NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

पासाङ पुन पार्टीको उपाध्यक्ष, विद्या भण्डारी कहिले ?

सोमवार चैत्र २५ , २०८१
Reading Time: 1 min read
A A
पासाङ पुन पार्टीको उपाध्यक्ष, विद्या भण्डारी कहिले ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ चैत , काठमाण्डौ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पार्टी राजनीतिमा औपचारिक रुपमै फर्किएका छन् । उनी नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनित भएका छन् । १८ र १९ चैतमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष पदमा मनोनित गरेको हो ।

दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लो पटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै चाहनाअनुसार पासाङ पार्टी राजनीतिमा फर्केको बताइन्छ ।

सात वर्षसम्म उपराष्ट्रपति भएर पदावधि सकिएपछि दहचोकस्थित निवासमा आराम गरिरहेका उनी प्रचण्डको आग्रहपछि पार्टी राजनीतिमा सक्रिय हुने निर्णयमा पुगेको बताउँछन्। हुन त पासाङ आफैँ पनि उपराष्ट्रपतिको कार्यकाल पूरा भएपछि सक्रिय राजनीतिमा आउन चाहेका थिए ।

पछिल्लो समयमा माओवादीमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा मिलेर अप्ठेरोमा पार्न थालेपछि प्रचण्डले पासाङलाई अघि बढाएको बुझ्न सकिन्छ । पासाङ २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए ।

पासाङले २०४८ सालदेखि एकता केन्द्रबाट पूर्णकालीन भएर राजनीति सुरु गरेका थिए । एकता केन्द्रको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा, सन्तोष बुढामगर, करुण, प्रताप र पासाङसहितको पाँच सदस्यीय जिल्ला समिति बन्यो ।

पासाङ ‘जनयुद्ध’को तयारी गर्दा वाईसीएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक भएका थिए । पासाङले ’जनयुद्ध’मा माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमान्डर, ब्रिगेड कमान्डर, डिभिजन कमान्डर, डेपुटी कमान्डर र जनसेना प्रमुख भएर काम गरे ।

उनी माओवादी पार्टीमा जिल्ला सदस्य, क्षेत्रीय ब्युरो सदस्य, दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, पोलिटब्युरोहुँदै स्थायी समिति सदस्यसम्म बनेका थिए । माओवादीको पार्टी विधान अनुसार पदाधिकारी हुन स्थायी कमिटी सदस्य अनिवार्य भएपछि पछिल्लो पटक उनलाई पहिला स्थायी कमिटी सदस्य बनाएपछि उपाध्यक्षमा मनोनित गरिएको हो।

पुनलाई सक्रिय जिम्मेवारी समेत दिने तयारी अध्यक्ष प्रचण्डले गरेका छन् । माओवादी केन्द्र र सार्वजनिक रुपमा राज्यको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु स्वभाविक नहुने भन्दै आलोचना भइरहेका बेला उनलाई माओवादीले उपाध्यक्ष नै बनाएको हो ।

उता पूर्व राष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छन् । भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारी स्वरूप एमालेको पार्टी सदस्यता गत वैशाखमा नवीकरण गरेकी थिइन् ।

त्यसयता हुने सक्रिय राजनीतिमा फर्कनका लागि विभिन्न प्रदेश तहको भ्रमण गर्दै त्यहाँका नेता कार्यकर्तासँग भेटघाट र अन्तरक्रियामा व्यस्त छिन् । पुनको सक्रिय राजनीतिमा फर्कने निर्णयले भण्डारीलाई एमालेको राजनीतिमा फर्कने थप सहज भएको छ ।

यससंगै नेपालमा अहिलेसम्म उपराष्ट्रपति पार्टीको उपाध्यक्षमा फर्किएको र प्रधानन्यायाधीस एकै पटक मन्त्रीपरिषद्को प्रमुख पनि बनेको इतिहास बनेको छ । विभिन्न मुलुकहरुमा राष्ट्रपति प्रधानमन्त्रीमा फर्किएको र प्रधानमन्त्री दोहोर्याएर राष्ट्रपति बन्ने गरेका अभ्यास छन् ।

यसैबीच नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशुकमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेल, गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन् ।

यस्तै उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटा, सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा तथा सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई पनि प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालयको सदस्यमा झरेका छन् । बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ ।

Tags: #पासाङ पुन पार्टीको उपाध्यक्ष#पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन#पूर्वउपराष्ट्रपति पार्टी राजनीतिमा#पूर्वउपराष्ट्रपति पुन माओवादीको उपाध्यक्ष

लोकप्रीय

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२

विचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.