×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

८ बैशाख २०८२

८ वैशाख ,काठमाण्डौ ।

माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीले आफू आन्दोलनरत शिक्षकहरुको साथमा रहेको स्पष्ट पारेको छ । यसअघि हिजो स्थायी कमिटी सदस्य रहेकी रामकुमारी झाँक्रीले शिक्षकहरुको आन्दोलन रमिता भएको भन्दै सडकबाट ऐन आउने हो र ? भन्दै प्रश्न गरेकी थिइन ।

Advertisement
Advertisement

जसको आन्दोलनरत शिक्षकहरुका साथै धेरैले आलोचना गरेका छन् । यसबीच आइतबार एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले झाक्रीको अभिब्यक्तिको खण्डन गर्दै आफ्नो पार्टी आन्दोलनरत शिक्षकहरूको पक्षमा रहेको प्रष्टीकरण दिएका हुन् ।

हिजो पूर्वमन्त्री समेत रहेकी झाँक्रीले शिक्षकहरूले सरकारको कुरा नसुनेर रमिता देखाएको टिप्पणी गरेका थिइन् । उनले भनेकी थिइन्, ‘सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर÷मेडमहरू अब विद्यालयमा फर्कनुस्।

आफ्नो जिम्मेवारी बहन गर्नुस्। सरकार र संसद्लाई विश्वास गर्नुस्। जिम्मेवार नेता साथीहरू! ऐक्यबद्धताको रमिता तपाईँहरू पनि नगर्नुस् बल र कोर्ट दुवै तपाईँकै खुट्टामा छ।’ झाँक्रीले शिक्षक आन्दोलनको विरोध गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको बचाउमा उत्रिएकी हुन् ।

जबकी नेकपा एस, यसका अध्यक्ष नेपाल ओली र ओली सरकारको कट्टर विरोधी हुन । झाँक्रीको शिक्षक आन्दोलनको विपक्षमा अभिव्यक्ति दिएपछि नेकपा एसका प्रवक्ता समेत रहेका ज्वालाले त्यस्ता अभिव्यक्तिलाई पार्टी धारणाको विपरीत भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कसैलाई भ्रम नहोस्, हाम्रो पार्टी शिक्षक आन्दोलनको समर्थनमा छ । शिक्षकका जायज माग सरकारले पूरा गर्नपर्छ। आन्दोलनका विरुद्धमा बोल्नू पार्टी धारणाको विपरीत हुन्छ।’ उनले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

झाँकीले शिक्षक आन्दोलनको विरुद्ध बोलेपछि पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पनि हिजो फेसबुक स्ट्याटस लेखेर असन्तुष्टि जनाउँदै जवाफ फर्काएका थिए । एकीकृत समाजवादीले चैत्र २४ गते नै विज्ञप्ती निकालेर शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको थियो ।

सो पार्टीले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरूले उठाएका जायज मागहरूलाई यथाशीघ्र वार्ता र संवाद मार्फत हल गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।

‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०८१ चैत्र २० गते देखि देशभरिका शिक्षक, शिक्षिका र विद्यालयका कर्मचारीहरूले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गरिरहेको आन्दोलनप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शिक्षकहरूको आन्दोलनप्रति हाम्रो पार्टी ऐक्यबद्धता जनाउन चाहन्छ ।’

शिक्षकहरूले उठाएका शिक्षा क्षेत्रका जायज मागहरू र नेपाल सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारसँग एकीकृत समाजवादीले माग गरेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top