×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

ट्रम्पको ‘जस्तालाई तस्तै कर’ ले विश्वमा हलचल

१९ चैत्र २०८१

२० चैत ,एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि विश्वभर ‘जस्तालाई तस्तै कर’ लागू गर्ने भएको छ । मंगलबार ह्वाइट हाउसले दिएको जानकारी अनुसार ट्रम्पले बुधबार स्थानीय समयअनुसार दिउँसो ४ बजे रोज गार्डेनमा आयोजित ‘मेक अमेरिका वेल्दी अगेन’ कार्यक्रममा सम्बोधन गर्नेछन् ।

Advertisement

यही कार्यक्रममा उनी ‘रेसिप्रोकल ट्यारिफ’ (जस्तालाई तस्तै कर) को औपचारिक घोषणा गर्नेछन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलीन लेभिटले राष्ट्रपति ट्रम्पले घोषणा गरेसँगै नयाँ कर नीति लागू भइहाल्ने बताइन् ।

‘घोषणा भएको तुरुन्तै नयाँ कर प्रणाली लागू गरिनेछ’ उनले भनिन्, ‘राष्ट्रपति ट्रम्पले अप्रिल २ लाई अमेरिकाको ‘मुक्ति दिवस’ भनी व्याख्या गरेका छन्, र सोही दिन चीन, भारतसहित विभिन्न देशहरूमा नयाँ कर लगाउने तयारी गरेका छन्।’

भन्सार शुल्क भन्नाले कुनै पनि देशले बाहिरबाट आयात गरिने सामानमा लगाउने कर वा शुल्क हो । यो कर सो वस्तु आयात गर्ने कम्पनीहरूले तिर्नुपर्ने हुन्छ । विभिन्न देशहरू शुल्क घटाउने वा बढाउने प्रक्रियामार्फत आपसी व्यापार नियन्त्रण गर्छन् ।

यसबीच अमेरिकाले आफ्नो मित्र भन्दै आएको भारतलाई समेत शतप्रतिशत कर लगाउँदै छ । अमेरिकी संसदको संयुक्त अधिवेशनमा ट्रम्पले भनेका थिए,‘भारतले हामीमाथि १०० प्रतिशत भन्दा बढी शुल्क लगाउँछ, अब हामी पनि त्यस्तै गर्नेछौं ।’

ट्रम्पले यदि कुनै कम्पनीले अमेरिका बाहिर उत्पादन गर्छ भने उसले भन्सार शुल्क तिर्नुपर्ने र केही अवस्थामा यो कर अत्यधिक उच्च हुने स्पष्ट पारेका छन् । उनले थपे, ‘अन्य देशहरूले अमेरिकामाथि वर्षौंदेखि उच्च कर लगाउँदै आएका छन्, तर हामीले भने न्यून शुल्क लगाएका छौँ। अब हामीले पनि जस्तालाई तस्तै जवाफ दिनुपर्छ ।’

उनले हाँस्दै थपे, ‘म यो कर अप्रिल १ बाटै लागू गर्न चाहन्थेँ, तर त्यस दिन ‘अप्रिल फूल’ हुने भएकाले २ तारिख रोजें ।’ ट्रम्पले भारतसहित अन्य देशहरूले अमेरिकी सामानमाथिको कर कटौती गर्न लागेको दाबी गरेका छन् ।

उनका अनुसार, युरोपियन युनियनले आफ्नो भन्सार शुल्क २.५ प्रतिशतले घटाइसकेको छ, र भारत पनि यसलाई घटाउने तयारीमा छ । तर, भारतले यसअघि अमेरिकी दाबीहरू खण्डन गर्दै आएको छ ।

भारतीय वाणिज्य सचिव सुनील बर्थवालले संसदीय समितिलाई जानकारी दिँदै भनेका थिए, ‘अमेरिका र भारतबीच भन्सार शुल्क कटौतीबारे कुनै औपचारिक सहमति भएको छैन।’

यता ट्रम्पको नयाँ भन्सार शुल्क घोषणाको विरोध गर्दै चीन, जापान र दक्षिण कोरिया एकजुट भएका छन् । ती देशहरूले आपसी व्यापार प्रवद्र्धन गर्न स्वतन्त्र व्यापार सम्झौता गर्ने सम्भावना व्यक्त गरेका छन् ।

ट्रम्पले आज गर्ने घोषणाले विश्व व्यापारमा के प्रभाव पार्नेछ भन्नेबारे विश्लेषकहरू सतर्क रहेका छन् । विशेष गरी, भारत–अमेरिका व्यापार सम्बन्धमा यसको दीर्घकालीन असर पर्ने अनुमान गरिएको छ ।

यस्तै युरोपेली सङ्घ (ईयू) की प्रमुख उर्सुला भन डेर लेयनले आवश्यक भएमा अमेरिकी करको बदला लिने योजना ईयूसँग रहेको बताएकी छन् । लेयनले यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ईयूले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताएको एएफपीले जनाएको छ।

युरोपेली संसद्को सत्रमा ईयू प्रमुख लेयनले आफूहरू वार्ताका लागि खुला रहेको तर आवश्यक परेमा बदला लिने आफूहरूको बलियो योजना रहेको बताइन् । ईयूले २७–देश ब्लकको व्यापार नीतिको नेतृत्व गर्दछ र व्यापार युद्धबाट बच्न अमेरिकासँग छलफलमा जोड दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक कर रणनीतिले विश्वव्यापी व्यापार युद्धको डर बढाइरहेको छ । चीन, क्यानडा र ईयूजस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रियाको जोखिम उत्पन्न गर्दैछ ।

जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि ईयू अटो आयातमा २५ प्रतिशत करसहित धेरै अमेरिकी कर घोषणाद्वारा प्रभावित भइसकेको छ । यता जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पनि अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि झन्डै एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् ।

साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । जापान अमेरिकाको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । जापानी कम्पनीहरू अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र झन्डै १० प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top