लिङ्देनले छाती पिट्दै भने मैं हुँ राजावादी थुनेर देखाउँ

१५ चैत ८१, आइतबार

१७ चैत , काठमाण्डौ ।

गएको फागुन २५ को काठमाडौंमा पूर्वराजालाई स्वागत गर्न हजारौंको भिड सडकमा उत्रिएपछि नेपालको समग्र राजनीति नै तरंगित बनेको छ । ज्ञानेन्द्र शाहलाई राजा भन्ने कि पूर्वराजा अन्तिम राजा वा मात्रै ज्ञानेन्द्र शाह भन्नेमा आआफ्नै दाबी र तर्क छन् ।

पछिल्लो समय चैत १५ को अराजक हिंसात्मक तीनकुने प्रकरणपछि त ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर जेल हाल्नुपर्छ भन्नेहरुको जमात बढेको छ । यो पक्षमा देशका शीर्ष दलका नेताहरु समेत उभिएको अवस्थामा प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएको छ।

Advertisement

यो बहसले आज संसदमा समेत प्रवेश पाएको छ । प्रतिपक्ष दलहरुका कारण अवरुद्ध भएको प्रतिनिधिसभाको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् ।

बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् । सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

Advertisement

लिङ्देनको यो अभिब्यक्ति र अडानको अर्काे राजावादी शक्ति राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि प्रशंसा गरेका छन् । उनले लिङ्देनको प्रशंसा गर्दै लेखेका छन्, राजावादी यहाँ छ, सके जेल हाल !’–

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन स्याबास! राप्रपा अध्यक्ष भाई राजेन्द्र लिङदेन हामी पनि भन्छौ, राजावादी यहां छ, सके जेल हाल । संसद बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको दृश्य देखिन्छ ।

सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाकुर गैरेले सडकमा भएको अराजक क्रियाकलापमा संलग्नहरुलाई दण्डित गर्नुपर्ने बताएपछि लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिएका थिए । प्रतिपक्ष र सत्तापक्ष उभिएपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

आइतबार बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलका सांसदहरूले पुरानै माग राखेका थिए । उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान दोहो¥याएका थिए ।

अर्कोतिर सत्तापक्षका सांसदहरूले गत शुक्रबार राजावादीको आन्दोलनमा सर्वसाधारणले अनाहकमा ज्यान गुमाएको विषयमा सांसदहरूले बोल्न पाउनुपर्ने अडान राखे । त्यसक्रममा एकले अर्कामाथि आरोप लगाउनेदेखि नाराबाजीसमेत भएको थियो ।

सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यसअघि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि लिङ्देनले शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक विवादमा तान्ने प्रयास नगर्न आग्रह गरेका थिए ।

घटनामा मारिएका दुवैजनालाई सहिद घोषणा गर्न राप्रपाको माग छ । लिङ्देनले पूर्वराजालाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका थिए । ‘तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक विवादमा तान्ने प्रयास नगर्न आग्रह गर्छौँ,’ उनले भने, ‘न्यायिक छानबिन समिति गठन गरियोस् र हिंसा भड्काउन उद्यतलाई कारबाही होस् । उहाँ (ज्ञानेन्द्र शाह)लाई सरकारले पक्राउ गरेर देखाओस् न त, हामी चुनौती दिन्छौँ ।’

राप्रपा हिंसात्मक क्रियाकलापको विपक्षमा रहेको भन्दै उनले तीनकुने घटनामा सरकार र प्रधानमन्त्री केपी ओलीको संलग्नता रहेको आरोप लगाएका छन् । यस्तै, राप्रपाले नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणा एवं अधिवक्ता स्वागत नेपाल संलग्न नभएको जिकिर गर्दै उनीहरूलाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ ।

उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी छ । प्रमुख राजनीतिक दलहरुले भने ज्ञानेन्द्रलाई दोषी ठहर गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले शुक्रबार तीनकुने घटना प्रतिगमनकारी, अराजक र आपराधिक भएको ठहरसहित यसमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको बताएको छ ।

शनिबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठकले पूर्वराजा शाहको सरकारी सुविधा खोस्नुपर्ने निष्कर्षसमेत निकालेको छ । काँग्रेसका नेताहरुले ज्ञानेन्द्रलाई सरकारले तत्कालका लागि दिएको नागार्जुन दरबार खोस्नुपर्ने पनि बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राजधानीको तीनकुनेमा उपद्रो मच्चाउनेको नाइके ज्ञानेन्द्र शाह रहेको आरोप लगाएका छन् । यस्तै सरकारको नेतृत्व गरेको एमालेले पनि शुक्रबारको घटनाका निर्देशक पूर्वराजा ज्ञानेन्द्र भएको उल्लेख गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने जनाएको छ ।

माओवादीले पनि शुक्रबार भएका गैरराजनीतिक, अराजक, हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको जनाएको छ । शनिबार राजावादीले आगजनी गरेको एकीकृत समाजवादीको पार्टी कार्यालय निरीक्षण गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीनकुने क्षेत्रमा भएको घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताएका छन्  ।

यस्तै जनता समाजवादी पार्टी नेपालले पनि राजावादीद्वारा गरिएका हिंसात्मक घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ । एकीकृत समाजवादीले घटनाको निर्देशक पूर्वराजा ज्ञानेन्द्र शाह र आयोजकहरू मुख्य जिम्मेवार भएकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top