NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा  बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
Reading Time: 1 min read
A A
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ असार , काठमाडौं ।

नेपाली राजनीतिमा कुन दल कोसंग गएर कतिबेला मिल्छन् ? उनीहरुको आगामी कदम वा रणनीति कस्तो होला ? कुन कुरामा गएर दलहरुले आफ्नो एजेण्डा नै त्यागिदेलान् ?

करिब करिब सिद्धान्तहिन बनिसकेका नेपाली दलहरुका यी कुरा बुझ्न नेपाली जनतालाई अचेल जति मुश्किल हुने गरेको छ । उती नै विश्वमा हेर्ने हो भने जियो–पोलिटिकल गेम पनि करिब करिब यस्तै देखिएको छ

LS Auto

हुन त जियो–पोलिटिकलको विशेषता नै त्यस्तै हुने गरेको छ । यसै संदर्भमा आज हामी टर्किए र अमेरिकाबीच नयाँ हतियार सम्झौतालाई जोडेर हेर्ने छौं ।

विगतमा जुन टर्किएमाथि अमेरिकाले रूसी एस–४०० एयर डिफेंस सिस्टम किन्दाखेरी प्रतिबन्ध लगाइदिएको थियो, जुन टर्किएलाई अमेरिकाले आफ्नो एफ–३५ फिफ्थ जेनरेशन फाइटर जेट प्रोग्रामबाट धक्का दिएर बाहिर निकालिदिएको थियो, अहिले त्यहि अमेरिका अब एफ–३५ लाई थालमा सजाएर टर्किएलाई दिन लागेको छ ।

तर यसका लागि टर्किएका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानलाई यति भनिएको थियो कि उनले रूसी एस–४०० डिफेंस सिस्टमलाई आफ्नो देशबाट हटाउनु पर्ने छ । यता एर्दोगान पनि तुरुन्तै तयार भए ।

उता नेपालका प्रचण्डलाई पनि डाइनामिक अर्थात गतिशिलता, अझ उथलपुथलमा उछिन्न माहिर डोनाल्ड ट्रम्प अब टर्किएलाई एफ–३५ लडाकू विमान दिनका लागि तयार भएको संकेत गरेका छन् ।

यो सम्झौता गर्न ट्रम्पले तयारी गरेको बुझिएको छ । किनभने टर्किएका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले एक पटक फेरि आफ्नो देशलाई एफ–३५ स्टील्थ फाइटर जेट प्रोग्राममा फिर्ता ल्याउने विश्वास व्यक्त गरेका छन् ।

त्यसैबाट अमेरिकाले यो सम्झौता गर्न सक्ने ठानिएको छ । सन २०१९ मा अमेरिकाले टर्किएलाई यो अत्याधुनिक युद्धक विमान परियोजनाबाट बाहिर निकालिदिएको थियो ।

तर अब डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि एर्दोगानले दुवै देशका बीच पुरानो सम्झौता पुनः जीवित हुने ठानेका छन् । अनादोलु स्टेट न्यूज एजेंसीले शनिवार भनेको छ, अजरबैजानबाट फर्किदा एर्दोगानले भने कि मलाई विश्वास छ कि ट्रम्प हामीले गरेको सम्झौताप्रति वफादार रहनेछन् ।

उनले अगाडि भने, मलाई लाग्छ कि उनको कार्यकालमा टर्किएलाई एफ–३५ विमान चरणबद्ध रुपमा दिइने छ“ । यद्यपि उनले सम्झौताका बारेमा अन्य थप जानकारी भने दिएनन् । तर उनले भने, यो कदम “जियो–इकोनोमिक क्रांतिको हिस्सा हो।“

यसअघि अंकारामा वाशिंगटनका दूत टम ब्यारेकले भनेका थिए, यो प्रतिबंध “वर्षको अन्त्यसम्म“ सकिने संभावना छ । यस्तोमा जानकारहरु ठान्दछन् कि डोनाल्ड ट्रम्प सजिलैसंग यो सम्झौताका लागि तयार हुन सक्छन् ।

किनभने यसमा अमेरिकालाई पनि आर्थिक फाइदा छ । अनादोलु एजेंसीले भनेको छ, ट्रम्प र एर्दोगानले आफ्ना शीर्ष कुटनीतिज्ञलाई एफ–३५ अधिग्रहणका लागि बाटो निकाल्न र यसका लागि जारी प्रतिबन्ध समाप्त पार्न निर्देशन दिन सक्नेछन् ।

