×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

‘लाज शरणम्’लाई अदालतको झट्का, प्रचार गर्न रोक

७ फाल्गुन २०८१

७ फागुन , काठमाण्डौ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’ले अब प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गर्न नपाउँने भएको छ । यो चलचित्रलाई प्रचारप्रसार नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

Advertisement
Advertisement

जेलमा रहेका पूर्वमन्त्री अफताब आलमको हुलियासँग मिल्दोजुल्दो आवरणमा मुख्य कलाकार सीताराम कट्टेल देखिएको ‘लाज शरणम्’को पोस्टर रिलिज भएपछि आलमले पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गरेका थिए ।

आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएकाले त्यसलाई रोक्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि.,जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाइएको छ ।

अदालतको आदेशसँगै चलचित्रको आज सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ । साथै, महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने भनिएको चलचित्रको प्रदर्शन पनि अन्योलमा परेको छ ।

गत २ फागुनमा अदालतले पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी हुने÷नहुने निर्णय निवेदनमा उल्लिखित ‘लाज शरणम्’ चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अवलोकन गरी गर्नु उपयुक्त भएको भन्दै चलचित्रको स्कीकृत स्क्रिप्टको प्रमाणित प्रतिलिपि तथा चलचित्रको श्रव्यदृश्यको अवलोकनको लागि पेन ड्राइभमा सो चलचित्रको डिजिटलप्रति झिकाएर दाखिल गर्ने न्यायाधीशहरु कविप्रसाद न्यौपाने र न्यायधीश कैलाशप्रसाद सुवेदीको इजलासले आदेश दिएको थियो भने अन्तरिम छलफलका लागि मंगलबार लागि बोलाएको थियो ।

‘निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरुमा प्रचारप्रसार र सोसम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नू नगराउनू भनी विपक्षीहरुको नाममा उच्च अदालतको नियमावली, २०७३ को नियम ४२(३) बमोजिम अन्तरिम आदेश जारी भएको छ,’आदेशमा भनिएको छ ।

आलमले मुद्दा दायरका क्रममा विपक्षीहरुले गरेको कार्यले निरन्तरता पाएमा अवैधानिक तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीतको काम कार्यले वैधानिकता प्राप्त गरी कानुनको शासनको उपहास हुने र निवेदकको व्यक्तित्वको अधिकारमा आघात पर्न गई आफ्नो व्यक्तित्वमाथि जनमानसमा घृणा र घृणाजन्य अभिव्यक्ति (हेट स्पिच) पैदा गरी मानहानीसमेत हुन जाने अवस्था हुने उल्लेख गरेका छन् ।

उनले निवेदकको हक अधिकारमा गम्भीर क्षति हुन नदिन चलचित्र निर्माणपश्चात प्रकाशन र प्रशारण भएको पोस्टर र ट्रेलरसहित चलचित प्रदर्शनका सम्पूर्ण काम कारबाही प्रस्तुत निवेदनपत्रको अन्तिम किनारा नभएसम्म विद्युतीय एवं अन्य हाललाई रोकी सञ्चार जगतमा प्रकाशन र प्रशारण भएको पोस्टर र ट्रेलर हटाइ चलचित्र प्रदर्शनीको थप काम नगर्नू नगराउन माग गर्दै यथास्थितिमा राख्नका लागि अन्तरिम आदेश माग गरेका थिए ।

अन्तरिम आदेश छलफलमा निवेदकको तर्फबाट अधिवक्ताहरु सरोज कृष्ण घिमिरे, रोशनी पौडेल, रामेश्वर न्यौपानेले बहस गर्दा विपक्षीको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ताहरु विपना शर्मा, चिरन्जिवी खतिवडा, भावेश गौतम, महेश्वर श्रेष्ठ तथा सरकारी वकिलहरुले वहस गरेका थिए ।

चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को लेखन र निर्देशन छ । यस फिल्ममा सीताराम र कुमारसहित अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी,अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ,माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

Advertisement

आलमसँगको मिल्दो हुलिया र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले समेत गीत गाएका कारण यो चलचित्र चर्चामा रहदै आएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top