NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

तीनकुने घटनाको जिम्मा गृहमन्त्रीले नलिने, संविधान उल्ट्याउने डर

शुक्रबार चैत्र २२ , २०८१
Reading Time: 1 min read
A A
राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ चैत , काठमाण्डौ।

गएको चैत १५को काठमाडौंको तीनकुनेको राजावादीहरुको प्रर्दशनपछि भएको तोडफोड, आगजनी र प्रर्दशनकै क्रममा दुई जनाको ज्यान गएपछि गृहमन्त्रीको राजीनामा माग भइरहेको अवस्थामा गृहमन्त्री रमेश लेखकले भने राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको बताएका छन्।

शुक्रबार संसद्को राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री लेखकले सत्ताधारीहरुलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यबाट भन्दा पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका हुन्।

LS Auto

‘ज्ञानेन्द्र शाहको फागुन ७ को अभिव्यक्ति र २५ गतेको प्रदर्शनले पनि त्यसको संकेत गरेको थियो,’ गृहमन्त्री लेखकले भने, ‘आन्दोलनको नेतृत्व गरिरहेका लिडरहरुका अभिव्यक्तिले पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको पुष्टि हुन्छ।’

उनले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको विषयमा आफूले संसद्लाई जानकारी गराउने तयारी गर्दागर्दै संसद् बैठक अन्त्य भएको उनले बताए। ‘तीनकुने क्षेत्रमा राजावादीको हिंसात्मक प्रदर्शनको घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसद्लाई केही जानकारी गराइसक्नु भएको छ,’ उनले भने, ‘मैले पनि यस विषयमा प्रतिनिधिसभालाई जानकारी गराउने तयारी गरेको थिएँ। तर, सांसद दीपक बोहारोका निधन भएको कारण संसद्को अन्तिम बैठक शोक प्रस्ताव पारित भएर अन्त्य भयो। तीनकुने घटनाको सम्बन्धमा मैले संसद्मा बोल्न पाइँन।’

उनले चैत १५ गते काठमाडौँका दुई ठाउँमा प्रदर्शन भएको भन्दै समाजवादी मोर्चाले भृकुटीमण्डप मा गरेको प्रदर्शनको प्रशंसा गरे। ‘माओवादीसहितको समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रम सभ्य र भव्य थियो। त्यहाँ विचार प्रस्तुति भयो। सरकारको आलोचना गर्न पाइन्छ। त्यो कार्यक्रममा मोर्चाका नेताहरुले सरकारको आलोचना गर्नुभयो, त्यसको हामी सम्मान गर्छौँ। समाजवादी मोर्चालाई धन्यवाद छ,’ गृहमन्त्री लेखकले भने, ‘तर, तीनकुनेको कार्यक्रम समाजवादी मोर्चाको भन्दा विपरित थियो। हिंसात्मक, उच्छृंखल, अमानवीय र अमर्यादित थियो त्यो कार्यक्रम।’ उनले राजावादीको आमानवीय प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र स्वास्थ्य लाभको कामना गर्दै घाइते सबैको निःशुल्क उपचार गरिने बताए। ‘मृतक दुईजनाका आश्रित परिवारलाई १० लाखका दरले राहत दिने निर्णय सरकारले गरिसकेको छ,’ गृहमन्त्री लेखकले भनेका छन् ।

उनले राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको पनि बताए । त्यस दिनको घटनाबारे जवाफ दिँदै उनले निषेधित क्षेत्र तोड्दै संसद भवन छिर्न उक्साउने, घरमा मान्छे भनेर थाहा हुँदै गर्दा आगो लगाउने, दमकललाई छेक्ने, पार्टी कार्यालय र नेताको घर तोडफोड गर्ने र ढुंगा हान्नेसम्मका काम भएको बताए ।

लेखकले भने, ‘संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु । नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौं ?’

उनले हिंसात्मक गतिविधिलाई लुकाउन मञ्चमा टियर ग्यास फालिएको भन्दै गलत प्रचार गरिएको जिकिर गरे । उनले भनेका छन्, गोली चलाउदाँ सविन महर्जन घाइते, शिक्षण अस्पतालमा निधन भएको घोषणा भयो ।

प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरीतर्फ २४ जना र सर्वसाधारणतर्फ ५४ जना घाइते, ५८ भवनमा तोडफोड तथा आगाजानी, १३९ जना वटा सवारी साधनमा क्षति पु¥याइएको छ । सरकारका तर्फबाट गृहमन्त्रीले यस्तो दाबी गरिरहदा तीनकुने घटनाको न्यायिक छानविन गर्नुपर्ने माघ सत्तारुढ दलहरु भित्रै बाट उठेको छ ।

नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शहार्म गगन थापासहित डा. सुनिल शर्माले यो घटनाको न्यायिक छानविन गर्न माग गरेका छन् । सांसद शर्माले त तीनकुने घटना सरकारले नै बिथोलेको आरोप लगाएका छन् ।

यो घटनालाई लिएर राजावादी शक्ति राप्रपाले लिखित रुपमै गृहमन्त्रीको राजीनामा माग गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समृत गृहमन्त्रीले पदको जिम्मेवारी सम्हाल्न नसकेको भन्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

Tags: #तीनकुने घटना#बोले गृहमन्त्री#तीनकुने घटनाको जिम्मा गृहमन्त्रीले नलिने

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.