नेपालीले भारतमा क्यूआरबाटै भुक्तानी गर्न पाउने

९ मंसिर २०८३, बुधबार
Share this
728shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि नेपाली नागरिकले भारतमा पनि मोबाइलबाटै क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने सुनिश्चित ।

नेपाल र भारतका भुक्तानी सेवा प्रदायक फोनपे र एनपीसीआईबीच आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्यसहित सहमति ।

Advertisement

दुवै देशले आवश्यक प्राविधिक पूर्वाधार तयार गरिसकेकाले प्रक्रिया पूरा गरेर सेवा सुरु गर्ने तयारी ।

सेवा सञ्चालनमा आएपछि भारत भ्रमणमा जाने नेपालीले त्यहाँका पसल, होटल तथा व्यावसायिक प्रतिष्ठानमा सहजै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने ।

यसले पर्यटक, व्यवसायी तथा अन्य यात्रुको कारोबार सहज बनाउनुका साथै नेपाल–भारतबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गर्ने अपेक्षा ।

गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल रेमिट्यान्स सेवा सुरु गरिएको थियो।

त्यसबेला व्यापारीलाई क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था अर्को चरणमा लागू गर्ने बताइएको थियो।

हाल नेपाली नागरिक भारतमा बैंक खाता, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस तथा नेपाली बैंकले जारी गरेका कार्डमार्फत निश्चित सीमा र सर्तभित्र रहेर कारोबार गर्दै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top