२६ फागुन , विराटनगर।
अहिलेको अवस्थामा अमेरिकालाई सबैभन्दा धेरै चुनौती र तनाव दिने देशहरु चीन, इरान र रुस एक ठाउँमा आएका छन् । त्यो पनि सुरक्षाका मामिलामा । यी तिनै देशहरुले अब संयुक्त युद्धअभ्यास गर्ने भएका छन् । यसमा रुस, युक्रेनमा युद्ध जारी राखेको देश हो भने इरानले इजरायलसंग टकराव बढाएको छ ।
उसका सहयोगी समूहहरु इजरायल र अमेरिकासंग पनि युद्धमै रहेका छन् । चीनले भने टापु देश ताइवान नजिक शक्ति प्रदर्शन जारी राखेको छ । यो क्षेत्रमा कुनै पनि युद्ध भड्किने सम्भावन छ । यस्तो पृष्ठभूमिमा चीनको रक्षा मंत्रालयले घोषणा गरेको छ कि उसले छिटै नै इरान र रूसका साथ साझा नौसैनिक युद्धाभ्यास गर्नेछ ।
चिनियाँ रक्षा मंत्रालयले एक आधिकारिक बयान जारी गर्दै भनेको छ कि यो अभ्यास ईरान नजिक समुद्रमा गरिने छ । यता इरानको न्यूज एजेन्सी तस्नीमले पनि योे सैन्य युद्धाभ्यास सोमवारदेखि ईरानको दक्षिणपूर्वमा चाबहार बंदरगाह नजिक ओमानको खाडीमा शुरू हुने बताएको छ ।
पछिल्ला वर्षहरुमा इरान, रूस र चीनबीच संयुक्त नौसैनिक अभ्यास लगातारजसो नै भइरहेका छन् । तर अहिलेको युद्धाभ्यास यस्तो समयमा भइरहेको छ जतिबेला इसराइल र अमेरिकाले हालैका महिनाहरुमा पटक पटक धम्की दिएका छन् कि इरानको परमाणु कार्यक्रम रोक्नका लागि उमाथि हमला गर्न सकिन्छ ।
यस्तोमा आगामी सातादेखि शुरू हुने सैन्य युद्धाभ्यासमा चीन र रूसका युद्धपोत र त्यसलाई सहयोग गर्ने खालका जहाजहरुका साथै सैनिकहरुले पनि भाग लिने बताइएको छ । इरानका तर्फबाट नौसेनाका अलावा उसको एलीट फोर्स भनेर चिनिने रेभुल्यूशनरी गाड्र्सले पनि भाग लिने बताइएको छ ।
तस्नीम न्यूज एजेंसीका अनुसार आधा दर्जन देशले पर्यवेक्षकका रुपमा यो सैन्य युद्धाभ्यासमा भाग लिनेछन् । यसमा अजरबैजान, दक्षिण अफ्रीका, पाकिस्तान, कतार, इराक, यूएई र श्रीलंका रहेका छन् । समाचार एजेंसी एएफपीका अनुसार यसको उद्देश्य आपसी सहयोग बढाउनु रहेको छ ।
यस्तै तस्नीम समाचार एजेंसीले पनि भनेको छ कि यो सैन्य अभ्यास हिंद महासागरको उत्तरमा हुनेछ र यसको उद्देश्य यो क्षेत्रको सुरक्षा र भाग लिने देशबीच बहुपक्षीय सहयोग बढाउनु रहेको छ । केही दिन पहिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले भनेका थिए कि उनले इरानका सुप्रीम लीडरलाई एक चिट्ठी लेखेर परमाणु कार्यक्रममाथि चर्चाका लागि भनेका थिए ।
अमेरिकाको यो प्रस्तावलाई इरानले भने ठाडै अस्वीकार गरेको छ । त्यसको एक दिनपछि नै इरान, रूस र चीनबीच नयाँ सैन्य अभ्यासको खबर सार्वजनिक भएको हो । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इरानको परमाणु कार्यक्रममा ट्रम्पको प्रस्तावलाई “अत्याचारी“ भनेर खारेज गरेका हुन् ।
यसअघि भने इरानी विदेश मंत्री अब्बास अराघचीले डोनाल्ड ट्रंपको पत्र नै नआएको बताएका थिए । तर खामेनेईले आफ्नो ताजा बयानमा अमेरिकाको आलोचना गरेका छन् र भनेका छन्, “सरकारमाथि दबाब बढाएर इरानलाई छलफलका लागि टेबुलमा बसाउन सकिदैन ।
