आईपीएलमा कमजोर देखियो चेन्नई

१६ चैत ८१, सोमबार

१८ चैत, एजेन्सी।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका गएरातिका खेलमा राजस्थान रोयल्सले पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । यस्तै सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटलले पराजित गरेको छ ।

दिल्ली क्यापिटलसँग हैदाराबाद ७ विकेटले पराजित भयो । यो आइपिएल २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा जित निकालेको हो । पहिलो खेलमा जित निकालेको हैदरावाद भने पछिल्ला दुई खेलमा पराजित भइसकेको छ।

Advertisement

हैदरावादले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमै ३ विकेट गुमाएर पूरा ग¥यो। दिल्लीका लागि फाप डु प्लेसिसले २७ बलमा ५० रन, जेक फ्रासरले ३८ रन र अभिषेक पोरेलले नटआउट ३४ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १६३ रनमै अलआउट भयो। उसका लागि अंकित बर्माले ७४ रन र हेनरिक क्लासेनले ३२ रन बनाए पनि अरु ब्याटर सस्तैमा आउट भए।

Advertisement

हैदरावादको ब्याटिङलाई दबाब दिने क्रममा दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए। प्लेयर अफ दि म्यच स्टार्कले ३.४ ओभरमा ३५ रन दिए। कुलदिप यादवको नाममा ३ विकेट रह्यो। दिल्ली यस सिजनको पहिलो दुवै खेल जित्ने दोस्रो टोली भएको छ ।

रोयल च्यालेन्जर बेङ्लुरुले पनि पहिलो दुवै खेल जितेको छ । यस्तै राजस्थान रोयल्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । पहिलो दुई खेलमा पराजित राजस्थानले आइतबार चेन्नई सुपर किंग्सको चुनौतीलाई ६ रनले पन्छायो ।

पहिलो खेल जितेको चेन्नई त्यसयता लगातार दोस्रो खेलमा पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो ।

नितिश रानाले ३६ बलमा ८१ रन जोडे । प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे । कप्तान रियान परागले २८ बल खेली समान २ चौका र छक्कासहित ३७, सञ्जु सामसनले २० र सिम्रोन हेटमायरले १९ रन बनाए ।

चेन्नईका खलिल अहमद, नुर अहमद र माथिशा पाथिरानाले २–२ विकेट लिए । जवाफमा आएको चेन्नईले ६ विकेट गुमाई १ सय ७६ रन मात्र बनाउन सक्यो । कप्तान रुतुराज गायकवडले ४४ बल खेली ७ चौका र १ छक्कासहित ६३ रन बनाए ।

राहुल त्रिपाठी १९ बलमा २३, शिवम दुबे १० बलमा १८, महेन्द्रसिंह धोनी ११ बलमा १६ रन बनाई आउट भए । रवीन्द्र जडेजा २२ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ र जेमी ओभरटन ४ बलमा ११ रन बनाई अविजित रहे ।

जोफ्रा आर्चरले पहिलो ओभरमै रचिन रवीन्द्रलाई आउट गरी राजस्थानलाई राम्रो सुरुआत दिलाएका थिए । आर्चरले ३ ओभरमा १३ रन मात्र खर्चे । वानिन्दु हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज, मार्च ३१ मा, मुम्बईको वानखेड़े स्टेडियममा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ। मुम्बई इन्डियन्स यस सिजनमा आफ्नो पहिलो जितको खोजीमा छ, जबकि कोलकाता नाइट राइडर्स साबिक विजेता भएको नाताले आफ्नो प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ।

गत सिजनमा वानखेड़े स्टेडियममा भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको थियो। त्यो खेलमा कोलकाताले १६९ रन बनाएको थियो, जसको जवाफमा मुम्बई १४५ रनमै सीमित भएको थियो।

मुम्बई इन्डियन्सका लागि यो खेल जित हासिल गरी सिजनमा आफ्नो खाता खोल्ने अवसर हो। दोस्रो तर्फ, कोलकाता नाइट राइडर्स आफ्नो जितको क्रमलाई निरन्तरता दिन चाहन्छ। दुवै टोलीका समर्थकहरूका लागि यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top