९ मंसिर , काठमाण्डौ ।
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घट्यो ।
मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघको जानकारी ।
चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको छ ।