उनले इरानका साथ भएका परमाणु सम्झौता अन्तर्गतका प्रतिबद्धताहरुलाई लागू गर्न इरान विफल भएको भन्दै आलोचना गरेका यूरोपेली देशहरुलाई पनि “दृष्टिविहिन र लाज नभएका भनेका छन् । यता इरानको जवाफपछि लगत्तै व्हाइट हाउसले पनि प्रतिक्रिया दिएको छ र नेशनल सेक्योरिटी काउंसिलका प्रवक्ता ब्रायन ह्यूले एक प्रकारले इरानलाई धम्की नै दिएका छन् ।
रोयटर्सका अनुसार उनले भनेका छन्, “हामीलाई विश्वास छ कि इरानले आफ्ना नागरिकहरु र हितहरुलाई आतंकवादभन्दा माथि राख्नेछ“ । उनले केही दिन पहिला ट्रम्पले दिएको एक बयानलाई दोहोर्याउदै भने, “यदी हामीले सैन्य कारबाही गर्न पर्यो भने त यो निकै नै खराब हुनेवाला छ “ ।
यसअघि विहीबार ट्रम्पले भनेका थिए, इरानलाई परमाणु हतियार बनाउनबाट रोक्ने दुई उपाय छन्ः ’सेनाको उपाय वा सम्झौताको उपाय । यो भनेर उनले वार्ता वा सम्झौताबाट पार नलागे सैन्ययुद्ध गर्ने चेतावनी दिएका हुन् ।
यता इरान भने पछिल्लो समय पटक पटक आफ्नो अवस्था, आफ्नो हितका लागि परमाणु कार्यक्रम विकास गर्नेमा जोड दिइरहेको छ । गत जनवरीमा अमेरिकाको राष्ट्रपतिको पदभार सम्हालेपछि डोनाल्ड ट्रंपले भनेका थिए कि ईरानप्रति उनको रुझान अधिकतम दबाव खालको हुनेछ ।
यससंग सम्बन्धित एक नेशनल सेक्योरिटी मेमोर्यान्डममा उनले हस्ताक्षर गरे जसमा भनिएको छ कि ईरानलाई परमाणु हतियार, इंटरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलहरु हासिल गर्नबाट रोक्नु छ साथै उसको आतंकबादी नेटवर्कलाई पनि अन्त्य गर्ने विषय त्यसमा समेटिएको छ ।
४ फेब्रुअरी २०२५ मा भएको यो मेमोर्यान्डममा इरानको आक्रामक परमाणु कार्यक्रमलाई अमेरिकाका लागि खतरा रहेको भनिएको छ । यसमा ट्रंपको हस्ताक्षरपछि नै अमेरिकाका साथ सिधा कुरा गर्न इरानले मानिरहेको छैन । यो मामिला अमेरिकासम्म मात्रै सिमित छैन यता इजरायलले पनि इरानलाई निशानामा राखेको छ ।
केही दिनअघि पदभार ग्रहण गरेका इजरायली सेना प्रमुख इयाल जमीरले २०२५ युद्धको वर्ष हुने बयान दिएका थिए । उनले भनेका थिए कि उनको पूरा ध्यान गाजापट्टी र ईरानमा हुनेछ, साथै उनको प्रयास अहिलेसम्म जे हासिल भएका छन् त्यसको रक्षा गर्नु रहेको पनि उनले बताए ।
यस्तो पृष्ठभूमिमा रुस इरान र चीन संयुक्त युद्धअभ्यासमा फेरि जुटेका हुन् । एक वर्ष पहिला पनि मार्च २०२४ मा र लगभग २ वर्ष पहिला मार्च २०२३मा पनि यी तीन देशहरुले चार–चार दिवसीय नौ सैनिक युद्धाभ्यास गरेका थिए ।
दुवै पटक यो आयोजना हिंद महासागर क्षेत्रको उत्तरमा ओमानको खाडी नजिक भएको थियो । “मरीन सेक्योरिटी बेल्ट २०२३ र २०२४“ नामको सो युद्धाभ्यासमा ईरानी नौसेना र रिभोल्यूशनरी गार्ड काप्र्स दुवैले भाग लिएका थिए ।
यसअघि पनि यी देशहरुले आपसमा युद्धअभ्यास गरेका थिए । र यी अभ्यासहरुका लागि प्राय ओमानको खाडी नजिकको क्षेत्रलाई नै रोजिएको छ । जुन फारसको खाडी र होर्मुज जलडमरूमध्यको मार्गमा रहेको छ । यो रणनीतिक रुपमा अहम जलमार्ग हो किनभने यसका माध्यमले विश्व बजारहरुसम्म तेलको आपूर्ति हुने गरेको छ ।
विश्वका कुल तेलको लगभग ५ औं हिस्सा यसै मार्गबाट हुने गरेको छ । शंघाई सहयोग संगठनमा ईरानलाई स्थाई सदस्यता र ब्रिक्ससंग जोडिएपनि ईरानी सरकारले चीन र रूसका साथ नजिकको सम्बन्ध बनाएको छ । र सुरक्षा, राजनीतिक र आर्थिक सम्झौताहरु गरेको छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।