शहीद स्मारक ए डिभिजन लिगमा आर्मी हारबाट जोगियो

काठमाडौँ,असोज १३
शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी न्यूरोड टिम एनआरटीले बराबरी खेलेका छन् । शनिबार भएको उद्घाटन खेलमा आर्मी र एनआटीले २,२ गोलको बराबरी खेलेका हुन् ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका एनआरटीका गोलरक्षक अजित प्रजापतिले अन्तिममा धेरै समय बल होल्ड गर्दा आर्मीले डिबक्सभित्रैबाट फ्रि किक पाएको थियो, जसमा सन्तोष तामाङले उत्कृष्ट गोल गर्न सफल भए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले १२ औं मिनेटमा नै अग्रता लिएको थियो । उसका रोजित पुडासैनीले गोल गरेका थिए । ३८ औं मिनेटमा आर्मीका सन्तोषले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

दोस्रो हाफमा आर्मीको प्रदर्शन केही सुधारियो तर, ६४ औं मिनेटमा राजेश परियारले उत्कृष्ट गोल गरे । तर, इन्जुरी टाइम सकिन केही सेकेण्ड मात्र बाँकी रहँदा प्रजापतिले समय भन्दा धेरै बल होल्ड गर्दा रेफ्रीले इन्डाइरेक्ट फ्रिकिक दिए, जुन एनआरटीका लागि निकै घातक बन्न पुग्यो । सन्तोषको प्रहार पोष्ट बारमा लागेर गोलमा परिणत भयो र आर्मीका हारबाट जोगिन पुग्यो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top