×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026

पूर्वराजा ज्ञानेन्द्रले गरे ‘सेफ ल्यान्डिङ’, जनआन्दोलन समितिलाई नचिन्ने

७ बैशाख २०८२

६ वैशाख ,काठमाण्डौ ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिका जनकमाण्डर बनाइएका दुर्गा प्रसाइँ हिरासत पुग्नु तथा समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ खोजेका छन् ।

Advertisement
Advertisement

चैत १५को प्रर्दशन हिंसात्मक र अराजक बनेपछि त्यसको जिम्मेवार पूर्वराजालाई बनाउनु पर्ने निचोडमा शीर्ष राजनीतिक दल र सरकार समेत पुगिसकेको अवस्थामा ज्ञानेन्द्रले भने जनआन्दोलन समितिको गठन प्रति नै अनविज्ञता प्रकरण गरेका थिए ।

उनकै उक्साहटमा दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन भएको राजनीतिक दलका नेताहरुले आरोप लगाइरहदा ज्ञानेन्द्रले भने आफूलाई सो समिति गठनका विषयमा कुनै जानकारी नभएको राप्रपाका नेताहरुलाई बताएका छन् ।

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न भन्दै पूर्वराजाले निर्मल निवासमा राप्रपाका सातजना नेतालाई शनिबार ‘लन्च मिटिङ’मा बोलाएर यस्तो धारणा राखेका हुन् । सो भेटका क्रममा पूर्वराजा शाहले राजसंस्था पुनस्र्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका राप्रपाका नेताले दाबी गरेका छन् ।

‘भेटमा उहाँले आन्दोलन नभई ‘जनताको भावना’को नेतृत्व गर्नुपर्ने शब्दावली प्रयोग गर्नुभयो,’ तीन नेताले भनेका छन् । भेटका अवसरमा पूर्वराजा शाहले संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनस्र्थापनाका संयुक्त जनआन्दोलन समितिको गठनप्रति अनविज्ञता प्रकट गरेको ती नेताको दाबी छ ।

साथै पूर्वराजाले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँलाई आफूले जनकमान्डर नतोकेकोसमेत प्रष्टीकरण दिएको उनको भनाइ छ । तीनकुने घटनामा दुई जनाको मृत्यु भएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेपछि राप्रपा नेताहरूले नवराज सुवेदी संयोजकत्वको समितिबारे जिज्ञासा राखेका थिए ।

त्यसको जवाफमा उनले आफ्नो निर्देशनमा नभएको बताएका हुन् । ‘मैले कुनै समिति बनाउन निर्देशन दिएको या संयोजक तोकेको छैन, कसैलाई जनकमान्डर बनाएको होइन’,शाहको भनाइ उद्धृत गर्दै भेटमा सहभागी राप्रपाका एक नेताले भनेका छन् ।

तर ज्ञानेन्द्रले दिएको अनविज्ञता जनाएको खबर बाहिरिरहदा चैत १४ गते प्रसार्इँ र सुवेदीले ज्ञानेन्द्रसँग भेटवार्ता गरेका थिए । ज्ञानेन्द्रसँगको भेटवार्ता पछि नै प्रसाईँलाई जनकामण्डर बनाइएको थियो ।

चैत १५ को घटनापछि सुवेदी नजरबन्दमा परेका छन् भने आन्दोलन समितिको संयोजक डा. जगमान गुरुङ तोकिएका छन् । राजसंस्था पुर्नस्थापनाको आन्दोलनको नेतृत्व कसले गर्ने भन्नेमा सहमति नभएपछि पञ्चायतकालका मन्त्रीसुवेदीलाई संयोजक बनाइएको थियो ।

यसप्रति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न उठाउँदै आएका थिए । सुवेदीको नेतृत्वको आन्दोलनमा उनी सहभागीसमेत भएका थिएनन् । त्यसमा सहभागी भएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणा अहिले प्रहरीको हिरासतमा छन् ।

गणतन्त्र पक्षधर दलहरूले चैत १५ गतेको घटनाको जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताइरहेका बेला उनले सुवेदीलाई संयोजक र प्रसाईंलाई कमान्डर तोकिएको विषयमा अनविज्ञता व्यक्त गरेका हुन् ।

राजसंस्था पक्षधर दल राप्रपाले आज काठमाडौंको बिजुलीबजारलगायत ठाउँमा विरोध प्रदर्शन गर्दैछ । सामूहिक गिरफ्तारी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने रणनीति लिएको राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ ।

राप्रपाका सिमित नेताको नेतृत्वमा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै काठमाडौको सुरक्षा कडा बनाइएको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताएका छन् ।

राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने खबर बाहिरिएपछि निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने जे गर्ने हो भनेरै गर्ने बताएका छन् । उनले आजको प्रर्दशनबारे सामाजिक संजालमार्फत भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।

जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’ वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले थप लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top