NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२
Reading Time: 1 min read
A A
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ वैशाख, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकमा गभर्नरको नियुक्ति कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझै भएको छ । गभर्नर कसको भागमा भन्नेमै कयौं पटकको छलफलपछि काँग्रेसको पोल्टामा पार्न सत्ता साझेदारबीच सहमति जुटेको थियो ।

त्यसपछि काँग्रेसले समय लिएर बल्लतल्ल राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति जुटाएको थियो । तर उनको राजीनामा स्वीकृत नहुँदा गठबन्धन सरकार नै धरापमा परेको टिप्पणीहरु भइरहेका छन् ।

काँग्रेसका नेताहरुले कामु गभर्नर निलम ढुंगानाको निहुँ गरेर ओलीले नै गुणाकरलाई छेकेको आशंका पनि गरिरहेका थिए । यसबीच काँग्रेसले गुणाकरको विकल्पमा पनि केही नामहरु अघि सारेको थियो ।

जसमा ज्ञानेन्द्र ढुंगाना, अंगराज तिमिल्सिना लगायतका नामहरु थिए । तर अहिले एकाएक गभर्नरको चर्चामै नरहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलको नाम चर्चामा आएको छ ।

गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्यसमेत रहेका पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको खुलेको छ । शनिबार सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

कामु गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले विकल्प खोजेको हो । गएको चैत २४ गते गभर्नरबाट महाप्रसाद अधिकारी सेवानिवृत्त भएको ९ दिनपछि वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउने सहमति भएको थियो ।

त्यसपछि वैशाख ५ गते भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए । तर कायम मुकायम गभर्नर नीलम ढुङ्गानाले राजीनामा स्वीकृत गरिनन् । ढुङ्गाना स्वयम् गभर्नरको आकांक्षी छन् ।

अब यता गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए ।

“हामीले गुणाकर भट्टलाई नै बनाउन खोजेका हौँ, तर सिंगो कांग्रेस लाग्दा पनि सकिएन,” कांग्रेसका एक पदाधिकारीले भने, “कामु गभर्नर निलम ढुंगानाले सबै काम गर्नुभएको छ तर सार्वजनिक रुपमा नै मैले राजीनामा स्वीकृत गर्दिन भनेर अडान राख्नुभयो । एकजना व्यक्तिका विरुद्ध यसरी लाग्नुहुँदैन थियो । अब भट्टलाई उहाँले आउनै नदिने भएपछि गभर्नर खाली राख्ने कुरा पनि भएन । त्यसैले विश्व पौडेलको नाम सिफारिस गरिएको हो ।”

ती पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बोलाएर ढुंगानालाई अनुरोध गर्दा पनि नमानेको दाबी गरे । पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको उनले जानकारी गराए ।

“विजयनाथ भट्टराईले राजीनामा दिनुभयो, महाप्रसाद अधिकारीको नाम प्रस्ताव ग¥यौँ तर अदालतमा मुद्दा प¥यो,” उनले भने, “अब अदालतबाट निर्णय आउन समय लाग्न सक्छ । त्यसैले नयाँ दुईजना सदस्य राखेर अर्थमन्त्रीको टिमले विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।”

पदावधि सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानूनी प्रावधान रहे पनि दलहरुबीचको दाउपेचले ढिलाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो ।

यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेता बालुवाटारको बैठकमा सहभागी थिए । बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएको गृहमन्त्री लेखकले बताएका छन् ।

दुई दलबीच सहमति भए पौडेलले पहिला सिफारिस समितिबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न सक्छ । राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने हुन्छ ।

त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ । बालुवाटार स्रोतका अनुसार यो प्रक्रिया आगामी सोमबारको मन्त्रिपरिषद् बैठकबाट हुने र बिहीबारसम्म नयाँ नियुक्ति हुन सक्ने अनुमान छ ।

प्रतिनिधिसभा निर्वाचनमा पराजय भएका युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ समेत हुन् ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशक र राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।

Tags: #दौडमै नरहेका विश्व पौडेल#गभर्नर#नेपाल राष्ट्र बैंकमा गभर्नरको नियुक्ति

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.