×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

प्रमुख प्रशासकीय अधिकृत प्रकरणःसरकार भर्सेस बालेन

१९ फाल्गुन २०८१

१९ फागुन , काठमाण्डौ ।

२ महिना भन्दा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगरका कर्मचारीहरुको तलब सुविधा समेत रोकिएको अवस्थामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रतिवेदन पठाउन पत्राचार गरेको छ ।

Advertisement
Advertisement

मेयर बालेन शाहले एकातिर प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने र अर्कोतर्फ फेसबुकबाट प्रधानमन्त्रीलाई लाञ्छित गर्दै प्रशासकीय अधिकृत नपठाएकोमा स्टाटस पोष्ट गर्ने दोहोरो चरित्र देखाएको भन्दै मन्त्री राजकुमार गुप्ताले छानबिन प्रतिवेदन मागेका हुन् ।

मन्त्री गुप्ताले भनेका छन्– उहाँहरूले प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि के के आरोप लगाएर छानबिन समिति बनाउनु भएको रहेछ। बिचैमा ती कर्मचारी मन्त्रालयमा फिर्ता ल्याउँदा उहाँहरूको छानबिन प्रभावित होला भनेर हामीले छानबिन प्रतिवेदन पर्खिरहेका छौँ । छानबिन प्रतिवेदन चाँडो मन्त्रालयमा पठाउन पत्राचार पनि भइसकेको छ । उहाँ निर्दोष देखिनु भयो भने काममा निरन्तरता दिनु होला दोषी देखिए मन्त्रालयमा तानेर अर्को कर्मचारी पठाउँला ।

पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘भ्यू टावर’को नक्सा स्वीकृतिको विषयमा महानगरपालिकाले अनुसन्धान सुरु गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिदामा छन् । खासमा मेयर शाहले उनलाई कार्यालय आउन रोक लगाएको बताइएको छ ।

महानगरले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा छानबिन समिति गठन गरेकोमा पौडेलले बस्न अस्वीकार गरेपछि पूर्व सचिव शंकर प्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन भएको भनिएको छ ।

तर छानबिन समिति गठनको निर्णय महानगरपालिकाको कार्यपालिका बैठकबाट नभई मेयरको सचिवालयबाट गरिएकाले त्यसको वैधानिकतामाथि प्रश्न उठेको प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।

उपमेयर सुनिता डंगोलले पनि मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । आफैँ प्रशासकीय अधिकृतलाई बिदामा राखेर छानबिन समिति बनाउने र आफैँले सामाजिक सञ्जालबाट प्रधानमन्त्रीलाई आरोपित गर्ने मेयरको शैलीप्रति उनले सार्वजनिक रुपमा नै असहमति राखेकी छन् ।

महानगरले २४ पुसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेको थियो। तर, हालसम्म सङ्घीय सरकारले नयाँ अधिकृत पठाएको छैन, जसका कारण महानगरको प्रशासनिक र आर्थिक प्रक्रिया अवरुद्ध भएको छ।

सरकारले पछिल्लो पटक एकैपटक ७८ सहसचिवहरुको सरुवा गर्दा पनि काठमाडौं महानगरले सहसचिव पाउन नसकेपछि मेयर बालेन प्रधानमन्त्रीमाथि खनिएका छन् । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत पत्र लेखेका छन्।

स्टाटसमा उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नुभाको छ। हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे। मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला।“

तर, उपमेयर सुनीता डङ्गोल भने मेयर शाहको कार्यशैलीप्रति नै असन्तुष्टि जनाउँदै फेसबुकमा विरोध जनाउनु असान्दर्भिक रहेको टिप्पणी गरेकी छन्। शनिबार संचारकर्मीहरुसँगको कुराकानीमा डंगोलले भनेकी छन्, “छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरीकन प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै संघीय सरकारलाई दोष दिनु उचित होइन। आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरुलाई आरोप लगाउने कुरा ठीक लाग्दैन।“

महानगरका तलब तथा अन्य खर्चहरू संघीय सञ्चित कोषबाट मात्र निकासा हुन सक्छ, जसको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको संयुक्त दस्तखतबाट मात्र सम्भव छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खर्च कोषमा रकम स्थानान्तरण गर्न नसक्दा आर्थिक गतिरोध सिर्जना भएको हो। यस समस्याको समाधानका लागि महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन वा निमित्तलाई आर्थिक अधिकार प्रत्यायोजन गर्न सङ्घीय सरकारलाई अनुरोध गरिसकेको छ।

यता छानबिन समितिले भने काममा ढिलाइ गरिरहेको छ । महानगरमा प्रशासकीय अधिकृत भएर जान कोही पनि सहसचिव तयार नभएको मन्त्री गुप्ताले बताएका छन् । यद्यपि छानबिन प्रतिवेदन पठाएर एउटा टुंगो लागेपछि अर्को व्यवस्था गरिने उनले बताएका छन् ।

Advertisement

मन्त्रालयले गत बिहीबार महानगरपालिकालाई पत्र पठाएर छानबिन प्रतिवेदन मागेको हो । यता छानबिन प्रतिवेदन माग गरेको मन्त्रालयको पत्र पाएको बताउँदै महानगरले भन्यो, “हामी अहिले प्रतिवेदन पठाउँदैनौँ । पत्रको जवाफ मात्र पठाउँछौँ ।’ महानगरका अनुसार गुरागाईंमाथिको छानबिन प्रतिवेदन अझै तयार भइसकेको छैन ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top