NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ? बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके

आइतवार चैत्र २४ , २०८१
Reading Time: 1 min read
A A
शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ चैत , काठमाण्डौ।

केही दिनदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंका सडकहरुमा प्रदर्शन जारी राखेको शिक्षक महासंघले अब शैक्षिक हडताल नै घोषणा गरेको छ । आउँदो २५ चैतदेखि शैक्षिक हडतालको घोषणा गरिएको छ ।

महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । तर, सरकारले सुनुवाइ गर्न आलटाल गरेसँगै महासंघले हडताल घोषणा गरेको हो । महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।

LS Auto

यो अवधिमा एसईईका उत्तर पुस्तिका परीक्षणसमेत नहुने भएको छ, जसका कारण एसईईको परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ । आज पनि शिक्षकहरुले सिठी जुलुस निकालेका छन् । उनीहरुले काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । आन्दोलनका क्रममा समूह–समूह बनाएर गीत गाउनेदेखि माइकमा भाषण ठोक्नेसम्मका गतिविधि उनीहरुले गरिरहेका छन् ।

२०७५, २०७८ र २०८० मा भएका सहमति सम्बोधन हुने गरी यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकको छ । राहत, साबिक उच्च माध्यमिक, शिक्षण सिकाइ अनुदान, प्राविधिलगायत सबै अस्थायी शिक्षकको दरबन्दी कायम गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने र स्थायी हुन नसके ‘गोल्डेन ह्यान्डसेक’ दिइनुपर्ने माग छ ।

त्यस्तै, हरेक १० वर्षमा शिक्षक बढुवाको व्यवस्था गर्नुपर्ने, निजी विद्यालयका शिक्षकको तलब सामुदायिक विद्यालयका शिक्षकको सरह हुनुपर्ने, शिक्षण पेसा प्रवेश उमेर ४० वर्ष कायम गर्नुपर्ने, शिक्षकका लागि राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्नुपर्ने माग पनि छ ।

शिक्षकलाई अध्ययनमा आर्थिक सहयोगको व्यवस्था, मासिक तलब तथा शिक्षक अस्पताल स्थापनाको विषय पनि शिक्षकले उठाउँदै आएका छन् । शिक्षण पेसामा जुन हदसम्मको त्याग र समर्पण हुन्छ, सोहीअनुसार पेसागत हकहित, आर्थिक सुरक्षा, वृत्ति विकासका अवसर छैनन् ।

त्यसैले शिक्षकले ऐनमै आफ्ना पेसागत हकहितका विषयलाई सुनिश्चित गर्न खोज्नु स्वाभाविक छ । यसअघि नै भइसकेका सहमतिमा टेकेर विद्यालय शिक्षा विधेयक पारित गरिनुपर्ने शिक्षकहरूको माग छ । विधेयक भने यति बेला प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ ।

विधेयक विचाराधीन रहेको र शिक्षकको आन्दोलन जारी रहेको अवस्थामा शिक्षकका माग स्वतः बहसको विषय हो । तर कक्षाकोठा छाडेर सडकसम्म आइपुगेका शिक्षकको माग तत्कालै सम्बोधन हुन नसकेको र शिक्षक प्रतिनिधिले सरकारसँग वार्तामा बस्न पनि अस्वीकार गरेका कारण आन्दोलन कतिन्जेल लम्बिने हो भन्ने निश्चित छैन ।

यद्यपि हिजोमात्रै थाइल्याण्डबाट फर्किनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले शिक्षकहरू अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद पनि दिएका छन् ।

तर प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएको भोलीपल्टै शिक्षक महासंघले शैक्षिक हडताल घोषणा गरेको हो । यसबीच नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सडकमा उत्रिएका शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले सरकारको ध्यानाकर्षण गराउँदै शिक्षकहरूलाई काममा फर्किने वातावरण बनाउन भनेका हुन् । ‘सरकार र महासंघ (नेपाल शिक्षक महासंघ) बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा. कोइरालाले भनेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षकहरूको मागलाई उपेक्षा गरेर सरकारले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् । शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै गुरुङले संसद्बाट विधेयक पारित गरी ऐन बनाउनुपर्नेमा चालु अधिवेशन बन्द गरी सरकारले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् ।

