NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

२५ करोडका मालिक भेटिए ? सुन तस्करसँग कनेक्सन

बुधबार चैत्र ६ , २०८१
Reading Time: 1 min read
A A
२५ करोडका मालिक भेटिए ? सुन तस्करसँग कनेक्सन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ चैत , काठमाण्डौ ।

काठमाडौंमा मंगलबार २५ करोड १९ लाख रुपैयाँबराबरको डलर र युरो बरामद भएको घटनामा नयाँ नयाँ तथ्यहरु खुल्दै गएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामाले सो ट्रकमा विदेशी मुद्रा लोड गरेर केरुङ हुँदै चीन लैजान लागेका थिए ।

र उनले आफू ट्रक लिएर कपडा किन्न चीन जान लागेको बताएका थिए । तर विदेशी भारी रकमसहित उनी टोखा झोरमा पक्राउ परे । प्रहरीले ट्रकबाट अमेरिकी डलर सय दरका तीन हजार ११९ थान तथा युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ थान बरामद गरेको छ ।

यो रकम हालको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन्छ । सुन तस्करीमै संलग्न संगठित अपराध यो घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक निचोड छ । प्रहरीका अनुसार यो रकमको मालिक चिनियाँ नागरिक रहेको र कुसाङले रसुवागढीसम्म मात्रै पु¥याउन जिम्मा पाएका थिए ।

सूचना चुहिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । ‘ट्रकमा शंकास्पद सामग्री लोड गरेर केरुङतर्फ जाँदै गरेको सूचनापछि प्रहरी निगरानीमा थियो । यही क्रममा टोखाको झोरमा ट्रक फेला प¥यो ।

तलासी लिँदा सुरुमा केही फेला परेन । प्रहरीले थप अनुसन्धानका लागि भन्दै ट्रकसहित उनलाई टेकुस्थित कार्यालय परिसर ल्यायो । सोधपुछ थाल्यो, तर कुसाङले मुख खोलेनन् । जब उनी सुन तस्करीमा पहिले पनि पक्राउ परेको खुल्यो, त्यसपछि अन्ततः उनी मुख खोल्न बाध्य भए । प्रहरीलाई डोहो¥याउँदै ट्रकतर्फ लगे र चालक सिटमा उक्लिए ।

सिटको ठिक माथि स्पिकर राखिएको बाकस स्क्रुले खोल्न थाले । लुकाएर राखिएका विदेशी पैसाको बन्डल भटाभट झर्न थाले । प्लास्टिकले बेरिएका सबै बन्डल प्रहरीले कोठामा जम्मा गर्दा कोठा अमेरिकी डलर र युरो नोटले भरियो ।

त्यसैले प्रहरीले प्रत्येक नोट एक–एक गर्दै गन्न थाल्यो । राति साढे १ बजेबाट गन्न थालिएको नोट मंगलबार बिहान ६ बज्दासम्म सकिएन । त्यसै गनेर सम्भव नहुने देखेपछि प्रहरीले नेपाल राष्ट्र बैंकबाट नोट गन्ने मेसिन नै मगायो । मेसिनबाट गनेपछि बरामद रकमको यकिन विवरण आएको थियो ।

प्रहरीका अनुसार रसुवागढीसम्म कुसाङले पु¥याएपछि ट्रकलाई सीमा कटाएर केरुङसम्म लैजाने जिम्मा भने अर्कै चालकले पाएका थिए । त्यस्तै, ट्रकलाई पुनः रसुवागढी फर्काउने जिम्मा फरक चालकले पाएका थिए ।

रसुवागढी ल्याएपछि ट्रक फेरि कुसाङको जिम्मा लगाउने योजना खुलेको प्रहरीले बतायो । ‘घटनाको प्रारम्भिक रूप हेर्दा संगठित गिरोह संलग्न रहेको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले भने, ‘अरू चालकबारे पनि कुसाङलाई सोध्यौँ, तर चिन्दिनँ भन्छ ।

