×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबलः नेपालले पहिलो जित निकाल्ला ?

५ फाल्गुन २०८१

५ फागुन , काठमाण्डौ ।

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिताको पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनान आमनेसामने हुँदैछन् ।

Advertisement

नेपालले पनि आज आफ्नो पहिलो तथा प्रतियोगिताको दोस्रो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ । प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् ।

प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आजै आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । ६ वर्षअघि नेपाली महिला फुटबल टोलीले २०१९ मा आयोजित नाडेज्दा कपमा घरेलु टोली किर्गिस्तानविरुद्ध ८–२ को एकपक्षीय जित निकालेको थियो ।

सन् २०१९ मा नाडेज्दा कपमा ८–२ को जित निकालेको नेपालले ६ वर्षपछि यही टोलीलाई घरेलु मैदानमा स्वागत गर्दैछ । तर, फिफा विश्व वरीयतामा १२८औं स्थानमा रहेको किर्गिस्तानको टोलीमा विगतको तुलनामा धेरै फरक भइसकेको नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बताउँछन् ।

त्यसैले ६ वर्षको नतिजालाई हेरेर विपक्षीलाई कमजोर नआक्ने उनले बताए । किर्गिस्तानको टोलीका खेलाडीको औसत उमेर २३ वर्षको छ । त्यसैले यो युवा टोली ‘काउन्टर अट्याक’मा राम्रो छ । यही टोलीले भारतलाई मैत्रीपूर्ण खेलमा १–१ को बराबरीमा रोकेको थियो ।

तर, आफ्नो स्ट्राइकर पनि राम्रो भएको हुँदा किर्गिस्तानसँग डराउनपर्ने आवश्यक नरहेको राजेन्द्र बताउँछन् । ‘हामीले डराउनुपर्ने भनेको काउन्टर अट्याकमा हो । किर्गिस्तानको बल पोजिसन राम्रो छ र प्रेसिङ गरेर खेल्छ ।

तर, हामी पनि कम छैनौं,’ उनी भन्छन् । नेपाली टोलीको अट्याकिङ सावित्रा भण्डारी, रेखा पौडेल, अनिता केसी र रश्मीकुमारी घिसिङले सम्हाल्दै आएका छन् । टोलीमा चन्द्रा भण्डारीले पनि पुनरागन गरेकी छन् ।

दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमध्येकी एक साम्बा नेपाली टोलीकी संकटमोचक हुन् । उनले नेपाली जर्सीबाट ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन् । दक्षिण एसियाली लिगको अनुभव बटुलिसकेकी उनी पछिल्लो समय फ्रान्सको लिगमा व्यस्त छिन् ।

अभान्ट ग्वेन्ग्याम्पबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनी सोमबार नै आइपुग्ने छिन् । यद्यपि, प्रशिक्षक राजेन्द्रले उनलाई आराम दिनसक्ने सम्भावना छ । लामो ट्राभल गरेर आइपुग्ने छिन् । त्यसैले पहिलो खेलमा आराम गर्छ होला, उनले भने ।

गत कात्तिकमा यही मैदानमा सम्पन्न साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनलमा नेपाललाई पेनाल्टी सुटआउटसम्म पु¥याउन साम्बाले नै निर्णायक गोल गरेकी थिइन् । उनले प्रतियोगिताभर दुई गोल मात्रै गरिन् ।

तर, उनी अपेक्षा गरेअनुसार नचल्दा नेपाली टोलीलाई उद्दार भने रेखाले गर्दै आएकी छन् । एग्रेसिभ फुटबल खेल्ने रेखाले साफमा सात गोल गरेकी थिइन् । उनले पछिल्लो समय युएईको लिगको अनुभव बटुलिसकेकी छन् । उनी भने स्वदेश फर्किसकेकी छन् ।

यी दुईबाहेक अर्का भरपर्दा फरवार्ड रश्मीकुमारी घिसिङ पनि हुन् । गत महिना सकिएको एन्फा महिला लिगकी सर्वाधिक गोलकर्ता रश्मीले राष्ट्रिय जर्सीबाट चार गोल गरिसकेकी छन् । उनी नेपाली टोलीको १० नम्बरको राम्रो विकल्प हुने देखिएको छ ।

यो पोजिसनमा अहिले साम्बा खेल्दै आएकी छन् । उनीहरूबाहेक अनिता र चन्द्राले पनि नेपाली फुटबलमा छाप छाडिकेका छन् । यस्तोमा राजेन्द्र भन्छन्, ‘ग्रेड स्ट्राइकर हाम्रो राम्रो छ । त्यसैले हाम्रो टिमको संरचना बलियो बनाएर खेल्यौं भने जित निकाल्छौं’ ।

उता कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगिता राम्रो अवसर भएको बताए । ‘हाम्रो लागि फोर नेसन्स कपमा सहभागी हुनु राम्रो अवसर हो । हामी राम्रो फुटबल देखाउन चाहन्छौं । महत्वपूर्ण कुरा युनिटी र क्यारेक्टर हो’ उनले भने ।

यस्तै पहिलो खेलमा नेपालसँग खेल्नेबारे सोध्दा प्रशिक्षक जाकिरोभले यो ठूलो जिम्मेवारी भएको बताए । ‘नेपालसँग पहिलो खेल नै खेल्नु हाम्रो लागि ठूलो जिम्मेवारी हुनेछ । हामी स्टेडियमभरी दर्शकको अपेक्षा राख्दछौं ।’

यस्तै कीर्गिज कप्तान अबिबुल्ला किजी दिलनुराले आफ्नो टिम राम्रो रहेको र ट्रफी जित्नै आएको बताइन् । त्यसो नभए पनि नयाँ टिमहरूसँग राम्रो अनुभव लिन खेल्ने बताइन् । यता ६ वर्षअघि कीर्गिस्तानविरूद्ध खेलेका दुई गोलकर्ता निरु थापा र दिपा राईले राष्ट्रिय टिमबाट सन्यास लिइसकेका छन् ।

पछिल्लो पाँच खेलमा नेपालको प्रदर्शन ३ जित, १ बराबरी र १ हारको नतिजा छ । काठमाडौंमै भएको साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई समूह चरणमा हराएको थियो । भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

भुटानविरूद्ध बराबरीमा रोकिएको नेपाल साफको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । कीर्गिस्तानले भने अन्तर्राष्ट्रिय फुटबलमा धेरे खेल खेलेको छैन । सन् २०२२ मा काफा वुमन्स च्याम्पियनसिपमा चार खेल खेलेको कीर्गिस्तानले २०२३ मा ओलम्पिक छनोटमा २ खेल खेलेको थियो ।

काफा वुमन्स च्याम्पियनसिपमा कीर्गिस्तानले ताजकिस्तानलाई पराजित गरेको थियो । तुर्कमिनेस्तानसँग बराबरी खेलेको कीर्गिस्तान इरान र उज्वेकिस्तानसँग पराजित भएको थियो । नेपालमा पहिलो पटक महिला फुटबलको चार राष्ट्र सम्मिलित प्रतियोगिता हुन लागेको हो ।

यसलाई महिला फुटबल अघि बढाउने राम्रो अवसरको रुपमा समेत लिन सकिन्छ । त्यसैले कीर्गिस्तान विरुद्ध पहिलो खेल खेल्दा नेपाल सुखद सुरूवात गर्ने लक्ष्यमा छ । भविष्यमा विश्वकप नै खेल्ने लक्ष्य राखेको नेपालको लागि त्यसको आधार यही प्रतियोगिताबाट हुन सक्ने अपेक्षा छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top