९ मंसिर , काठमाण्डौ ।
नेपाल प्रहरीले गर्याे ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले पूर्वप्रकाशित पूर्वानुमानयोग्य सरुवा सूचीअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रधान कार्यालयको भनाइ ।

सरुवा सूचीअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी र उदयपुरमा धर्मराज भण्डारीलाई खटाइएको छ ।
त्यस्तै तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई जिम्मेवारी दिइयो ।
यसैगरी पर्सामा यसअघि काज सरुवा भएका पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ भने बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकाललाई सरुवा ।
त्यस्तै पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई जिम्मेवारी तोकियो ।
नयाँ आईजीपी मनोज केसीले नेतृत्व सम्हालेपछि गरिएको यो सरुवालाई प्रहरी संगठनको नियमित प्रशासनिक व्यवस्थापनका रूपमा हेरिदै ।



