NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने मङ्लबार असार १७ , २०८२
सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ? मङ्लबार असार १७ , २०८२
नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

बालेनविरुद्ध ४ कर्मचारी संगठन, निकाले विज्ञप्ति

सोमवार चैत्र १८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१८ चैत, काठमाण्डौ।

महानगरमा लामो समयदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई कर्मचारी संगठनहरुले घेराबन्दीमा पारेका छन् ।

महानगरपालिकाका कर्मचारी संगठनहरुले मेयर बालेनले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारी गर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् ।

अधिकृतलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको भन्दै उनीहरुले ५ दिनभित्र कर्मचारीका माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् ।

कर्मचारीले ५ महिनादेखि तलब नपाएको तर समस्या समाधानमा मेयर गम्भीर नभएको उनीहरुको आरोप छ । उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका हुन् ।

विज्ञप्तिमा स्थानीय तह कर्मचारी यूनियनका अध्यक्ष नरवहादुर साउद,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तम कुमार घले र सफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन् ।

मेयर शाहले प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि अनियमितताको आरोप लगाएर कार्यालय प्रवेशमा रोक लगाएपछि महानगरपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा छ। गुरागाईमाथि छानविन गर्न गठित समितिले उनी दोषी नदेखाए पनि मेयरले अर्को प्रशासकीय अधिकृत मागेका छन् ।

मेयरको इगोका कारण कर्मचारीले तलब नपाएको,पुर्वाधारको काम ठप्प भएको र महानगरको प्रशासकीय काम नभएको भन्दै कर्मचारी संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्तिलाई लिएर सुरु भएको विवाद ३ महिना भन्दा लामो समयदेखि यथावत छ। प्रशासन नै नेतृत्वविहीन हुँदा कर्मचारीले तलब नपाएको प्रति मेयर बालेन्द्र शाह बालेनले तीव्र असन्तुष्टि ब्यक्त गर्दै सरकारलाई चेतावनी दिएपछि विभिन्न कर्मचारी संगठनहरुले भने महानगर नेतृत्वप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

यसअघि स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्ति निकाल्दै तलब अभावमा झण्डै ४ हजार पेशाकर्मीको दैनिकी समस्या पर्दा पनि महानगर नेतृत्व जिम्मेवार र गम्भीर नभएको टिप्पणी गरेका थिए ।

मेयर बालेनको गतिविधि लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सृजना गर्न उद्दत देखिनुले समस्या हल गर्नतर्फ हैन, आ–आफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’

यसअघि महानगरका कर्मचारीले तलब सुविधा नपाएको भन्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएका बालेनलाई नेपाली कांग्रेस समर्थित कर्मचारीहरुले सचेत गराएका थिए भने नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पक्राउ गर्न माग गरेको थियो ।

स्थानीय तह कर्मचारी युनियनले बालेनलाई सामाजिक सञ्जालमा जुहारी नखेल्न आग्रह गरेको छ । गत सोमबार ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष नरबहादुर शाहले यस्तो आग्रह गरेका हुन् ।

बालेनले प्रशासकीय अधिकृत नियुक्त नहुनुमा सरकारलाई दोष दिँदै आएका छन् । पछिल्लो समय मात्रै उनले यस विषयमा सरकारलाई लक्षित गर्दै दुई अभिब्यक्ति सार्वजनिक गरेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध महानगरका कर्मचारीले बनाएको राय प्रतिवेदन मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गुरागाईंलाई भ्रष्टाचारीको संज्ञासमेत दिएका छन् ।

उनले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जालमार्फत सरकारकै दम्भका कारण विगत तीन महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन्

Tags: #कर्मचारीको घेराबन्दीमा बालेन#बालेनविरुद्ध ४ कर्मचारी संगठन

लोकप्रीय

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन
खेलकुद

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने
आर्थिक

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता
ताजा समाचार

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?
नेपाल टाइम्स स्पेशल

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.