NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए

शुक्रबार असार २० , २०८२
Reading Time: 1 min read
A A
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२० असार, काठमाडौं । 
भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कामाथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने भएको छ ।
त्यसको लागि ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत उनलाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आदेश दिइएको छ । विहिबार त्यस्तो आदेश पाए पनि खड्का अहिलेसम्म प्रहरी प्रधान कार्यालयमा हाजिर भने भैसकेका छैनन् ।
नेपालगन्जबाट आउंदै गरेको र आइतबार वा सोमबारसम्म हाजिर भैसक्ने बताइएको छ । त्यसपछि उनीमाथि थप कारवाही अगाडि बढ्नेछ ।
उनलाई चेतावनी दिएर छोड्ने कि नसिहत वा निश्चित अवधिको लागि निलम्बनसहितका अन्य कारवाही गर्ने भन्ने बारेमा छलफल भैरहेको बताइएको छ ।
पालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पुष्टि गरेका छन् ।
सहकारी ठगी प्रकरणमा रहेका आफ्ना सभापति लामिछानेलाई रिहा गर्नको लागि दबाब दिन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिले देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।
त्यहीक्रममा सई खड्का प्रहरीको बर्दीसहित रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएका थिए । नेपालगन्जमा राखिएको कार्यक्रम स्थलमै सरकारी बर्दीमै पुगेर खड्काले हस्ताक्षर गरेका थिए ।
त्यसलगत्तै रास्वपाका कार्यकर्ताहरुले नै उनको तस्विरलाई भाइरल बनाएका थिए । कतिपयले सामाजिक संजालमा खड्काले हस्ताक्षर गर्दै गरेको तस्विर राखेर लामिछानेलाई जेल हालिएकोमा प्रहरी भित्रै असन्तुष्टि बढिरहेको भन्दै विद्रोह हुन सक्ने आसयका पोष्टहरु गरिरहेका छन् ।
त्योसंगै यो घटना गृह प्रशासनमा समेत एक किसिमको खैलाबैला मच्चाएको छ । त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले खड्का माथि कारवाही प्रकृया शुरु गरेको हो ।
प्रहरी संगठनको आचारसंहिता अनुसार प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ। निष्पक्षता र संस्थाको मर्यादा कायम राख्नुपर्ने संवैधानिक दायित्व विपरीत खड्काको व्यवहारले प्रहरी संगठनको छविमा आँच पुर्याएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।
जागिरबाट अवकाश पाए पछि कुनै राजनीतिक पार्टीमा आवद्ध हुन अवरोध नभए पनि प्रहरीको सेवा अवधिभर कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोध गर्न कानुनले नै निषेध गरेको छ ।
यता रास्वपाले ७ असारदेखि हस्ताक्षर अभियान जारी राखेको छ  । यो अभियानको मूल उद्देश्य रविमाथि राज्यले प्रतिशोध साँधेको भनेर जनतामाझ प्रचार गर्नु रहेको छ ।
स्थापना दिवसको अवसरमा सभापति रविले २० पृष्ठको दस्तावेज सार्वजनिक गरे, जसमा उनले अभियानबारे उल्लेख मात्र गरेका छैनन्, आफ्ना लागि अझै जनसमर्थन पनि खोजेका छन् ।
दुईपल्ट उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेका रवि यतिबेला जिल्ला कारागार रुपन्देहीमा थुनुवाका रूपमा छन् ।  रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार, रवि लामिछानेको तर्फबाट कानुनी प्रतिवाद जारी नै रहनेछ ।
सँगै उनलाई राज्यले फसाएकै हो भनेर प्रचार–प्रसार पनि हुनेछ । आफ्नो सभापतिविरुद्धको मुद्दालाई रास्वपाले नयाँ र वैकल्पिक शक्तिमाथि वर्तमान सत्ताले गरेको धरपकडका रूपमा व्याख्या गरेको छ ।
यही कुरा ऊ जनस्तरमा पु¥याउन चाहन्छ र आगामी चुनावको आधारसमेत तयार गर्न खोजिरहेको छ । उसको यो अभियान रवि लामिछानेमाथि अन्याय भएको भनी प्रचार गर्नुमा मात्र सीमित छैन, आगामी निर्वाचनका लागि जनसमर्थन बढाउनुमा पनि छ ।
रास्वपाको हस्ताक्षर अभियानमा कलाकारदेखि नेतासम्मले ऐक्यबद्धता जनाइरहेका छन् । अभियान सुरु भएको भोलिपल्ट ८ असारमा अभिनेता विपिन कार्कीले वनस्थलीमा रहेको रास्वपा कार्यालयमै गएर हस्ताक्षर गरे ।
१४ असारमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्ताक्षर गरी रास्वपा अभियानमा ऐक्यबद्धता जनाए । पछिल्लो समय रमेश उप्रेती, अशोक शर्मा, राजाराम पौडेल लगायतले पनि हस्ताक्षर गरिसकेका छन् ।
चितवनमा राउटे समुदायका मानिसहरूलाई  पनि हस्ताक्षर गराइएको  छ।  तर टिप्पणीकारहरुले भने  अदालतमा गइसकेको मुद्दामा हस्ताक्षरका आधारमा रविमाथि राजनीतिक प्रतिसोध साधिएको पुष्टि नहुने भन्दै रास्वपाको प्रचारवाहेक यसको तात्विक परिणाम नदेखिने बताउँदै आएका छन् ।
LS Auto
Tags: #रविमाथि प्रतिशोध साँधियो#प्रहरी हेडक्वार्टर तानिए#रविमाथि प्रतिशोध#हस्ताक्षर गर्ने सई कारवाहीमा

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.