×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

होस्टल फर्किन नेपाली विद्यार्थीको कडा सर्त, कर्मचारी निलम्बित

६ फाल्गुन २०८१

६ फागुन , काठमाण्डौ।

बुटबलकी प्रकृति लम्सालको मृत्यु प्रकरणले ओडिसाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि भइरहेको ज्यादती खुलेको छ । विद्यार्थीहरुले आफूहरुमाथि होस्टलको कोठैमा आएर प्रहरीदेखि स्थानीय गुन्डाहरुले कुटपिट गरेको बताएका छन् ।

Advertisement
Advertisement

केआईआईटीमा बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएपछि त्यहाँ पढ्ने नेपाली विद्यार्थी न्याय माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए ।

विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टेल सिल गरेर कलेजका डिन, सादा पोसाकका प्रहरी र ठूलो संख्यामा गार्ड, स्थानीय गुन्डाहरू नेपाली विद्यार्थीहरूको कोठामा पसेर आफूहरूलाई घिसार्दै निर्ममतापूर्वक कुटपिट गरेको रितेश साहले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान हामी हाम्रो विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टल सिल गरियो। त्यसको केही समयपछि कलेजका डिन, सादा पोसाकमा रहेका प्रहरी अधिकारीहरू र ठूलो संख्यामा गार्डहरू, स्थानीय गुन्डाहरू हाम्रो होस्टलमा घुसे।

जबर्जस्ती नेपाली विद्यार्थीहरूको कोठामा प्रवेश गरे र हामीलाई घिसार्दै बाहिर निकाले र निर्ममतापूर्वक कुटे।’ उनले घटनास्थलको भिडिओसमेत सामाजिक सञ्जालमा राख्दै नेपाली विद्यार्थीहरूलाई छुट्टाछुट्टै अज्ञात स्थानमा छाडेको उल्लेख गरेका छन् ।

नेपाली विद्यार्थीहरुलाई छानीछानी आक्रमण गरिएको उनीहरुको गुनासो छ । आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीहरुलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको उनीहरुले बताएका छन् ।

नेपाली विद्यार्थीले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् । यसबीच घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुव्र्यवहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे शर्तहरु अघि सारेका छन् ।

जसमा उनीहरुले भनेका छन्:

१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।

२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।

३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।

४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।

५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।

६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।

७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।

८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।

विद्यार्थीको अडानका बीच नेपाल सरकार समेतको चौतर्फी दबाबपछि नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा केआईआईटीले कर्मचारीहरुलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ।

यस्तै विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । यता स्नातक तह अध्ययन गर्दै गरेकी २१ वर्षीय प्रकृति लम्सालको मृत्युपछि उनको परिवार मात्रै हैन, सिंगो भैरहवा शोकमा डुबेको छ ।

घटना हुनु २० मिनेट अघि काठमाडौंमा रहेकी आमा सरितासँग प्रकृतिले आफू एउटा कन्सर्टमा गएको र फेसबुकमा फोटो पोष्ट गरेको भन्दै खुशी साटासाट गरेकी थिइन् । कुराकानीको २० मिनेटपछि प्रकृतिको मृत्युको खबरपछि परिवारमा सन्नाटा छाएको छ ।

स्याङजाबाट भैरहवामा बसाइँसराइ गरेका लम्साल परिवारमध्ये प्रकृतिका बुबा–आमा काठमाडौं धापासीमा साथी फुड्स उद्योग चलाएर बसेका थिए । सिद्धार्थनगर नगरपालिका वडा नं ८ बैंक कलोनी भैरहवामा प्रकृतिका हजुरबुबा देवनाथ लम्साल र हजुरआमा बस्दै आएका छन् ।

प्रकृतिकै सहपाठी कोलकाता घर भएका एडविक श्रीवास्तवले मानसिक तनाव (ह्यारेसमेन्ट) दिएकाले प्रकृतिको शंकास्पद मृत्यु भएको जानकारी आएको प्रकृतिका मामा शिव पोख्रेलले बताएका छन् ।

प्रकृतिको मृत्युसँगै त्यहाँ पढ्ने सयौं नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले गरेको ज्यादतीले सिंगो नेपालीको अपमान भएको छ । विश्वविद्यालय प्रशासनका केही व्यक्तिले ४० हजार नेपालीलाई भारतले निःशुल्क पढाइदिएको भन्दै नेपालीमाथि अपमान गरेको भन्दै विरोध भइरहेको छ ।

सार्वजनिक भएको एक भिडियोमा नेपाली विद्यार्थीहरुलाई धम्क्याउदै तिमिहरुको देशको बजेटभन्दा हाम्रो इन्स्टिच्युटको बजेट धेरै छ भनेको सुनिएको छ । यस्तोमा प्रकृतिका मामा पोखरेलले भने, ‘सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, प्रधानमन्त्री तहबाट कुरा गरेर घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई हदैसम्मको सजाय र मृतक परिवारलाई न्याय दिनुपर्छ ।’

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top