NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ?

बुधबार असार १८ , २०८२
Reading Time: 1 min read
A A
स्वतन्त्र उम्मेदवार  सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८  असार , काठमाडौं ।
राप्रपाका सांसद दीपक बोहोराको निधनपछि रिक्त रहेको रूपन्देही क्षेत्र नं. ३ को उपचुनावको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।
कात्तिक १७ मा  हुने भनिएको उपचुनाव केवल एउटा सिट पूर्ति गर्ने प्रक्रियामा मात्र सीमित छैन, यो राष्ट्रिय राजनीतिका प्रमुख दलहरुको अग्नि परीक्षा बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव, पुराना दलहरूको प्रतिष्ठा र नयाँ राजनीतिक समीकरणको परीक्षण यो उपनिर्वाचनमा हुनेछ ।
 यही रस्साकस्सीका बीच, २०७९ को आम निर्वाचनमा डडेलधुराबाट  पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई टक्कर दिएर चर्चामा आएका सागर ढकालले उम्मेदवारी दिने तयारी गरेपछि यो प्रतिस्पर्धा थप रोचक बनेको छ।
डडेलधुरामा १३ हजारभन्दा बढी मत ल्याएर अनपेक्षित नतिजा दिएका सागर ढकाल अहिले रूपन्देही–३ मा आफ्नो भाग्य परीक्षण गर्न जुर्मुराएका छन्।
उनले रास्वपाको समर्थन जुटाएर वा स्वतन्त्र रूपमै भए पनि चुनाव लड्ने संकेत गरेका छन्। रास्वपा सांसद गणेश पराजुलीसँगको भेटको तस्बिर सार्वजनिक गर्दै र सामाजिक सञ्जालमा बालेन शाह र रवि लामिछानेले पाएको मतको आँकडा प्रस्तुत गर्दै उनले मतदातालाई इतिहास रच्न आह्वान गरेका छन्।
आफ्नो फेसबुक स्ट्याटसमा उनले परम्परागत दलहरूलाई ‘राणा शासन’ को संज्ञा दिँदै त्यसको अन्त्य रूपन्देही–३ बाटै सुरु गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्,  “यो चुनाव जनता भर्सेस राणा शासन हो।“ तर, ढकालको यो महत्त्वाकांक्षालाई रास्वपाले भने सहज रूपमा लिएको छैन।
रास्वपाका एक उच्च पदाधिकारीका अनुसार, ढकाललाई पार्टीले समर्थन गर्ने सम्भावना लगभग शून्य छ। “उहाँ राजनीतिक व्यक्ति होइन, उडन्ते गफ गरेर चर्चामा आउने अवसरवादी चरित्रलाई पार्टीले प्रश्रय दिँदैन,“ ती पदाधिकारीले भनेका छन्। 
यद्यपि रास्वपाले अहिलेसम्म निर्णय गरिसकेको छैन् भने केही साता अघि मात्रै रुपन्देहीकै कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई समेत सागरले भेट गरिसकेका छन् ।
सागर ढकालप्रति अनिच्छुक देखिए पनि रास्वपा यो उपचुनाव जित्न कुनै कसर बाँकी नराख्ने रणनीतिमा छ । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट समानुपातिकतर्फ तेस्रो सर्वाधिक १४ हजार १५४ मत ल्याएको रास्वपा यसलाई आफ्नो जितको बलियो आधार मान्दछ।
हाल सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने रुपन्देही कारागारमा रहेकाले, यो उपचुनावलाई उनीमाथिको राजनीतिक प्रतिशोध विरुद्ध जनमत सिर्जना गर्ने अवसरको रूपमा पार्टीले लिएको छ।
इलामको उपनिर्वाचनमा  भएको गल्ती कमजोरी रास्वपा रुपन्देहीमा नदोहोर्याउने रणनीतिमा छ । रास्वपाले स्थानीय र लोकप्रिय उम्मेदवारको खोजी गरिरहेको र उम्मेदवारी घोषणा ठूलै सरप्राइज हुन सक्ने संकेत दिएको छ।
र त्यो सरप्राइज सागर ढकालसमेत हुन् सक्नेछन् । यो क्षेत्र परम्परागत रूपमा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धाको केन्द्र रहँदै आएको छ। २०७९ मा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
अहिले राप्रपा आफ्नो विरासत जोगाउन चाहन्छ भने कांग्रेस गुमाएको क्षेत्र फर्काएर आफ्नो वर्चस्व कायम गर्न चाहन्छ । एमालेले पनि विगतमा जितेको यो क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्दै पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
यसैबीच, नेकपा एकीकृत समाजवादी ले घनश्याम भूसाललाई अघि सार्ने सम्भावना छ। यही क्षेत्रबाट दुई पटक चुनाव जितेका भूसालको उम्मेदवारीले प्रतिस्पर्धालाई थप बहुकोणीय बनाउनेछ।
२०७९ को निर्वाचनको अंकगणितले यो क्षेत्रको प्रतिस्पर्धा कति जटिल छ भन्ने देखाउँछ। प्रत्यक्षतर्फ राप्रपाका बोहोरा विजयी हुँदा समानुपातिकमा कांग्रेसले सबैभन्दा बढी २० हजार २७९ र एमालेले १६ हजार ९८६ मत पाएका थिए।
रास्वपा १४ हजार मतसहित तेस्रो शक्ति थियो। नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमत पार्टीको पनि यहाँ उल्लेख्य उपस्थिति छ, जसले गठबन्धन र मत विभाजनमा निर्णायक भूमिका खेल्न सक्छ।
उनीहरुले गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय गरिसकेका छन् ।  रूपन्देही–३ को उपचुनाव एक बहुकोणीय र पेचिलो प्रतिस्पर्धा बन्ने निश्चित छ।
एकातिर सागर ढकालजस्ता स्वतन्त्र उम्मेदवारको प्रवेशले नयाँ तरंग ल्याएको छ भने अर्कोतिर प्रश्न  र चुनौतीको चुलीमा रहेको रास्वपा आफ्नो  प्रभाव परीक्षण गर्दैछ ।
कांग्रेस, एमाले र राप्रपाका लागि यो प्रतिष्ठाको विषय बनेको छ भने घनश्याम भूसालजस्ता नेताको सम्भावित उम्मेदवारीले समीकरणलाई थप जटिल बनाइदिनेछ।
यो उपचुनावको नतिजाले केवल एक सांसदको टुंगो मात्रै लगाउने छैन, बरु बदलिँदो राष्ट्रिय राजनीति र  ०८४को आमनिर्वाचनहरूको समेत संकेत गर्नेछ ।
LS Auto
Tags: #सागर ढकाल#सागर ढकालले रुपन्देहीमा

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.