×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

भारतीय शेयर बजार क्र्यास, लगानीकर्ताको अर्बौं स्वाहा

२४ चैत्र २०८१

२५ चैत , एजेन्सी ।

डोनाल्ड ट्रम्पद्वारा ट्यारिफ घोषणा गरिएपछि विश्वभरको शेयर र तेल बजारमा खैलाबैला मच्चिएको छ । ट्यारिफका कारण शेयर बजारमा क्र्यास भएको छ भने कच्चा तेलको भाउ ह्वात्तै घटेको छ ।

यसक्रममा भारतीय सेयर बजारमा ऐतिहासिक गिरावट देखिएको छ । निफ्टी ११०० अंकले घटेर २१ हजार ८०० को स्तरमा पुग्यो भने, सेन्सेक्स ३३०० अंकभन्दा धेरैले घटेर करिब ७१ हजार ९०० को आसपास कारोबार गर्दै थियो ।

बैंक निफ्टीमा करिब २००० अंकको गिरावट आयो । निफ्टी मिडक्याप १०० इन्डेक्स ३४०० अंकले घटेर करिब ४७ हजार २४९ मा कारोबार गर्दै थियो। इण्डिया भीआइएक्स सूचकांक ५६% माथि उक्लिएको थियो ।

अघिल्लो क्लोजिङको तुलनामा आजको ओपनिङ हेर्दा सेन्सेक्स ३९१५ अंकले घटेर ७१ हजार ४४९ मा खुलेको थियो । निफ्टी ११४६ अंकले घटेर २१ ह्जार ७५८ मा खुलेको थियो। बैंक निफ्टी २१६६ अंकले घटेर ४९ हजार ३३६ मा खुलेको थियो भने रुपैयाँ ५० पैसा कमजोर भई ८५.७४ प्रति डलरमा खुलेको थियो ।

निफ्टी ५० का सबै सेयरहरू रातो निशानमा थिए । ओपनिङमा भारती एयरटेल मात्र हरियो निशानमा कारोबार गरिरहेको सेयर थियो, तर पछि त्यो पनि रातो निशानमा झर्यो। सबैभन्दा बढी गिरावट टाटा समूहका सेयरहरूमा देखियो ।

टाटा स्टील, ट्रेन्ट– टाटा मोटर्स निफ्टीका शीर्ष घाटा बेहोर्ने सेयरहरू थिए । उता अमेरिकी बजारहरू नै लगातार तीन दिनदेखि भारी गिरावटको चपेटामा छन् । अमेरिका हुँदै एसियाली बजारहरूमा पनि गिरावट देखिएको हो ।

जीआईएफटी निफ्टी ९०० अंकले घटेर २२ हजार १०० को तल पुगेको थियो भने निक्केई ६% घटेर २३०० अंकले ओरालो लागेको थियो । चौतर्फी बिक्रीका कारण अमेरिकी बजारमा व्यापक खैलाबैला मच्चिएको हो ।

शुक्रबार ५ वर्षको सबैभन्दा ठूलो गिरावटसँगै ६ महिनाको न्यूनतम स्तरमा बजार बन्द भएका थिए । डाओ २२५० अंकले र नास्डाक करिब १००० अंकले झरेका थिए । विदेशी संस्थागत लगानीकर्ताहरूले नगद बजारमा लगातार पाँचौं दिन सेयर बेचेका छन् ।

शुक्रबार फिस (एफआईआईएस)ले नगद, इन्डेक्स र स्टक फ्युचर्समा गरी करिब ९ हजार ५२५ करोड रुपैयाँको बिक्री गरेका थिए, भने घरेलु फन्डहरूले १७२० करोड रुपैयाँका सेयर बेचेका थिए ।

व्यापार युद्धको असरले अमेरिकी फ्युचर्स पनि ओरालो लागेका छन् । डाओ फ्युचर्स १२०० अंकले र नास्डाक फ्युचर्स ८०० अंकले घटेका थिए । एस एण्ड पी फ्युचर्स ४% घटेर ५ हजार तल पुगेको थियो ।

यसबीच विश्वभरका लगानीकर्ता ट्रम्पको कदमबाट भयभीत छन् । अर्थशास्त्री र बजार विश्लेषकहरूले विश्व अर्थतन्त्र नै मन्दीमा धकेलिने चेतावनी दिइरहेका छन् । यसैबीच ट्रम्पले सेयर बजारमा देखिएको त्रासप्रति टिप्पणी गरेका छन् ।

‘म केही पनि बिग्रियोस् भन्ने चाहन्न, तर कहिलेकाहीँ चीजहरू ठिक गर्न औषधि खानुपर्छ,’ उनले मिडियालाई भने । ट्रम्पले चीन, पाकिस्तान, भारत लगायत विश्वभरका व्यापार साझेदार मुलुकबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेपछि सेयर बजार चौपट भएको छ ।

तर, आफ्नो यस कदमबाट अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको दाबी ट्रम्पको छ । आफ्नो यो नीतिका कारण संसारले चाँडै नै अमेरिकालाई नराम्रो व्यवहार गर्न बन्द गर्ने दाबी उनले गर्दै आएका छन् ।

ट्रम्पको ट्यारिफ घोषणाको जवाफमा चीनले प्रतिक्रिया दिँदै १० अप्रिलदेखि सबै अमेरिकी उत्पादनहरूमा ३४% अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेको छ । ट्रम्पले यसलाई “घबराहटपूर्ण निर्णय“ भनेका छन् । शनिबारदेखि सबै देशमा १०% को बेसलाइन ट्यारिफ लागू गरिएको छ ।

अर्काेतर्फ भन्सार दरका कारण विश्वको पेट्रोलियम बजार पनि तरंगित बनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६० अमेरिकी डलरमा आएको छ । सोमबार डब्ल्यूटीआई क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ६०.६४ डलर कायम भएको छ ।

यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६४.१७ र मेरवान क्रुडमा ब्यारेलको ६६ डलरमा कच्चा तेलको कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ । नयाँ भन्सार दर लागु भएपछि यो हप्ता तेलको मूल्य १० प्रतिशतभन्दा बढी घटेको छ ।

विश्वव्यापी तेलको मूल्यमा एकैदिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । ट्रम्पको नयाँ भन्सार दरले विश्वभर ठूलो व्यापार युद्ध आउने भएपछि यसको असर कच्चा तेलको मागमा परेको बताइएको छ ।

अमेरिकाले तेल बेच्न थालेपछि विश्वबजारमा पेट्रोलियम पदार्थको भाउ अझ घट्ने देखिएको छ । यसको असर तेल उत्पादक तथा निर्यातक मुलुकको संगठन (ओपेक)लाई पर्ने देखिएको छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको भाउ अकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि यसको असर नेपाली बजारमा पर्ने भएको छ । नेपालमा पनि अब पेट्रोलियम पदार्थ अझै सस्तो हुने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top