×

NEPAL TIMES UPDATES

Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026

मैदानमा आए रवि,कांग्रेस–एमालेमाथि खनिए, चितवनमा पोल खोल्ने

१७ चैत्र २०८१

१८ चैत, काठमाण्डौ।

सहकारी प्रकरणमा कानूनी लडाइँकै बीच साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछाने घण्टी घरमा प्रवेश गरेसँगै प्रमुख सत्तारुढ दलहरुविरुद्ध खनिएका छन् ।

Advertisement
Advertisement

सहकारी प्रकरणमा जोडिएपछि लामो समय बोल्न समय नआएको भन्दै प्रतिक्षा गर्न अनुरोध गर्दै आएका रविले पार्टी कार्यालयमा पुगेर कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाए ।

नेता कार्यकर्ता र शुभचिन्तकको भिडलाई छिचोल्दै पार्टी केन्द्रीय कार्यालय वनस्थली परिसरमा पुगेका रविले पार्टीको चुनाव चिन्ह घण्टी बजाएपछि राष्ट्रिय झण्डालाई ढोकेर सम्बोधन सुरु गरेका थिए ।

उनले भने , “लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई टुलुटुलु हेर्न सकिनँ र निस्किएँ,” लामिछानेले भने, “चारवटा अदालतमा मुद्दा लगाएर शिरमाथि तरवार झुन्डिएको छ । तरवार झर्छ र काट्छ भने तयार छु, सम्मानित अदालतप्रति मेरो विश्वास छ ।”

उनले रास्वपा बलेको आगो ताप्ने दल नभएको पनि बताए । उनले रास्वपाको गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न पनि आग्रह गरे । “जहाँ आगो बल्छ, त्यही आगो ताप्न जाने मान्छे रवि लामिछाने होइन,” लामिछानेले भने, “गणतन्त्रवादी होइनौँ कि भनेर हिलो छ्याप्न खोज्नुभएको छ । तपाईंहरू गणतन्त्रवादी होइन, लोकतन्त्रवादी होइन, लोकतन्त्र र गणतन्त्रको खोल ओढ्नुभएको छ ।” दुई पार्टीले लोकतन्त्रको खोल ओढेको भन्दै उनले उनीहरूको लाइनमा उभिएर फोटो खिच्न आतुर नरहेको बताए ।

“उनीहरूले लुटतन्त्र मच्चाइरहेका छन् । यसका विरुद्ध लड्ने छौँ मर्नुपरे पनि तयार छौँ,” लामिछानेले भने, “रास्वपा फुटाउन सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन् । म यसबाट बच्नका लागि आह्वान गर्छु ।”

आफूविरुद्धको मुद्दाप्रति आक्रोशित देखिएका उनले अदालतले लिएको धरौटीमा भने प्रश्न गरेनन् । “के चाहिएको यो सरकारलाई,” लामिछानेले प्रश्न गरे । उनले प्रमुख दुई पार्टीको सरकारले प्रतिपक्षविहीन बनाएको पनि बताए ।

रास्वपा भएकै कारण सदनको औचित्य देखिएको उनको तर्क छ । “यो दुईवटा मुख्य पार्टी मिलेर बनेको सरकारले पार लगाउनेवाला छैन,” लामिछानेले भने, “दुईवटा चोर मिलेर साधु हुँदैन ।”

यस्तै पूर्व उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उनले तीनकुने घटनामा गृहप्रशासनको निकै कमजोरी देखिएको बताए । सो घटनामा भएको कमजोरीका कारण गृहमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार नभएको उनले बताए ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले उक्त घटनामा सरकारले आफ्नो लाज छोप्ने प्रयास नगरोस् भन्दै छानबिन हुनुपर्ने पनि माग गरे । पार्टी कार्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले दुईतिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नु नै आफ्नो जित भएको दाबी गरे ।

शनिबार चितवनमा हुने सभामा आफूले राज्यविरुद्ध धेरै खुलासा गर्ने उनले बताए । लामिछानेले सोमबारबाटै सभापतिको जिम्मेवारी बहन गरेका छन् । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लामिछानेलाई जिम्मेवारी फिर्ता गरेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग भएका थिए । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका थिए ।

Advertisement

भर्खरको समाचार

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

सम्बन्धित खबरहरु

Scroll to Top