×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

२५ करोडका मालिक भेटिए ? सुन तस्करसँग कनेक्सन

५ चैत्र २०८१

६ चैत , काठमाण्डौ ।

काठमाडौंमा मंगलबार २५ करोड १९ लाख रुपैयाँबराबरको डलर र युरो बरामद भएको घटनामा नयाँ नयाँ तथ्यहरु खुल्दै गएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामाले सो ट्रकमा विदेशी मुद्रा लोड गरेर केरुङ हुँदै चीन लैजान लागेका थिए ।

Advertisement
Advertisement

र उनले आफू ट्रक लिएर कपडा किन्न चीन जान लागेको बताएका थिए । तर विदेशी भारी रकमसहित उनी टोखा झोरमा पक्राउ परे । प्रहरीले ट्रकबाट अमेरिकी डलर सय दरका तीन हजार ११९ थान तथा युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ थान बरामद गरेको छ ।

यो रकम हालको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन्छ । सुन तस्करीमै संलग्न संगठित अपराध यो घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक निचोड छ । प्रहरीका अनुसार यो रकमको मालिक चिनियाँ नागरिक रहेको र कुसाङले रसुवागढीसम्म मात्रै पु¥याउन जिम्मा पाएका थिए ।

सूचना चुहिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । ‘ट्रकमा शंकास्पद सामग्री लोड गरेर केरुङतर्फ जाँदै गरेको सूचनापछि प्रहरी निगरानीमा थियो । यही क्रममा टोखाको झोरमा ट्रक फेला प¥यो ।

तलासी लिँदा सुरुमा केही फेला परेन । प्रहरीले थप अनुसन्धानका लागि भन्दै ट्रकसहित उनलाई टेकुस्थित कार्यालय परिसर ल्यायो । सोधपुछ थाल्यो, तर कुसाङले मुख खोलेनन् । जब उनी सुन तस्करीमा पहिले पनि पक्राउ परेको खुल्यो, त्यसपछि अन्ततः उनी मुख खोल्न बाध्य भए । प्रहरीलाई डोहो¥याउँदै ट्रकतर्फ लगे र चालक सिटमा उक्लिए ।

सिटको ठिक माथि स्पिकर राखिएको बाकस स्क्रुले खोल्न थाले । लुकाएर राखिएका विदेशी पैसाको बन्डल भटाभट झर्न थाले । प्लास्टिकले बेरिएका सबै बन्डल प्रहरीले कोठामा जम्मा गर्दा कोठा अमेरिकी डलर र युरो नोटले भरियो ।

त्यसैले प्रहरीले प्रत्येक नोट एक–एक गर्दै गन्न थाल्यो । राति साढे १ बजेबाट गन्न थालिएको नोट मंगलबार बिहान ६ बज्दासम्म सकिएन । त्यसै गनेर सम्भव नहुने देखेपछि प्रहरीले नेपाल राष्ट्र बैंकबाट नोट गन्ने मेसिन नै मगायो । मेसिनबाट गनेपछि बरामद रकमको यकिन विवरण आएको थियो ।

प्रहरीका अनुसार रसुवागढीसम्म कुसाङले पु¥याएपछि ट्रकलाई सीमा कटाएर केरुङसम्म लैजाने जिम्मा भने अर्कै चालकले पाएका थिए । त्यस्तै, ट्रकलाई पुनः रसुवागढी फर्काउने जिम्मा फरक चालकले पाएका थिए ।

रसुवागढी ल्याएपछि ट्रक फेरि कुसाङको जिम्मा लगाउने योजना खुलेको प्रहरीले बतायो । ‘घटनाको प्रारम्भिक रूप हेर्दा संगठित गिरोह संलग्न रहेको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले भने, ‘अरू चालकबारे पनि कुसाङलाई सोध्यौँ, तर चिन्दिनँ भन्छ ।