अधिकारीहरुका अनुसार कंग्रेस अर्थात संसदले यसमा एक बुद्धिमत्तापूर्ण समाधानका लागि समर्थन गर्ने पनि बताएका छन् । मार्चमा एर्दोगानले ट्रम्पसंग एक सम्झौतालाई अन्तिम रुप दिन आवस्यक रहेको बारेमा कुरा गरेका थिए ।

जसले टर्किएलाई अमेरिकी एफ–१६ लडाकू विमान किन्न र एफ–३५ युद्धक विमानहरुको विकास कार्यक्रममा फेरि सहभागि हुन अनुमति दिनेछ ।

एफ–३५ लडाकू विमान कार्यक्रमबाट टर्किएलाई हटाउने कारण थियो, उसले रूसबाट किनेको एस–४०० मिसाइल डिफेंस सिस्टम । अमेरिकाले यसलाई नेटोको सुरक्षाका लागि खतरा भनेको थियो ।

र २०२० मा टर्किएको रक्षा क्षेत्रमा प्रतिबन्ध लगाएको थियो । तर एर्दोगानको भनाइ छ कि ट्रम्प प्रशासनका साथ उनको एक “सम्झौता“ भएको थियो र उनलाई विश्वास छ कि ट्रम्प सो सम्झौतामा वफादार रहने छन् ।

खासमा ट्रम्प वाइट हाउस दोस्रो पटक फर्किएपछि टर्किए–अमेरिकी सम्बन्धमा न्यायोपना पनि फर्किदो देखिएको छ । मार्चमा भएको कुराकानीका क्रममा एर्दोगान र ट्रम्पका बीच एफ–१६ फाइटर जेट्सको सम्झौतालाई अन्तिम रुप दिनेबारेमा चर्चा भएको थियो ।

ट्रम्पकै कार्यकालमा अब टर्किए एफ–३५ कन्सोर्टियममा पुनः सामेल हुने प्रयासमा छ । यो सम्झौताका पछाडि एक गहिरो भू–राजनीतिक रणनीति छ । खासमा टर्किएले अमेरिका र रूसका बीच संतुलन बनाउने प्रयास जारी राखेको छ ।

एकातर्फ उसले रूसबाट मिसाइल सिस्टम लिइरहेको छ, अर्कातर्फ उ अमेरिकाबाट पनि एफ–३५ जस्ता विमानहरु किन्ने आशामा छ । यो स्थितिमा नेटोभित्र पनि असमंजस उत्पन्न भएको छ ।

तर ट्रम्प सत्तामा फर्किएपछि समीकरण बदलिएको छ । र टर्किए पनि रुसी एस–४०० एयर डिफेंस सिस्टमलाई हटाउनका लागि तैयार भएको छ । रिपोर्टका अनुसार टर्किए, एस–४०० एयर डिफेंस सिस्टम बेच्ने अमेरिकाको शर्तमा तैयार भएको हो ।

अहिलेसम्म टर्किएले रूसी एयर डिफेंस सिस्टम एस–४०० लाई आफ्नो वायुसेनामा इंटीग्रेट गरेको छैन । रुसले जसरीे एस–४०० लाई प्याक गरेर पठाएको थियो, त्यो टर्किएको एक गोप्य स्थानमा सोही रुपमा रहेको बताइएको छ ।

यस्तोमा अब, टर्किएले यो रूसी सिस्टमलाई कुनै तेस्रो मुलुकलाई बेच्ने सम्भावनामा विचार गरिरहेको छ । तर प्रश्न के उठिरहेको छ भने, के टर्किएले वास्तवमै रूसको यो हाईटेक डिफेंस सिस्टमलाई बेच्न सक्छ ?

यदी यस्तो भयो भने यसले टर्किए–रूस सम्बन्धमा निकै तनाव आउन सक्छ । रूसले एस–४०० सिस्टमलाई बेच्ने समयमा कयौं प्राविधिक शर्तहरु राखेको थियो । जसमा तेस्रो पक्षलाई नबेचिने ग्यारेन्टी पनि सामेल थियो ।

अब यदी टर्किएले यस दिशामा कदम उठायो भने, यो मस्कोलाई सिधा धोका दिएको मानिने छ । कयौं रिपोट्र्समा भनिएको छ कि टर्किएले पाकिस्तानलाई पनि एस–४०० बेच्ने संभावनामा विचार गरिरहेको छ ।

