NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

सोमवार असार २३ , २०८२
Reading Time: 1 min read
A A
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ असार , काठमाडौं।
काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादले बजेट प्रक्रिया नै अनिश्चित बनिरहेको बेला उपमेयर सुनिता डङ्गोलले सार्वजनिक अपिल गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले मेयर शाहको प्रमुख प्रशासकीय अधिकृतलाई बाइपास गरेर कार्यपालिका बैठक राख्ने तयारीप्रति असहमति जनाउँदै सबै जनप्रतिनिधिलाई संयमित भई कानुनी प्रक्रियाभित्र रहेर समाधान खोज्न आग्रह गरेकी छन्।
मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको टकरावका कारण असार १० गतेभित्र प्रस्तुत हुनुपर्ने बजेट अझै आउन सकेको छैन। यही गतिरोधका बीच उपमेयर डङ्गोलको यो सार्वजनिक सन्देशले महानगरको नेतृत्व तहमा रहेको गहिरो मतभेदलाई सतहमा ल्याइदिएको छ।  उपमेयर डङ्गोलले आफ्नो सन्देशमा कानुनी प्रक्रिया र संस्थागत पद्धतिको महत्त्वलाई जोड दिएकी छन्।
उनले लेखेकी छन्, “म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ।”
उनले सहकार्यको भावनालाई जोड दिँदै एक मार्मिक उदाहरण प्रस्तुत गरेकी छन्, “डुङ्गा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ। हामी सबै हातेमालो गरेर अघि बढौँ।” 
डङ्गोलले बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका, नगरसभा, बजेट तर्जुमा समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्त्वपूर्ण बैठकहरू बस्न नसकेकोमा चिन्ता व्यक्त गर्दै सकारात्मक प्रयासका लागि अपिल गरेकी हुन्।
उपमेयर डङ्गोलले प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई अघि बढ्ने मेयर शाहको तयारीप्रति कानुनी र नैतिक प्रश्न उठाएकी छन्।
उनको अडान छ कि प्रमुख प्रशासकीय अधिकृत बैठकमा अनिवार्य उपस्थित हुनुपर्छ र जनप्रतिनिधिहरूले उठाएका प्रश्नको सामना गर्नुपर्छ।
“यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानुनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु,” उनले स्पष्ट पारेकी छन्, “तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन्। कानुनी हिसाबले पनि यो उचित छैन।” 
उनले प्रशासकीय अधिकृतलाई बैठकमा नराख्दा उनीमाथि लागेका आरोपहरूबाट भाग्न खोजेको सन्देश जानेतर्फ सचेत गराएकी छन्। “यसरी उहाँलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने संशय जनतामा उठ्न सक्छ,” डङ्गोलले लेखेकी छन्, “त्यसैले प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिने होइन, बरु उहाँले बैठकमा नै सामना गर्नुपर्ने भएकाले उहाँको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ।”
उपमेयर डङ्गोलले आफूले सुरुदेखि नै ’सहकार्य, सहमति र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसात् गर्दै आएको र व्यक्तिगत हितभन्दा महानगरवासीको बृहत्तर हितलाई प्राथमिकतामा राखेको स्मरण गराएकी छन्।
उनले यो विवाद समाधानका लागि मेयर, प्रवक्ता र अन्य कार्यपालिका सदस्यहरूसँग पटक–पटक अनौपचारिक छलफल गरेको र सकारात्मक सङ्केत पाएको समेत खुलासा गरेकी छन्।
उनको यो अपिलले मेयर र प्रमुख प्रशासकीय अधिकृतको विवादमा एक व्यक्तिलाई दोष दिएर बजेटजस्तो महत्त्वपूर्ण विषयलाई बन्धक बनाउन नहुने सन्देश दिएको छ।
काठमाडौँका जनताले विकास र समृद्धिका लागि निर्वाचित गरेका जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने र आपसी मतभेदलाई विधि र प्रक्रियासम्मत ढंगले समाधान गर्नुपर्नेमा उनको जोड छ।
अहिलेको गतिरोधले काठमाडौँ महानगरको विकास निर्माण र सेवा प्रवाहमा गम्भीर असर पर्ने निश्चित छ। यस्तो अवस्थामा उपमेयर डङ्गोलको यो संयमित तर दृढ सार्वजनिक अपिललाई महानगरको राजनीतिमा एक महत्त्वपूर्ण हस्तक्षेपका रूपमा हेरिएको छ, जसले अब मेयर शाहलाई थप दबाब सिर्जना गरेको छ।
मेयर बालेनले काठमाडौं टावरको नक्सापास प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै आएका छन्। उनका अनुसार, २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा महानगरलाई न्यून आर्थिक लाभ पुग्ने गरी सम्झौता गरिएको थियो, जसबाट ठेकेदारलाई अर्बौंको फाइदा पुग्ने अवस्था सिर्जना भएको छ।
थप ७ तला बनाउँदा महानगरले पाउनुपर्ने आम्दानीभन्दा धेरै कम रकम मात्र सम्झौतामा उल्लेख गरिएको छ। बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि नक्सापासमा अनियमितता गरेको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस गरे।
गुरागाईंले भने आफूले पहिल्यै भएका निर्णयहरू अनुमोदन मात्र गरेको, कुनै अनियमितता नगरेको दाबी गरेका छन्। छानबिन समितिले समेत गुरागाईंलाई दोषी प्रमाणित गर्न सकेको छैन।
विवाद चर्किएपछि मेयर बालेनले गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाए, जसका कारण महानगर प्रशासन नेतृत्वविहीन बन्न पुग्यो। गुरागाईंले संघीय मन्त्रालयमा वातावरण मिलाइदिन निवेदन दिएका थिए, तर मन्त्रालयले तत्काल नयाँ प्रशासकीय अधिकृत पठाएन।
उनलाई महानगर पठायो ।  बालेनले टावर निर्माणमा व्यापक अनियमितता र राजनीतिक चलखेल भएको भन्दै टावर नै भत्काउने तयारीसमेत गरेका छन्। तर, महानगरकै प्रवक्ताले बनेको संरचना नियमसंगत रहेको र भत्काउन नमिल्ने तर्क गरेका छन्।
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण काठमाडौं महानगरको कार्यपालिका बैठक लामो समयदेखि बस्न सकेको छैन।
यसले बजेट निर्माण र पारित प्रक्रियामा अवरोध आएको छ। बालेनले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका बैठकमा सहभागी नगराई बजेट ल्याउन खोजेको आरोप लागेको छ।
LS Auto
Tags: #काठमाडौं महानगरपालिका#’काठमाडौं टावर’#बालेन सरकार#सुनिताको बालेनलाई कडा सन्देश

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.