NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

तीनकुने घटनापछि संकटमा ज्ञानेन्द्र, सुरक्षाकर्मी परिवर्तन

आइतवार चैत्र १७ , २०८१
Reading Time: 1 min read
A A
तीनकुने घटनापछि संकटमा ज्ञानेन्द्र, सुरक्षाकर्मी परिवर्तन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ चैत , काठमाण्डौ ।

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु परिवर्तन गरेको छ । शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरिएको हो । डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

पहिलेको टिमको अवधि पनि पुगेकाले नयाँ टोली खटाइएको अधिकारीहरुले बताएका छन् । अहिले सशस्त्रले डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ । भीभीआईपी सुरक्षा कार्यविधि अनुसार पूर्वराजाले सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउँछन् ।

यद्यपि शुक्रबारको हिंसात्मक आन्दोलनपछि नेताहरुले पूर्वराजालाई दिइएको सबै सुविधाहरु खोस्नु पर्ने माग गरेका छन् । यसबीच प्रमुख राजनीतिक दलले काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक र अराजक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेका छन् ।

उनीहरूले पूर्वराजाको निर्देशनबमोजिम राजनीतिक आवरणमा भएका आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । संविधान र गणतन्त्र पक्षधरको सर्वदलीय बैठक गरी पछिल्ला राजनीतिक घटनाको समीक्षा गर्ने तयारी पनि दलहरूले गरेका छन् ।

संसद्को पहिलो दल कांग्रेसले शुक्रबार तीनकुने घटना प्रतिगमनकारी, अराजक र आपराधिक भएको ठहरसहित यसमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको बताएको छ । शनिबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठकले पूर्वराजा शाहको सरकारी सुविधा खोस्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।

यस्तै काँग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले पनि घटना प्रायोजित र संगठित भएको बताएका छन् । काँग्रेसका नेताहरुले ज्ञानेन्द्रलाई सरकारले तत्कालका लागि दिएको नागार्जुन दरबार खोस्नुपर्ने पनि बताएका छन् ।

यस्तै पूर्वराजा शाहलाई राज्यले दिएको सुविधा खोस्नुपर्ने र पासपोर्ट रद्द गर्नुपर्ने सुझाव दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राजधानीको तीनकुनेमा उपद्रो मच्चाउनेको नाइके ज्ञानेन्द्र शाह रहेको आरोप लगाएका छन् ।

काँग्रेसले आज साँझ सभापति देउवानिवास बुढानीलकण्ठमा सरकारमा रहेका र प्रतिपक्षमा रहेका गणतन्त्र पक्षधर सबै दलको बैठक बोलाएका छन् । यस्तै सरकारको नेतृत्व गरेको एमालेले पनि शुक्रबारको घटनाका निर्देशक पूर्वराजा ज्ञानेन्द्र भएको उल्लेख गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने जनाएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख राजनीतिक दलले गैरराजनीतिक, आपराधिक घटनाको निन्दा गरेकाले आवश्यक परे संविधान र गणतन्त्रको सम्वद्र्धनका लागि दलहरू एक ठाउँमा उभिने बताए ।

उनले पत्रकारलाई जिउँदै जलाउने, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट गर्नेविरुद्ध सरकारले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे । त्यस्तै एमाले महासचिव शंकर पोखरेलले राजावादीको आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न हुने र त्यसका लागि निर्देशन दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

माओवादीले पनि शुक्रबार भएका गैरराजनीतिक, अराजक, हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको जनाएको छ । शनिबार राजावादीले आगजनी गरेको एकीकृत समाजवादीको पार्टी कार्यालय निरीक्षण गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीनकुने क्षेत्रमा भएको घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताएका हुन् ।

घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग गरेका छन् । साथै उनले संविधान र गणतन्त्रका पक्षमा शान्ति प्रक्रियाका सहयात्रीहरू एक ठाउँमा आउनुपर्नेमा पनि जोड दिए । यस्तै जनता समाजवादी पार्टी नेपालले पनि राजावादीद्वारा गरिएका हिंसात्मक घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संस्थागत गर्न लाग्नुपर्ने जनाएका छन् । एकीकृत समाजवादीले घटनाको निर्देशक पूर्वराजा ज्ञानेन्द्र शाह र आयोजकहरू मुख्य जिम्मेवार भएकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरेको छ ।

संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध गैरकानुनी रूपमा धावा बोल्ने आपराधिक समूहलाई कारबाहीको दायरामा ल्याउन एकीकृत समाजवादीले सरकारसमक्ष माग गरेको छ । रास्वपाले पनि निश्चित स्वार्थ पूरा गर्ने समूहले अराजक गतिविधि गरेको निष्कर्ष निकालेको छ ।

पार्टी सचिवालय बैठकले घटनाको न्यायिक आयोग बनाएर सत्यतथ्य अनुसन्धान गर्नुपर्ने मागसमेत गरेको छ । ‘आफ्नो निश्चित स्वार्थ पूरा गर्न खोज्ने समूहले त्यो घटना गराएका छन् । उनीहरूले समाजमा विष फैलाउने काम गरेका छन्,’ रास्वपा नेता एवं संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘पूर्वराजाका नाउँमा यी घटना गराइएका छन् । यसको न्यायिक आयोग बनाएर सत्यतथ्य अनुसन्धान गर्नुपर्छ ।’

रास्वपाले लोकतन्त्रमाथि आक्रमण भएकाले सजग रहन पनि आग्रह गरेको छ । यता शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक विवादमा तान्ने प्रयास नगर्न राप्रपाले आग्रह गरेको छ ।

गणतन्त्र पक्षधर दलहरूले घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहकै हुनुपर्ने बताइरहँदा राप्रपाले भने उनलाई विवादमा तान्न नहुनेमा जोड दिएको हो । घटनामा मारिएका दुवैजनालाई सहिद घोषणा गर्न राप्रपाको माग छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । ‘तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक विवादमा तान्ने प्रयास नगर्न आग्रह गर्छौँ,’ उनले भने, ‘न्यायिक छानबिन समिति गठन गरियोस् र हिंसा भड्काउन उद्यतलाई कारबाही होस् । उहाँ (ज्ञानेन्द्र शाह)लाई सरकारले पक्राउ गरेर देखाओस् न त, हामी चुनौती दिन्छौँ ।’

राप्रपा हिंसात्मक क्रियाकलापको विपक्षमा रहेको भन्दै उनले तीनकुने घटनामा सरकार र प्रधानमन्त्री केपी ओलीको संलग्नता रहेको आरोप लगाएका छन् । यस्तै, राप्रपाले नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणा एवं अधिवक्ता स्वागत नेपाल संलग्न नभएको जिकिर गर्दै उनीहरूलाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ ।

उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी छ । राप्रपाले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नजरबन्द र समितिका कमान्डर तोकिएका दुर्गा प्रसाईंबारे भने बोलेको छैन ।

यता तीनकुनेमा भिड अराजक बनाउन उत्प्रेरित गर्ने राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् । भिडलाई अराजक बनाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क निस्किएका थिए । काठमाडौं परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले घटनामा १०५ जना पक्राउ परेको भए पनि प्रसाईं फरार रहेको बताएका छन् ।

Tags: #तीनकुने घटनापछि संकटमा ज्ञानेन्द्र#सुरक्षाकर्मी परिवर्तन#पूर्वराजाका सुरक्षाकर्मी फेरिए

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.