×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

मदन भण्डारीलाई सम्झिदै ओलीको प्रचण्ड–माधवमाथि प्रहार

५ जेष्ठ २०८२

४ जेठ , काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले कारबाही गरेका नेता भीम रावललाई माओवादी केन्द्रमा आउन आह्वान गरेका छन् । शनिबार रावलको गृह जिल्ला अछाम पुगेर दाहालले यस्तो आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

एमालेबाट निष्कासित रावललाई माओवादीसँग सहकार्यमा आउन प्रचण्डको आग्रह छ । ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ,’ दाहालले भने, ‘उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो ।

उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।’’आफूले रावललाई ‘किन भौँतारिई रहनुभएको छ?’ भनेर प्रश्न गरेको पनि दाहालले बताए । उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौँतारिई रहनुभएको छ । आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ भने ।’

जो सँग कुरा गर्नुपर्ने हो त्यो सँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष दाहालले बताए । ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने ।

यसबीच वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि नेकपा एमालेबाहेक अन्य वामपन्थी पार्टीसँग एकताबारे छलफल भइरहेको जानकारी दिएका छन् । एमालेसहितको वामपन्थी एकता भने तत्काल सम्भव नदेखिएकाले अन्य क्रान्तिकारी पार्टीसँग मात्र संवाद भइरहेको उनको भनाइ छ ।

’सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबीचको एकता हुनुपर्छ भन्नेमा प्रस्ट छु । नेकपा एमालेसहितको एकताको कुरा गर्ने हो भने तत्कालै व्यवहारिक रूपमा सम्भव हुनेजस्तो देखिएको छैन । त्यसको मतलब अब रणनीतिक रूपमै नेपालका वामपन्थी मिल्दैनन् भन्ने पनि होइन । मिल्न हुँदैन भनी एकलकाँटे ढंगले सोच्ने कुरालाई कहिले पनि हुन दिनुहुँदैन’,यदि एमाले सच्चिएर वामपन्थीबीचको एकताको कुरा गरेको खण्डमा हुन्न वा एकता गर्न हुँदैन भन्ने हुँदैन । तर अहिले नै तत्काल हुने सम्भावना देखेको छैन।’ नेताहरुले वामपन्थी एकताका चर्चा गरिरहँदा यता प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डसंगै माधव नेपालमाथि पनि कडा प्रहार गरेका छन् ।

उनले तत्कालीन नेकपा पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरु सक्रिय भएको भन्दै प्रचण्ड र माधवमाथि आरोप लगाएका हुन् । आफूले पछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् ।

शनिबार मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरु पार्टीलाई विभाजित गर्न लागेको आरोप समेत लगाए ।

‘०७४–०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाईको बनायौँ,’ ओलीले भनेका छन्, ‘थोरै सिट मात्रै हामीकहाँ पुगेको थिएन दुई तिहाई हुन। त्यस ठाउँमा हामीले कम्युनिष्ट आन्दोलनलाई पु¥यायौँ। वामपन्थी आन्दोलनलाई पु¥यायौँ। तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्वहरु छट्पटाए। अन्य शक्तिहरु वाह्य शक्तिहरु पनि छट्पटाए। उनीहरुले यिनलाई उचाल्न थाले। र पार्टीभित्रका केही तत्वहरु पनि सक्रिय भएर त्यस अभियानमा सक्रिय भए।’

माधव नेपालप्रति लक्षित गर्दै उनले अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको टिप्पणी गरे । दलको नेताकाबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने, नल्याउने, अनि गएर संसदमा अरु विभिन्न प्रकारका तत्वहरुसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रुपमा केही कडा कदम चाल्नप¥यो।’

उनले थपे, ‘वास्तवमै पार्टी उनीहरुले हामीले एकीकरणका मनसायले एकीकरण ग¥यौँ। उनीहरुले गलत ढंगले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनसायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरु चाल्नुप¥यो।

आज हैसियतका साथ छौँ। तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौँ। सहज परिस्थिति थिएन।’ यस्तै ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने पनि जिकिर गरे ।

ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिएका हुन्। पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरू निरंकुश हुन्छन् भन्ने हामी माथिको आरोपलाई खण्डन गर्यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी लाग्नुपर्नेछ ।”

यता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन क्रान्तिकारी सोचका साथ मानिसहरूलाई उभ्याउन आफूहरू लागि परेको बताएका छन् ।

जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरिरहेकोले त्यसकाविरुद्ध एकजुट हुन एकीकृत समाजवादी आन्दोलनमा रहेको उनले उल्लेख गरे । ‘कम्युनिस्ट आन्दोलनमा देखापरेका अनेकौं खालको विकृति विसंगतिहरुका बीचमा जुध्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुराउन क्रान्किारी सोचकासाथ मानिसहरूलाई उभ्याउन हामी लागि परेका छौं,’ अध्यक्ष नेपालले भने, ‘हाम्रो देशको विशेषतालाई राम्ररी बुझ्नु जरुरी छ । सफलतालाई उपभोग गर्न नजान्दा हामी कमजोर पनि भयौं ।’

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरेका छन् । यस्तै नेता झलनाथ खनालले पनि कम्युनिस्ट पार्टीबिचको एकता अबको प्रमुख कार्यभार भएको र एकीकृत पार्टी नबनेसम्म देशमा क्रान्ति सम्पन्न नहुनेमा जोड दिएका छन् ।

कम्युनिस्ट आन्दोलनको पुनर्संरचना र रूपान्तरणको खाँचो औँल्याउँदै उनले भने, ‘मदन भण्डारीको सपना साकार पार्न र उनको योगदानको कदर गर्न अबको बाटो स्पष्ट छ — विचारको पुनर् समीक्षा, संगठानको पुनर्गठन र एकताको पुनर्निर्माण ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top