×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ओली र मोदी बीचको मौनता जब बैंककमा तोडियो

२१ चैत्र २०८१

२२ चैत ,काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको बहुप्रतिक्षित भेटवार्ता थाइल्याण्डको राजधानी बैंककमा भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेट भएको हो।

Advertisement
Advertisement

भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन वार्ताका रूपमा ओली र मोदीबीच भेट भएको हो ।

भेट बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा भएको हो। यो त्यही होटल हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बसेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भने ब्यांककस्थित सांग्रिला होटलमा बसेको छ।

मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ। गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले २० गते त्यहाँका समकक्षी पे थोङ थान् शिनावातसँग द्विपक्षीय औपचारिक वार्ता गरेका थिए।

बिहीबार बिहान व्यवसायीहरूको टोलीसँग भेटेका उनले दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा सम्बोधन गरे। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोजित रात्रिभोजमा सहभागी भए।

आज बिमस्टेक सम्मेलनमा सहभागी र सम्बोधन गरे। यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो।

नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले उनलाई भ्रमणको निम्तो पनि दिएका थिए। अहिलेसम्म न मोदीलाई नेपाल भ्रमण गराउने प्रयास सफल भएको छ न त ओलीले भारत भ्रमणको निम्तो पाएका छन्।

यसबीचमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तीनपटक भारत गइसकेकी छन्। दुई प्रधानमन्त्रीबीचको ‘चिसोपना’ मेटाउन राणाका यी भ्रमण फलदायी हुन सकिरहेका छैनन्।
नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ ।

तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए ।

ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीको भेटलाई बहुप्रतिक्षित भेटघाटका रूपमा हेरिएको थियो ।

प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ताको अवसर पाएका थिए । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको हो ।

Advertisement

त्यसपछि ओली र मोदी बिम्स्टेकको मञ्चमा भेटेका हुन् । भारतीय प्रधानमन्त्री मोदी भने हिजो बिहीबार मात्र बैंकक पुगेका हुन्। उनी आजै श्रीलंका भ्रमणमा जादै छन् । बैककमा यसअघि प्रधानमन्त्री ओलीले बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलंकाका समकक्षी एवं उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top