठेन । लाइन काटिहाल्ने भन्ने होइन् । विद्युत नियमन आयोगसँग आवश्यक परे लाइन काट्ने सम्मको सहमति मागेर पत्र लेखेको हो,’ उनले भने ।

LS Auto

प्राधिकरणले आइतबार पठाएको उक्त पत्र आयोगमा सोमबार दर्ता पनि भइसकेको छ । प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगीको खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भुक्तानी रोकेर बक्यौता उठाउने, बक्यौता रहेका उद्योगी सञ्चालकको घरको लाइन काट्ने चेतावनी दिएको थियो ।

आइपिओ निष्कास रोक्न सेबोनलाई पत्राचार समेत गरेको थियो । दबाबमुलक विभिन्न कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले पुनःलाइन काट्ने तयारी गरेको हो । उद्योगी र प्राधिकरणबीच ट्रंक र डेडिकेटेडलाइनको बक्यौतामा विवाद छ ।

उद्योगीहरुले फर्जी बिल भन्दै आएका छन् भने प्राधिकरण जसरी पनि उठाउनेमा छ । उद्योगीहरुले टाइम्स अफ डे मिटरिङको रेकर्ड मागिरहेका छन् । प्राधिकरणले दिन सकेको छैन् । यसबीच लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत उपभोग गरेको विद्युत् महसुलको बक्यौता तिर्न अझै अटेर गरेको भन्दै उद्योगमा लाइन काट्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका हुन् ।

यसअघि प्राधिकरणको ताकेतापछि केही उद्योगले बक्यौता तिरे पनि ३५ उद्योगले अझै अटेर गर्दै आएका छन् । प्राधिकरणका अनुसार यी उद्योगले झन्डै सात अर्ब रुपैयाँ महसुल तिर्न बाँकी छ । यो ०७२ माघदेखि ०७५ वैशाखसम्मको प्रिमियम महसुल बक्यौता हो ।

उद्योगहरू पैसा तिर्न नआएपछि पुनः लाइन काट्ने प्रक्रिया अघि बढेको र नियमन आयोगले स्वीकृति दिएको अवस्थामा कार्यान्वयनमा जाने प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘बक्यौता नतिर्ने उपभोक्ताको लाइन काट्न कानुनले स्पष्ट अधिकार दिएको छ ।

तर, नियमन आयोगको निर्देशनअनुसार लाइन नकाटी दबाबमूलक कारबाही गर्दा पनि उद्योगहरू बक्यौता तिर्न आएनन् । अब आयोगकै सहमति लिएर लाइन काट्ने प्रक्रिया सुरु गरेका हौँ,’ उनले भने, ‘यसअघि आयोग र सरकारको निर्देशनमा बक्यौता नउठ्दै काटिएको लाइन जोड्न बाध्य भयौँ, अब त्यस्तो अवस्था नआओस् भन्नका लागि पनि आयोगको सहमति मागेका हौँ ।’

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ र विद्युत् महसुल संकलन नियमावली, २०७८ ले महसुल नतिर्ने ग्राहकको लाइन काट्न प्राधिकरणलाई स्पष्ट अधिकार दिएको छ । ‘कुनै ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने महसुल जरिवाना, क्षतिपूर्ति, अतिरिक्त शुल्क, अन्य शुल्क तथा तिर्न÷बुझाउनुपर्ने अन्य रकम तोकिएको समयभित्र नबुझाएमा वा विद्युत्को अनाधिकार प्रयोग गरेमा प्राधिकरणले त्यस्तो ग्राहकलाई दिइराखेको विद्युत् लाइन काट्न सक्नेछ,’ नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २३ मा उल्लेख छ ।

त्यस्तै, विद्युत् महसुल संकलन नियमावली, २०७८ को बुँदा १० मा पनि ग्राहकको लाइन काट्न सकिने व्यवस्था गरिएको छ । ‘मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिनेछ,’ नियमावलीमा उल्लेख छ । तर, आगामी दिनमा थप राजनीतिक दबाब आउन नदिन प्राधिकरणले आयोगको पूर्वसहमति खोजेको हो ।

उद्योगहरूलाई लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ सै घण्टा विद्युत् दिइएको थियो । त्यसमा ६५ प्रतिशत थप शुल्क (प्रिमियम) लिने भनिएको थियो । त्यसबाट विद्युत् प्रयोगका अधिकांश ग्राहकले प्रिमियमसहित महसुल तिरेका छन् ।

तर, केही सीमित उद्योगीले नियमित महसुल तिरे पनि प्रिमियम महसुल तिर्न पहिलादेखि नै आनाकानी गर्दै आएका छन् । उनीहरू शुल्क नै नतिर्ने उद्देश्यले राजनीतिक लबिङमा लाग्दै आएका छन् । प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्का ती उद्योगीको बचाउमा मात्रै छैनन्, उनीहरूलाई खुसी पार्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्न चाहिरहेका छन् ।

घिसिङलाई पदबाट हटाउने सार्वजनिक घोषणा नै गर्दै आएका प्रधानमन्त्री ओली र मन्त्री खड्का सार्वजनिक दबाबका कारण मात्रै पछि हटेका हुन् ।

Tags: ##कुलमानले लाइन काट्न मागे सहमति#फेरि तातिए कुलमानउद्योगमा लाइन फेरि काट्ने

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन
अन्तर्राष्ट्रिय

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?
ताजा समाचार

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’
ताजा समाचार

अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’

आइतवार मंसिर १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.