संगठित प्रकृतिको अपराधमा हुने यस्तै हो’ उनले भने । प्रहरीका अनुसार ठमेलका विभिन्न मनी एक्सचेन्ज सेन्टरबाट जम्मा गरिएको उक्त रकम सुन खरिद गर्ने उद्देश्यले केरुङतर्फ लगिँदै थियो ।

जुन सुन खरिद गर्ने उद्देश्यले चीन लैजान खोजिएको देखिन्छ । प्रहरीका अनुसार २५ करोडको असली मालिक चिनियाँ नागरिक हुन् । जो विगतदेखि नै सुन तस्करी धन्दामा संलग्न हुँदै आएका छन् ।

यता यति ठुलो परिमाणको पैसा लोड गरिएको ना.७ ख १६५२ नम्बरको ट्रकसहित सोमबार राति ११ बजे पक्राउ परेका कुसाङ तिनै व्यक्ति हुन् जो १३ पुस ०७३ मा सात किलो तस्करीको सुनसहित पक्राउ परेर जेलसमेत पुगेका थिए ।

उनी पाँच वर्ष जेल बसेर ०७८ मा छुटेका थिए । जेलबाट छुटेलगत्तै कुसाङलाई उनीहरूले नै सम्पर्कमा ल्याएका थिए । घटनामा प्रयोग गरिएको ट्रक पनि चिनियाँ सुन तस्करले नै खरिद गर्न लगाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद ट्रक सुन तस्करी गर्ने उद्देश्यले खरिद गरिएको हो ।

खासमा कपडा किन्न भन्दै चीन हिँडेको यो ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा प्रहरीले बरामद गरेको हो, जुन तस्करीको निस्कियो । चालक कुसाङ हाल परिवारसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरा बस्दै आएका छन् ।

उनले पक्राउ गरेर सोधपुछ गर्दा आफैंले पैसा लुकाएको ठाउँ देखाएका हुन् । ट्रक झन्डै तीन साता ग्यारेजमा राखेर निकालिएको दिनमै प्रहरीले पक्राउ गरेको थियो । प्रहरी अधिकारीका अनुसार रसुवा जाने गाडी प्रायः साताको दुई पटक ओहोरदोहोर गर्छन् ।

‘लामाले चलाएको गाडी भने योजना नै बनाएर ग्यारेजमा राखेको र पैसा लुकाउने ठाउँ बनाइएको हुन सक्छ,’ प्रहरीको भनाइ छ । प्रहरीले एकै पटक भेटेको यो अहिलेसम्मकै धेरै रकम भएको समेत दाबी गरेको छ ।

प्रहरीसँग लामाले आफू फेन्सी कपडा खरिद गर्न जान लागेको बताएका थिए । ‘तर कपडा लिन नभई सीमापार गरेर अवैध रकम चीन पु¥याई उताबाट सुन खरिद गरेर ल्याउन खोजिएको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजीकुमार आचार्य भन्छन् ।

जेलबाट छुटेपछि लामा निरन्तर सुन तस्करीमा भरिया र चालकका रूपमा काम गरिरहेको अनुमान प्रहरीको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

प्रहरीले लामाका साथबाट दुई थान मोबाइल पनि बरामद गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे ठूलो परिमाणमा पैठारी र चोरी हुने गरेको तथ्यलाई यो घटनाले इंगित गरेको बताउँछन् ।

नेपालमा हरेक महिना औसतमा ६२ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद हुने गरेको छ । प्रहरीले यो आर्थिक वर्षको फागुनसम्म विभिन्न ठाउँबाट ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद गरेको छ ।

यसमा नेपाली २५ र २२ विदेशी नागरिक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार यसरी नियन्त्रण भएको रकम भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयमा पुग्छ ।

स्रोत नखुलेको रकममा अनुसन्धान पूरा भएपछि कानुनअनुसार सरकारको राजस्वमा दाखिला हुन्छ । तर स्रोत नखुलेको रकम चोरी, ठगी वा अन्य केहीबाट आएको हो भने त्यस विषयमा समेत अनुसन्धान गरेर मुद्दा चल्ने गरेको छ ।

Tags: #ठमेलको मनी एक्सचेन्जबाट डलर संकलन#सुन तस्करसँग कनेक्सन#२५ करोडका मालिक भेटिए ?

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.