दुर्गा प्रसाईँ भारतमा ! राजावादीको आश्रयस्थल भारत बन्यो

१६ चैत ८१, सोमबार

१८ चैत, काठमाण्डौ ।

नेपालमा राजतन्त्र पुनस्थापनाका लागि सडक संघर्षमा रहेकाहरुको सुरक्षित आश्रयस्थल भारत बन्न पुगेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्विर बोक्ने राजामवादीले समेत भारतलाई नै आश्रयस्थल बनाएका बेला काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन मच्चाएर प्रहरीको फरार सूचीमा रहेका राजसंस्था पुनस्र्थापनानिम्ति ‘जनआन्दोलन’ नाम दिइएको समितिका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं भारत पुगेको खुलेको छ ।

यही चैत १५ गतेको प्रदर्शन अराजक बनेपछि प्रहरीले पक्राउ गर्ने सुर्ईको पाएका उनले काठमाडौं छाडेको प्रहरी उच्च स्रोतले बताएको छ । राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका छन् ।

Advertisement

प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएका प्रहरीको भनाइ छ ।

शुक्रबार (चैत १५) राति नै उनी काठमाडौं छाडेर भारततर्फ लागेको प्रहरी जनाएको छ । प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका थिए ।

Advertisement

त्यहाँ फलफूल खाएर सोही राति उनी ललितपुरको फर्सीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत गएको प्रहरी दाबी छ । उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।

प्रसाईं भारत पुगेको सूचनालगत्तै प्रहरीका केही अधिकारीले त्यहाँको सहयोगमा उनलाई पक्राउको आन्तरिक तयारी सुरु गरेका छन् । प्रसाईंले भने आइतबार (चैत १७) दिउँसो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको बताएका थिए ।

उनले भिडिओमा आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् । ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईँहरूभन्दा टाढा छैन । म भागेको छैन् । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’

उनले विगतमा आफू भाग्दै भाग्दिन भनेर भनिएका भिडिओहरु भाइरल बनिरहेका बेला उनले आजपनि आफू नभागेको दाबी गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका थिए ।

प्रसाईं भारत पुगेको भए त्यहाँबाट पक्राउ गरेर नेपाल ल्याइहाल्न सहज छैन । प्र्रसाईंलाई पक्राउ गर्नेबारेको निर्देशन शुक्रबार अबेर आउँदा उनी प्रहरीको पन्जाबाट फुत्कन सफल भएका हुन् । उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएको भएपनि दुई दिन भई सक्दा पनि उनको पत्तो लगाउन सकेको छैन । प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको सम्मको सूचना प्रहरीले पाएपछि प्रहरी ललितपुरमा केन्द्रित भइरहदा उनी भारत पुगेको निष्कर्षमा प्रहरी पुगेको छ।

आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई सेतो रङ्गको गाडीले पेल्दै अगाडी बढेको उनी आन्दोलन चर्किँदै गएपछि प्रहरीको घेरा तोड्दै भागेका थिए । त्यसपछि उनी धर्मगुरु पुष्कर खतिवडाको घर पुगे । प्रहरीले गिरफ्तार गर्ने थाहा पाएसँगै फरार रहेका प्रसाईँ खतिवडाको घर ईमाडोलबाट पनि भागेका थिए ।

प्रसाईँको मोबाइलको ट्रेसिङ गर्दा ईमाडोल देखाएको थियो । तर प्रहरीले धर्मगुरु खतिवडालाई पक्राउ गरे पनि प्रसाईँ भने ईमाडोलवाट पनि भाग्न सफल भए । प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।

उनी भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही राति पक्राउ गरेको थियो । मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ । उनीहरूसँगै पक्राउ परेका अरू ४१ जनालाई पनि थुनामा राखेर अनुसन्धान गर्न अदालतले चार दिनको अनुमति दिएको छ ।

राजावादीले राजसंस्था पुनस्र्थापनानिम्ति ‘जनआन्दोलन’ नाम दिएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं तोकिएका थिए । आन्दोलनका संयोजक पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदी तोकिएका छन् । उनलाई समेत प्रहरीले नजरबन्दमा राखेपछि राजसंस्था पुनस्र्थापना समितिको कार्यबहाक संयोजकमा संस्कृतिविद जगमान गुरुङ तोकिएका छन् ।

यसअघि गएको फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा काठमाडौंमा भएको ब्यापक प्रर्दशनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर बोक्ने प्रदीपविक्रम राणा पनि अहिले भारतमै आश्रय लिएर बसेका छन् ।

आफ्नो पछि प्रहरी लागेको भन्दै उनी नेपाल छोडेर भारत आइपुगेको भारतीय संचारमाध्यामसँगको कुराकानीमा बताएका छन् । आदित्यनाथको पोस्टर प्रयोग भएको भन्दै विभिन्न नेताले आलोचना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यसबारे पटक पटक टिप्पणी गरिसकेका छन् । राणाले भने, ‘प्रहरीलाई लाग्छ कि म भारत सरकार र योगी जीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको छु । यसैकारण प्रहरी मेरो पछि लागिरहेको छ र म भारत भाग्नुप¥यो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top