NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

पत्रकार, उद्योगीदेखि कुटनीतिज्ञसम्म राजावादी आन्दोलनका समर्थक ?

शुक्रबार चैत्र १५ , २०८१
Reading Time: 1 min read
A A
माओवादी पनि राजावादीबाट तर्सियो, अभियान नै स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ चैत ,काठमाण्डौ।

हिन्दु राष्ट्र, राजतन्त्र पुर्नस्थापना, सुशासनसहितका एजेण्डासहित सडक संघर्षमा उत्रिएका राजावादीहरुको आन्दोलनप्रति प्रबुद्ध नागरिकहरुले समेत ऐक्यबद्धता जनाएका छन्।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूको अन्तरक्रियात्मक भेलाले राजावादी आन्दोलनका सन्दर्भमा ६ बुँदे अपिल जारी गर्दै आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकार पक्षबाट यथाशीघ्र वार्ता, संवाद र सहमतिका लागि उनीहरूले जोड दिएका छन् ।

जनआन्दोलनप्रति गुणात्मक र ऐतिहासिक ऐक्यबद्धता सहितको अपिल भन्दै राजावादीहरुको जनआन्दोलन समितिका प्रवक्ता समेत रहेका अधिवक्ता स्वागत नेपालले पूर्व सचिव, पूर्व सुरक्षा प्रमुख, उद्योग वाणिज्य महासंघका नेतृत्वदायी व्यक्तित्वहरु, प्रमुख सञ्चार माध्यमका प्रमुख र वरिष्ठ पत्रकारहरु, चिकित्सक, वरिष्ठ कलाकर्मी तथा साहित्यकार एवम् कूटनितिज्ञहरु समेत सम्मिलित राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको बृहत् अन्तरक्रियात्मक भेलाले जनआन्दोलनप्रति ऐक्यबद्धता जनाएको जानकारी दिएका छन् ।

आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संस्थाहरू र सम्पूर्ण सरोकारवाला पक्षहरूसमक्ष यो अपिल जारी गरिएको हो । वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासा र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरूप्रति भेलाले ऐक्यबद्धता प्रकट गरेको छ ।

जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व र सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल प्रयोग नगर्न अनुरोध गरिएको छ । यदि परिस्थिति नियन्त्रणबाहिर जाने अवस्था आयो भने यसको जिम्मेवार सरकार स्वयम् हुनेतर्फ सचेत गराइएको छ ।

भेलामा उद्योगी–व्यवसायी भाष्करराज राजकर्णिकार, भवानी राणा, कुशकुमार जोशी लगायत थिए । यस्तै कलाकारमा मनिषा कोइराला र दीपक राज गिरी समेत सहभागी भएका थिए ।

सञ्चार क्षेत्रबाट युवराज घिमिरे, जीवनराम भण्डारी, श्याम कँडेल, टिकाराम यात्री, दिरेकलाल श्रेष्ठ, आशिष शेरचन लगायत रहेका छन् । एमालेबाट संसदीय चुनाव लडेका पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि भेलामा सहभागि भएका थिए ।

समसामयिक राजनीति र देश काल परिस्थितिका सम्बन्धमा आज राष्ट्रिय जीवनका विविध क्षेत्रमा विशिष्ट योगदान पुयाउनु भएका व्यक्तित्वहरुको एक वृहत अन्तरक्रियात्मक भेलाले पछिल्लो समयमा विभिन्न मागहरुसहित आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरु तथा सम्पूर्ण सरोकारवाला पक्षहरुसँग निम्न अपिल गरेको भेलापछि जारी अपिलमा भनिएको छ ।

१. वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरूप्रति यो भेला ऐक्यबद्धता प्रकट गर्दछ ।

२. आन्दोलनका स्वरुपहरुलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन पनि यो भेलाले आन्दोलनरत पक्षसँग अनुरोध गर्दछ ।

३. आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकारपक्षबाट यथाशीघ्र वार्ता र सहमति, वार्ता र संवादका लागि आह्वान गर्न हामी अपिल गर्दछौं ।

४. जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न समेत अनुरोध गर्दछौं ।

५. साथै यस सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरुलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमनका लागि हार्दिक अपिल गर्दछौं ।

६. प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ । हामी तपशीलका विभिन्न संस्था र विधामा आबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौं । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।

भेलामा सहभागिता जनाउनेहरुमा भाष्कर राज राजकर्णिकार ,भवानी राणा कुश कुमार जोशी ,मनिषा कोइराला विनोद बहादुर श्रेष्ठ, अनिल जोशी ,राजाराज गिरि, दीपकराज गिरि, युवराज घिमिरे , किशोर प्रधान, किशोर थापा, भीम उदास, उत्तम कृष्ण श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, आशिष शेरचन, दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल ,मधुसुदन थापा ,श्याम कँडेल ,टीकाराम यात्री ,जीवराम भण्डारी ,ध्रुव नारायण श्रेष्ठ ,दुर्गा बहादुर थापा, जैसन वैद्य, यज्ञराज अधिकारी, जेसन वैद्य, दिनेश श्रेष्ठ, विक्रम पाण्डे, डा. गोपाल तिवारी, स्वागत नेपाल, सर्वेन्द्र खनाल, ए. जी शेर्पा रहेका छन् । आज राजसंस्था पक्षधरले काठमाडौंमा प्रदर्शन गर्दैछन् सँगै गणतन्त्र पक्षधरहरुले पनि प्रर्दशन गर्दैछन् । त्यसका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Tags: #प्रबुद्ध नागरिकको ऐक्यबद्धता#राजावादी आन्दोलन#राजावादी आन्दोलनको साथमा

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.