२ वैशाख , एजेन्सी ।
चीन र अमेरिकाबीच चलिरहेको ट्रेड वार अब सोशल मीडिया वारमा पनि विस्तार भएको छ । डोनाल्ड ट्रंपले चीनमाथि कुल १४५ प्रतिशतको ट्यारिफ गत सातामात्रै लगाएका छन। चीनले पनि अमेरिकामाथि १२५ प्रतिशतसम्म शुल्क बढाउने बताएको छ ।
यसपछि दुवै देशबीच तनाव बढिरहेको छ । ट्रंप र शी जिनपिंग, दुवै नै एकअर्कालाई घुँडा टेकाउन बाध्य पार्ने अडानमा छन् । तर कोही पनि पछाडी सर्न तयार छैनन । यसबीच, चीनले सोशल मीडियालाई हतियार बनाएर अमेरिकाको मजाक उडाउन सुरु गरेको छ ।
ट्रंपले दाबी गरेका छन् कि ट्यारिफले अमेरिकामा कारखानाहरु फस्टाउने छ तर चीनले यसको जवाफ एक तीखो एआई भीडियोले दिएको छ । यो भीडियोमा मोटोपनले ग्रस्त अमेरिकी पुरुष र महिलाहरु सिलाई मेशीन चलाइरहेका देखिन्छ, जसको माध्यमले चीनले अमेरिकीहरुको स्वास्थप्रति कटाक्ष गरेको हो ।
अमेरिकामा रहेको चिनियाँ दूतावासले आफनो फेसबुक अकाउंटबाट यस्ता कटाक्षहरु भरिएको पोस्टहरु लगातार हालिरहेको छ । जसमा उसले आफ्नो बुलेट ट्रेनको पनि तस्बीर राखेको छ । खासमा चीन आफ्नो रेलवे सिस्टमको तुलना अमेरिकासंग गरिरहेको छ ।
जसमा उसले देखाइरहेको छ कि उसको रेलवे नेटवर्क धेरै राम्रो छ । आइतबार चीनले फेसबुकमा एक फोटो शेयर गर्यो । जसमा चीनले माथि आफ्नो रेल नेटवर्क देखाएको छ, जसमा कयौ बुलेट ट्रेन रहेका छन् ।
यो तस्वीरको तलपट्टि भने अमेरिकाको एक ट्रेन देखाएको छ, जसको इंजिन निकै पुरानो छ । यसको अलावा, कयौं पोस्टमा न्यूयोर्कको बदनाम सबवे सिस्टमलाई निशाना बनाइएको छ, जुन अहिले अपराध र अव्यवस्थाको पर्याय बनेका छन् ।
नशामा धुत भएका मानिसहरु र गैर जिम्मेवार हर्कतहरु त्यहाँ सामान्य कुरा बन्दै गएका छन् । यी पोस्टका माध्यमले चीनले आफ्नो रेल नेटवर्कको भव्यता देखाएको हो । आमरुपमा रेल नेटवर्कको मामिलामा चीनलाई अमेरिकाभन्दा राम्रो मानिन्छ ।
खासरुपले हाई स्पीड रेलवेका मामिलामा । चीनसंग विश्वको सबैभन्दा ठूलो हाई स्पीड रेल नेटवर्क छ, जसमा चिनियाँ सरकारले नै भारी लगानी गरेको छ । यता अमेरिकाको रेल नेटवर्क भने यस्तो छैन ।
अमेरिकाको रेलवे नेटवर्क यात्रिहरुका लागि सीमित छ । अमेरिकाको रेलवे धेरैजसो मालसामान ढुवानीमा केन्द्रित छ । यो मामिलामा भने सबैभन्दा राम्रो मानिन्छ । जुन अमेरिकी अर्थव्यवस्थाका लागि पनि महत्वपूर्ण छन् ।
कयौं प्राइभेट कम्पनीहरुले पनि यसलाई संचालन गर्छन् । सोशल मीडियामा मात्रै होइन, चीन अमेरिकाविरुद्ध जमीनमा पनि मोर्चा खोलेको छ । राष्ट्रपति शी जिनपिंगले भियतनामको भूमीबाट अमेरिकी नीतिहरुलाई दादागिरी भएको बताएका छन ।
उनले यसको विरुद्ध विश्वलाई एकजुट हुन पनि आह्वान गरेका छन् । आफनो यात्राका क्रममा सोमवार भियतनामका साथ ४५ सम्झौताहरुमा हस्ताक्षर गरेर चीनले न सिर्फ आफ्नो शक्ति देखायो बरु अमेरिकालाई स्पष्ट संदेश पनि दिएको छ कि चीन एक्लै छैन ।
यी सम्झौताहरुमा सप्लाई चेन, रेलवे प्रोजेक्ट, आर्टिफिशियल इंटेलिजेंस र समुद्री गश्ती जस्ता ठूला मुद्दाहरु पनि सामेल छन् । सीले भियतनामसंग भने कि दुवै देशहरुले मिलेर अमेरिकी एकतर्फी धम्कीहरुको मुकाबला गर्नेछन् । अमेरिकाले भियतनाममाथि पनि ४६% ट्यारिफ लगाएको छ ।