१९ फागुन ,काठमाण्डौ ।
९७ औं ओस्कर अवार्ड समारोह लस एन्जलसको डल्बी थिएटरमा भइरहेको छ । अहिलेसम्म ’विक्ड’, ’अमेलिया पेरेज’, ’ड्युन पार्ट–२’ ले २–२ वटा, ’द ब्रुटालिस्ट’ फिल्मले ३ वटा र ’अनोरा’ फिल्मले सबैभन्दा धेरै ५ वटा अवार्ड पाएको छ ।
मिकी म्याडिसनले ’अनोरा’का लागि उत्कृष्ट अभिनेत्रीको ओस्कार जितिन्, यो फिल्मले उत्कृष्ट चलचित्रसहित ५ अवार्ड जित्यो । उत्कृष्ट निर्देशनबाहेक अनोराले उत्कृष्ट पटकथा र उत्कृष्ट सम्पादनको लागि ओस्कर पनि प्राप्त गरिसकेको छ ।
यी मध्ये २ वटा पुरस्कार फिल्मका निर्देशक शन बेकरले जितेका छन् । यसैगरी एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् । फिल्म ’द ब्रुटालिस्ट’ले विभिन्न विधामा कुल १० मनोनयन प्राप्त गरेको थियो, जसमध्ये फिल्मले हालसम्म ३ वटा पुरस्कार जितेको छ
। फिल्म ’द ब्रुटालिस्ट’ले उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकनको लागि २ वटा पुरस्कार प्राप्त गरेको छ । ’आइ एम स्टिल हियर’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ । प्रियंका चोपडाको ’अनुजा’ भने ओस्करबाट चुकेको छ ।
प्रियंका चोपडाको सह–निर्माण फिल्म ’अनुजा’ लाइभ एक्सन सर्ट फिल्म श्रेणीमा मनोनीत भएको थियो । यस विधामा फिल्म ’आई एम नट अ रोबोट’ ले पुरस्कार जितेको छ । यस वर्ष कुनै पनि भारतीय फिल्मले मनोनयन पाउन सकेनन् ।
’ड्युन पार्ट २’ ले उत्कृष्ट ध्वनि र उत्कृष्ट दृश्य प्रभाव जित्यो भने ’नो अदर ल्याण्ड’ सर्वोत्कृष्ट वृत्तचित्र फिचर फिल्म बन्यो । सर्वोत्कृष्ट वृत्तचित्र छोटो फिल्मको पुरस्कार ’द ओन्ली गर्ल इन द अर्केस्ट्रा’ फिल्मलाई दिइएको छ । ’विक्ड’ले अहिलेसम्म २ वटा अवार्ड प्राप्त गरिसकेको छ ।
नाथन क्राउली (प्रोडक्सन डिजाइन) र ली स्यान्डलेस (सेट डेकोरेशन) ले फिल्म विक्डका लागि उत्कृष्ट प्रोडक्सन डिजाइन श्रेणीमा पुरस्कार जिते । अमेलिया पेरेजले विभिन्न विधामा २ पुरस्कार प्राप्त गरिन्।
क्लेमेन्ट डाकल, क्यामिल र ज्याक्स अडियार्डले सोही फिल्मको ’एल म्यान’ गीतको लागि सर्वश्रेष्ठ मौलिक गीतको पुरस्कार जिते । सर्वोत्कृष्ट फिल्म सम्पादनको ओस्कार ’अनोरा’लाई प्रदान गरियो ।
सब्स्टेन्स टोलीले उत्कृष्ट मेकअप र हेयरस्टाइलको लागि पुरस्कार जितेको छ । पियरे ओलिभर पर्सिन, स्टेफनी गुलियन र मर्लिन स्कार्सेलीले फिल्म सब्स्टेन्सका लागि उत्कृष्ट मेकअप र हेयरस्टाइलिङको ओस्कार जितेका छन् ।
’अनोरा’ र ’एडाप्टेड स्क्रिनप्ले कन्क्लेभ’ले उत्कृष्ट पटकथाको अवार्ड जित्यो भने ’पल ताजेभेल’ले विक्डका लागि पोशाक डिजाइनिङको लागि पुरस्कार जितेको छ । ’फ्लो’ले एनिमेटेड फिचर फिल्म श्रेणीमा पुरस्कार प्राप्त गर्यो।
२०२५ को ओस्कारमा ’फ्लो’ले उत्कृष्ट एनिमेटेड फिचर फिल्मको लागि ओस्कार जितेको छ । यसैगरी एनिमेटेड सर्ट फिल्म विधामा ’इन द स्याडो अफ द साइप्रस’ ले पुरस्कार जितेको छ।
किरन कल्किनले उत्कृष्ट सह–अभिनेताको ओस्कार जितेका छन्। अभिनेता किरन कल्किनले फिल्म ’द रियल पेन’का लागि उत्कृष्ट सहायक अभिनेताको ओस्कार जितेका छन् ।