सिरिज खेल्न अफगानी यु–१९ टोली नेपाल आउँदै

२० फागुन ८१, बुधबार

२१ फागुन , एजेन्सी ।

नेपाली यु–१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउने जानकारी दिएको हो ।

नेपालले आइसिसी यु–१९ विश्वकपमा छनोट २०२६ को तयारीस्वरूप अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । पहिलो खेल अप्रिल ३, दोस्रो ६ र अन्तिम ९ अप्रिलमा हुनेछ । सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

Advertisement

नेपालले घरेलु मैदानमा अप्रिल १२ देखि २१ सम्म यु–१९ विश्वकपमा छनोट २०२६ एसिया डिभिजन १ को आयोजना गर्दैछ । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन् ।

त्यसैको तयारीस्वरूप नेपाली टोली बन्द प्रशिक्षणमा छन् । टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन् । उता युगान्डमा हुने वुमन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली तयार भएको छ ।

नेपाल क्रिकेट संघले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । साना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर टोलीमा स्थान बनाएका छन् । बन्द प्रशिक्षणमा रहेका सीमाना केसी, सबनम राई, सोभा रोकाय र मनिषा उपध्यायले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

मार्च ८ देखि १६ सम्म हुने ट्वान्टी–२० प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ । एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

नेपालले मार्च ८ मा नामिबयासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले मार्च ९ मा युगान्डा मार्च १० मा हङकङसँग खेल्नेछ । नेपालले मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङसँग फेरि खेल्नेछ ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिसाकुमारी यादव, साना प्रविन, रिया शर्मा रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top