×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

बालेनविरुद्ध ४ कर्मचारी संगठन, निकाले विज्ञप्ति

१७ चैत्र २०८१

१८ चैत, काठमाण्डौ।

महानगरमा लामो समयदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई कर्मचारी संगठनहरुले घेराबन्दीमा पारेका छन् ।

Advertisement
Advertisement

महानगरपालिकाका कर्मचारी संगठनहरुले मेयर बालेनले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारी गर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् ।

अधिकृतलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको भन्दै उनीहरुले ५ दिनभित्र कर्मचारीका माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् ।

कर्मचारीले ५ महिनादेखि तलब नपाएको तर समस्या समाधानमा मेयर गम्भीर नभएको उनीहरुको आरोप छ । उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका हुन् ।

विज्ञप्तिमा स्थानीय तह कर्मचारी यूनियनका अध्यक्ष नरवहादुर साउद,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तम कुमार घले र सफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन् ।

मेयर शाहले प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि अनियमितताको आरोप लगाएर कार्यालय प्रवेशमा रोक लगाएपछि महानगरपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा छ। गुरागाईमाथि छानविन गर्न गठित समितिले उनी दोषी नदेखाए पनि मेयरले अर्को प्रशासकीय अधिकृत मागेका छन् ।

मेयरको इगोका कारण कर्मचारीले तलब नपाएको,पुर्वाधारको काम ठप्प भएको र महानगरको प्रशासकीय काम नभएको भन्दै कर्मचारी संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्तिलाई लिएर सुरु भएको विवाद ३ महिना भन्दा लामो समयदेखि यथावत छ। प्रशासन नै नेतृत्वविहीन हुँदा कर्मचारीले तलब नपाएको प्रति मेयर बालेन्द्र शाह बालेनले तीव्र असन्तुष्टि ब्यक्त गर्दै सरकारलाई चेतावनी दिएपछि विभिन्न कर्मचारी संगठनहरुले भने महानगर नेतृत्वप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

यसअघि स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्ति निकाल्दै तलब अभावमा झण्डै ४ हजार पेशाकर्मीको दैनिकी समस्या पर्दा पनि महानगर नेतृत्व जिम्मेवार र गम्भीर नभएको टिप्पणी गरेका थिए ।

मेयर बालेनको गतिविधि लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सृजना गर्न उद्दत देखिनुले समस्या हल गर्नतर्फ हैन, आ–आफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’

यसअघि महानगरका कर्मचारीले तलब सुविधा नपाएको भन्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएका बालेनलाई नेपाली कांग्रेस समर्थित कर्मचारीहरुले सचेत गराएका थिए भने नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पक्राउ गर्न माग गरेको थियो ।

स्थानीय तह कर्मचारी युनियनले बालेनलाई सामाजिक सञ्जालमा जुहारी नखेल्न आग्रह गरेको छ । गत सोमबार ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष नरबहादुर शाहले यस्तो आग्रह गरेका हुन् ।

बालेनले प्रशासकीय अधिकृत नियुक्त नहुनुमा सरकारलाई दोष दिँदै आएका छन् । पछिल्लो समय मात्रै उनले यस विषयमा सरकारलाई लक्षित गर्दै दुई अभिब्यक्ति सार्वजनिक गरेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध महानगरका कर्मचारीले बनाएको राय प्रतिवेदन मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गुरागाईंलाई भ्रष्टाचारीको संज्ञासमेत दिएका छन् ।

उनले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जालमार्फत सरकारकै दम्भका कारण विगत तीन महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन्

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top