आन्दोलनरत शिक्षकहरूसँग अविलम्ब वार्ता गरी सदनमा विचाराधीन विधेयकबारे कहिलेसम्म सदन बोलाएर पारित गर्ने भन्नेबारे एउटा प्रतिबद्धता जाहेर गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

वास्तवमा शिक्षकले उठाएका मागलाई दुई कोणबाट केलाउन सकिन्छ । पहिलो, उनीहरूको पेसागत हकहितका विषय । समय सान्दर्भिक, अन्य पेसासँगको तुलनामा यथोचित र राज्यको क्षमताले सम्बोधन गर्ने पेसागत हकहितका माग पूरा हुनुपर्छ ।

त्यसमा अन्यथा छैन, हुनु हुँदैन । यस क्रममा पुराना पुस्ताका शिक्षकको सम्मान हुनेदेखि नयाँ पुस्ताको प्रवेशलाई सहज बनाउने बाटोलाई फराकिलो बनाउने सवालमा भने सरकार र शिक्षक दुवै संवेदनशील बन्नुपर्छ । दोस्रो, राजनीतिक उद्देश्यप्रेरित माग । अहिले पनि स्थानीय तह मातहत नबस्ने शिक्षकहरूको ‘अदृश्य तर प्रमुख माग’ रहेको छ ।

उनीहरूको मागमा शिक्षकलाई विभागीय कारबाही गर्न जिल्ला, प्रदेश र संघका कार्यालयको कार्यविभाजन हुने व्यवस्था, शिक्षकको कार्यसम्पादन मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाइ र प्रादेशिक कार्यालयबाट गर्ने व्यवस्था, शिक्षकको सरुवा पालिका, जिल्ला र प्रदेश तहबाट गर्ने मापदण्ड बनाउने उल्लेख छ ।

उनीहरूले स्थानीय तहको अस्तित्वलाई नै अस्वीकार गर्न खोजेको जस्तो देखिन्छ । विधेयक द्रुत गतिमा अघि बढेको भए र शिक्षकले उठाउँदै आएका पेसागत हकहितका विषयलाई समेट्न सकिएको भए अहिले शिक्षकको आन्दोलन ननिम्तिन सक्थ्यो ।

जुनसुकै क्षेत्रका विधेयकलाई पनि तार्किक कारणबिनै अल्झाउने प्रवृत्ति अन्त्य गर्ने सवालमा सरकार र संसद् संवेदनशील बन्नुपर्छ । शिक्षकले विकल्प दिएजस्तो दुई÷चार दिनमै संसद् अधिवेशन डाकिहाल्न वा सदनमा विचाराधीन विधेयकलाई फिर्ता लिएर विद्यालय शिक्षासम्बन्धी अध्यादेश जारी गरिहाल्न प्राविधिक रूपमा असम्भव नै त छैन तर व्यावहारिक भने देखिँदैन ।

यद्यपि, सरकारले आवश्यकता महसुस ग¥यो भने दुईमध्ये एउटा विकल्प प्रयोग गर्न सक्ने छ । मुख्य विषयचाहिँ, शिक्षकका पेसागत हकहितका विषय र विगतमा गरेका संविधानसम्मत सहमतिप्रति राज्य इमानदार हुनुपर्छ । आफ्नो इमानदारिताप्रति शिक्षकलाई आश्वस्त बनाउन सक्नुपर्छ ।

यता शिक्षकहरुको आन्दोलनकैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियान योजना बनाउँदै छ । तर भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् ।

शिक्षकहरूको आन्दोलन जारी रहे नयाँ भर्ना अभियान समेत प्रभावित हुने भएको छ । केन्द्रले भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक, प्रारम्भिक बालविकास, छात्रवृत्ति लगायतका योजना बनाएको छ ।

तर विद्यालयबाट विद्यार्थीलाई वितरण गर्न शिक्षक नै सडक आन्दोलनमा छन् । यद्यपि भर्ना अभियान सुरु हुनुअघि शिक्षकसँग सहमति हुने विश्वास केन्द्रको छ । शिक्षक महासंघले भने चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा नै गरेको छ । यदि वैशाखअघि सहमति नभए ७० लाख बढी बालबालिकाको पढाइ प्रभावित हुनेछ ।

Tags: #शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके#शिक्षा ऐन जारी

लोकप्रीय

ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२

विचार

ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.