×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

अमेरिकालाई ट्यारिफको जवाफ चीनले ट्रेनले दियो

२ बैशाख २०८२

२ वैशाख , एजेन्सी ।

चीन र अमेरिकाबीच चलिरहेको ट्रेड वार अब सोशल मीडिया वारमा पनि विस्तार भएको छ । डोनाल्ड ट्रंपले चीनमाथि कुल १४५ प्रतिशतको ट्यारिफ गत सातामात्रै लगाएका छन। चीनले पनि अमेरिकामाथि १२५ प्रतिशतसम्म शुल्क बढाउने बताएको छ ।

Advertisement
Advertisement

यसपछि दुवै देशबीच तनाव बढिरहेको छ । ट्रंप र शी जिनपिंग, दुवै नै एकअर्कालाई घुँडा टेकाउन बाध्य पार्ने अडानमा छन् । तर कोही पनि पछाडी सर्न तयार छैनन । यसबीच, चीनले सोशल मीडियालाई हतियार बनाएर अमेरिकाको मजाक उडाउन सुरु गरेको छ ।

ट्रंपले दाबी गरेका छन् कि ट्यारिफले अमेरिकामा कारखानाहरु फस्टाउने छ तर चीनले यसको जवाफ एक तीखो एआई भीडियोले दिएको छ । यो भीडियोमा मोटोपनले ग्रस्त अमेरिकी पुरुष र महिलाहरु सिलाई मेशीन चलाइरहेका देखिन्छ, जसको माध्यमले चीनले अमेरिकीहरुको स्वास्थप्रति कटाक्ष गरेको हो ।

अमेरिकामा रहेको चिनियाँ दूतावासले आफनो फेसबुक अकाउंटबाट यस्ता कटाक्षहरु भरिएको पोस्टहरु लगातार हालिरहेको छ । जसमा उसले आफ्नो बुलेट ट्रेनको पनि तस्बीर राखेको छ । खासमा चीन आफ्नो रेलवे सिस्टमको तुलना अमेरिकासंग गरिरहेको छ ।

जसमा उसले देखाइरहेको छ कि उसको रेलवे नेटवर्क धेरै राम्रो छ । आइतबार चीनले फेसबुकमा एक फोटो शेयर गर्यो । जसमा चीनले माथि आफ्नो रेल नेटवर्क देखाएको छ, जसमा कयौ बुलेट ट्रेन रहेका छन् ।

यो तस्वीरको तलपट्टि भने अमेरिकाको एक ट्रेन देखाएको छ, जसको इंजिन निकै पुरानो छ । यसको अलावा, कयौं पोस्टमा न्यूयोर्कको बदनाम सबवे सिस्टमलाई निशाना बनाइएको छ, जुन अहिले अपराध र अव्यवस्थाको पर्याय बनेका छन् ।

नशामा धुत भएका मानिसहरु र गैर जिम्मेवार हर्कतहरु त्यहाँ सामान्य कुरा बन्दै गएका छन् । यी पोस्टका माध्यमले चीनले आफ्नो रेल नेटवर्कको भव्यता देखाएको हो । आमरुपमा रेल नेटवर्कको मामिलामा चीनलाई अमेरिकाभन्दा राम्रो मानिन्छ ।

खासरुपले हाई स्पीड रेलवेका मामिलामा । चीनसंग विश्वको सबैभन्दा ठूलो हाई स्पीड रेल नेटवर्क छ, जसमा चिनियाँ सरकारले नै भारी लगानी गरेको छ । यता अमेरिकाको रेल नेटवर्क भने यस्तो छैन ।

अमेरिकाको रेलवे नेटवर्क यात्रिहरुका लागि सीमित छ । अमेरिकाको रेलवे धेरैजसो मालसामान ढुवानीमा केन्द्रित छ । यो मामिलामा भने सबैभन्दा राम्रो मानिन्छ । जुन अमेरिकी अर्थव्यवस्थाका लागि पनि महत्वपूर्ण छन् ।

कयौं प्राइभेट कम्पनीहरुले पनि यसलाई संचालन गर्छन् । सोशल मीडियामा मात्रै होइन, चीन अमेरिकाविरुद्ध जमीनमा पनि मोर्चा खोलेको छ । राष्ट्रपति शी जिनपिंगले भियतनामको भूमीबाट अमेरिकी नीतिहरुलाई दादागिरी भएको बताएका छन ।

उनले यसको विरुद्ध विश्वलाई एकजुट हुन पनि आह्वान गरेका छन् । आफनो यात्राका क्रममा सोमवार भियतनामका साथ ४५ सम्झौताहरुमा हस्ताक्षर गरेर चीनले न सिर्फ आफ्नो शक्ति देखायो बरु अमेरिकालाई स्पष्ट संदेश पनि दिएको छ कि चीन एक्लै छैन ।

यी सम्झौताहरुमा सप्लाई चेन, रेलवे प्रोजेक्ट, आर्टिफिशियल इंटेलिजेंस र समुद्री गश्ती जस्ता ठूला मुद्दाहरु पनि सामेल छन् । सीले भियतनामसंग भने कि दुवै देशहरुले मिलेर अमेरिकी एकतर्फी धम्कीहरुको मुकाबला गर्नेछन् । अमेरिकाले भियतनाममाथि पनि ४६% ट्यारिफ लगाएको छ ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top