NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
Next
Prev

समाचार

पहिलो सिजनमै च्याम्पियन्स लिग जित्ने एमबाप्पेको सपना अधुरै

बिहिबार बैशाख ४ , २०८२
Reading Time: 1 min read
A A
पहिलो सिजनमै च्याम्पियन्स लिग जित्ने एमबाप्पेको सपना अधुरै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ वैशाख , एजेन्सी ।

युरोपियन च्यामपियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनलले रियललाई २–१ र समग्रमा ५–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्दा अर्को खेलमा बायर्न र इन्टर मिलानले २–२ गोलको बराबरी खेलेका थिए ।

यद्यपि, पहिलो लेगमा २–१ को जितका कारण इन्टरले बायर्नलाई समग्रमा ४–३ ले पछि पार्दै सेमिफाइनलमा स्थान बनायो । पहिलो लेगमा आर्सनल ३–० ले विजयी भएको थियो । बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

LS Auto

तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए । इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि जित निकाल्यो । योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

जितपछि आर्सनल समग्रमा तेस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्न सफल भयो । यसअघि २००९ मा उसले सेमिफाइनलमा स्थान बनाएको थियो । पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा आर्सनलको मैदानमा पिएसजीले ३० अप्रिलमा प्रतिस्पर्धा गर्दा दोस्रो लेग मे ८ मा पिएसजीको मैदानमा हुनेछ ।

त्यस्तै, अर्को खेलमा मे १ मा बार्सिलोनाले आफ्नो मैदानमा इन्टर मिलानको सामना गर्दा ७ मेमा इन्टरको मैदानमा दोस्रो लेग खेल्ने छ । जहाँबाट फाइनल पुग्ने टिमको तय हुने छ । प्रतियोगिताको फाइनल १ जुनमा हुनेछ ।

यसबीच किलियन एमबाप्पेले आफ्नो पहिलो सिजनमै रियल मड्रिडका साथ च्याम्पियन्स लिग जित्ने सपना अधुरै छोड्नुपरेको छ । पेरिस सेन्ट–जर्मेन (पिएसजी)बाट च्याम्पियन्स लिग जित्न उनले धेरै प्रयास गरेका थिए ।

तर, असफल भएपछि १५ पटकको च्याम्पियन रियलमा उपाधि जित्ने लक्ष्यसहित उनी आवद्ध भए । यद्यपि, उनले रियललाई उपाधिनजिक पु¥याउन सकेनन् । स्यान्टियागो बर्नाबेउमा बुधबार सम्पन्न दोस्रो लेगमा केही समर्थकहरूले उनलाई ‘हूट’समेत गरे ।

एमबाप्पे पछिल्ला पाँच खेलमा कुनै गोल गर्न सकेका छैनन् । बुधबारको खेलमा उनले एकपटक पनि पोस्टतर्फ बल प्रहार गर्न सकेनन् । ७५औं मिनेटमा दाहिने खुट्टाको चोट बोकेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

ब्राहिम डियाजले उनलाई प्रतिस्थापन गरे । दर्शकहरूले उनको नाम घोषणामा ‘हूट’ गरेका थिए । यद्यपि, उनले आफैं हिंडेर मैदान छोडेका थिए । क्लबले चोटको गम्भीरताबारे तत्काल कुनै जानकारी दिएको छैन ।

२३औं मिनेटमा एमबाप्पेमाथि पेनाल्टीको सम्भावना देखिएको थियो । तर, भिएआरको समीक्षापछि निर्णय उल्ट्याइयो । रेफ्रीले पहिला डिफेन्डरले उनलाई समातेको भन्दै पेनाल्टी दिएका थिए ।

रियलका गोलरक्षक थिबाउट कोर्टोइसले आर्सनलको सशक्त रक्षात्मक रणनीतिले एमबाप्पे र भिनिसियस जुनियरलाई प्रभावहीन बनाएको बताए । ‘कहिलेकाहीँ हामीले आत्मआलोचना गर्न पनि सक्नुपर्छ । हामी एउटा समूह हौं,’ उनले भनेका छन् ।

Tags: #च्याम्पियन्स लिग#च्याम्पियन्स लिग जित्ने एमबाप्पेको सपना अधुरै#च्याम्पियन्स लिग सेमिफाइनल#युरोपियन च्यामपियन्स लिग फुटबल

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

विचार

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.