तर यसमा निकै अप्ठ्याराहरु हुनेछन् र यसले यता रूस–भारतको सम्बन्धलाई पनि एक झट्कामा खराब बनाउन सक्छ । किनभने भारतले अहिलेसम्म रुसकै एयर डिफेन्स सिस्टम प्रयोग गरिरहेको छ ।

उ रुसको ठूलो हतियार खरिदकर्ता हो । यस्तोमा आफ्नो शत्रुलाई पनि सोही हतियार दिदा भारतले रुसलाई किचकिच त गर्ने नै भयो । यस्तोमा यो डिलमा भारतले कडा आपत्ति जनाउन सक्छ ।

भारत र टर्किएबीच भने पछिल्लो पटक सम्बन्ध निकै विग्रिएको छ । भारत–पाकिस्तानबीचको ४ दिने युद्धमा टर्किएले खुलेआम पाकिस्तानलाई समर्थन जनाएको थियो ।

टर्किए पहिलो मुलुक थियो जसले पाकिस्तानलाई समर्थन गर्दै आफ्नो दाजुभाइको सम्बन्ध भएको देश भनेको थियो । सो युद्धमा पाकिस्तानले टर्किमा निर्मित कयौं ड्रोनहरुको प्रयोग गरेको थियो ।

यस्तोमा टर्किएले एस ४०० पाकिस्तानलाई बेच्न खोज्नु स्वभाविक पनि हो । तर रुससंग भारतको अहिले पनि घनिष्ठ सम्बन्ध रहेकाले र सो डिफेन्स सिस्टम पनि रुस निर्मित रहेकाले यो सम्झौता रुसले सायदै हुन देला ।

यता पाकिस्तानले पनि पुष्टि गरेको छ कि उसले चीनबाट केजे–५०० सर्भिलान्स एयरक्राफ्ट किन्न लागेको छ । पाकिस्तानले चिनियाँ सर्भिलान्स एयरक्राफ्टलाई त्यो बेला किन्न लागेको हो जतिबेला यसअघि ४ दिने युद्धका क्रममा भारतले उसका तीनमध्ये दुई सर्भिलान्स एयरक्राफ्टलाई खसालेको दाबी गरेको थियो ।

यसका कारण पाकिस्तानको सर्भिलांस क्षमता ७० प्रतिशतले घटेको बताइन्छ । तर अब पाकिस्तानका तर्फबाट चिनियाँ केजे–५०० विमानको अधिग्रहणको पुष्टि भएको छ ।

यसले भारतका लागि एक नयाँ रणनीतिक चुनौती उत्पन्न भएको छ । चीनको दाबी छ कि यो विमान खाली एक निगरानी प्लेटफर्म मात्रै होइन बरु एक ’फ्लाइंग कमांड सेंटर’ पनि हो ।

जसले पाकिस्तानलाई भारतीय वायुसेनाको अपरेशन भन्दा अगाडिको सबै जानकारीहरु प्राप्त गर्न सहयोग गर्नेछ । केजे –५०० एक अत्याधुनिक एयरबोर्न अर्ली वार्निंग सिस्टम हो, जसलाई चीनको शांक्सी एयरक्राफ्ट करपोरेशनले डेभलप गरेको हो ।

यो एयरक्राफ्ट वाइ–९ ट्रांसपोर्ट प्लेटफर्ममा आधारित छ र यसमा एक स्थायी एक्टिभ इलेक्ट्रोनिकल्ली स्क्यान्ड एरी रडार जडित छ । जसले ३६० डिग्री कभरेज दिन्छ ।

यो रडार प्रणाली ४७० किलोमीटर वा त्योभन्दा धेरैको दुरीमा उडिरहेको फाइटर जेट्स पत्ता लगाउनमा सक्षम छ । यदी चीनको दाबी सही हो भने यसको अर्थ हो, कि अब पाकिस्तानले भारतीय एयरस्पेस भित्र गहिराईसम्म नियाल्न सक्न, सुचना संकलन गर्न सक्छ ।

अर्थात लाहोरमै बसेर दिल्लीको एक्सरे गर्न सक्छ । एक केजे–५०० यदि लाहौर आसपास उड्यो भने त्यसले नयाँ दिल्लीसम्मका हवाई गतिविधीहरु ट्रयाक गर्न सक्छ ।

यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #एफ–३५ जेटमा सम्झौता#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ
ताजा समाचार

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.