संगठित प्रकृतिको अपराधमा हुने यस्तै हो’ उनले भने । प्रहरीका अनुसार ठमेलका विभिन्न मनी एक्सचेन्ज सेन्टरबाट जम्मा गरिएको उक्त रकम सुन खरिद गर्ने उद्देश्यले केरुङतर्फ लगिँदै थियो ।

जुन सुन खरिद गर्ने उद्देश्यले चीन लैजान खोजिएको देखिन्छ । प्रहरीका अनुसार २५ करोडको असली मालिक चिनियाँ नागरिक हुन् । जो विगतदेखि नै सुन तस्करी धन्दामा संलग्न हुँदै आएका छन् ।

यता यति ठुलो परिमाणको पैसा लोड गरिएको ना.७ ख १६५२ नम्बरको ट्रकसहित सोमबार राति ११ बजे पक्राउ परेका कुसाङ तिनै व्यक्ति हुन् जो १३ पुस ०७३ मा सात किलो तस्करीको सुनसहित पक्राउ परेर जेलसमेत पुगेका थिए ।

उनी पाँच वर्ष जेल बसेर ०७८ मा छुटेका थिए । जेलबाट छुटेलगत्तै कुसाङलाई उनीहरूले नै सम्पर्कमा ल्याएका थिए । घटनामा प्रयोग गरिएको ट्रक पनि चिनियाँ सुन तस्करले नै खरिद गर्न लगाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद ट्रक सुन तस्करी गर्ने उद्देश्यले खरिद गरिएको हो ।

खासमा कपडा किन्न भन्दै चीन हिँडेको यो ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा प्रहरीले बरामद गरेको हो, जुन तस्करीको निस्कियो । चालक कुसाङ हाल परिवारसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरा बस्दै आएका छन् ।

उनले पक्राउ गरेर सोधपुछ गर्दा आफैंले पैसा लुकाएको ठाउँ देखाएका हुन् । ट्रक झन्डै तीन साता ग्यारेजमा राखेर निकालिएको दिनमै प्रहरीले पक्राउ गरेको थियो । प्रहरी अधिकारीका अनुसार रसुवा जाने गाडी प्रायः साताको दुई पटक ओहोरदोहोर गर्छन् ।

‘लामाले चलाएको गाडी भने योजना नै बनाएर ग्यारेजमा राखेको र पैसा लुकाउने ठाउँ बनाइएको हुन सक्छ,’ प्रहरीको भनाइ छ । प्रहरीले एकै पटक भेटेको यो अहिलेसम्मकै धेरै रकम भएको समेत दाबी गरेको छ ।

प्रहरीसँग लामाले आफू फेन्सी कपडा खरिद गर्न जान लागेको बताएका थिए । ‘तर कपडा लिन नभई सीमापार गरेर अवैध रकम चीन पु¥याई उताबाट सुन खरिद गरेर ल्याउन खोजिएको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजीकुमार आचार्य भन्छन् ।

जेलबाट छुटेपछि लामा निरन्तर सुन तस्करीमा भरिया र चालकका रूपमा काम गरिरहेको अनुमान प्रहरीको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

प्रहरीले लामाका साथबाट दुई थान मोबाइल पनि बरामद गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे ठूलो परिमाणमा पैठारी र चोरी हुने गरेको तथ्यलाई यो घटनाले इंगित गरेको बताउँछन् ।

नेपालमा हरेक महिना औसतमा ६२ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद हुने गरेको छ । प्रहरीले यो आर्थिक वर्षको फागुनसम्म विभिन्न ठाउँबाट ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद गरेको छ ।

यसमा नेपाली २५ र २२ विदेशी नागरिक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार यसरी नियन्त्रण भएको रकम भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयमा पुग्छ ।

स्रोत नखुलेको रकममा अनुसन्धान पूरा भएपछि कानुनअनुसार सरकारको राजस्वमा दाखिला हुन्छ । तर स्रोत नखुलेको रकम चोरी, ठगी वा अन्य केहीबाट आएको हो भने त्यस विषयमा समेत अनुसन्धान गरेर मुद्दा चल्ने गरेको छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top