लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

२५ असार ८२, बिहीबार

२६ असार , काठमाण्डौं ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर चकित परेका छन् । अफ्रिकी मुलुकहरूसँगको बैठकमा लाइबेरियाका राष्ट्रपतिले अंग्रेजी बोल्दा आफूलाई आश्चर्य लागेको ट्रम्पले बताएका छन् ।

ट्रम्पसहितको बैठकमा लाइबेरियाका राष्ट्रपति जोसेफ बोआकाईले भने, ‘लाइबेरिया अमेरिकाको पुरानो मित्र हो र हामी अमेरिकालाई फेरि महान् बनाउने तपाईंको नीतिमा विश्वास गर्छौं,’।‘यो अवसर दिनुभएकोमा हामी तपाईंलाई धन्यवाद दिन्छौं ।’

Advertisement

ट्रम्पलाई लाइबेरियामा अमेरिकी लगानीका लागि फकाउने क्रममा उनले अंग्रेजी भाषामा यो कुरा भनेका थिए । उनको कुरा सुनेर ट्रम्प प्रभावित भए । त्यसपछि कहाँ भाषा सिक्नुभयो भनी सोधे ।

‘कति राम्रो अंग्रेजी, क्या सुन्दर,’ ट्रम्पले भने, ‘यति राम्रोसँग बोल्न कहाँबाट सिक्नुभयो ? तपाईंले कहाँ पढेको हो ?’ यो सुनेर बोआकाई मुस्कुराए र भने, ‘हो, सर,’ यहीँ पढेको ।

‘रमाइलो कुरा, कस्तो सुन्दर अंग्रेजी,’ ट्रम्पले भने, ‘मसँग यहाँ टेबलमा भएका मानिस यति राम्रोसँग बोल्न सक्दैनन् ।’अन्य अफ्रिकी नेताहरूले दोभाषेमार्फत ट्रम्पसँग कुराकानी गरेका थिए ।

खासमा लाइबेरियाको आधिकारिक भाषा अंग्रेजी हो । अमेरिकामा दासप्रथाबाट मुक्ति पाएका काला अमेरिकीहरूलाई राख्नका लागि लाइबेरिया देश सन् १८२२ मा बनेको थियो ।

अमेरिकामा दासप्रथा अन्त्य भएपछि काला मानिसको भविष्यले समस्या ल्याउन सक्ने भन्दै गोरा अमेरिकीहरूले यो देश बनाउन पहल गरेका थिए । लाइबेरियाको आधिकारिक भाषा अंग्रेजी भए पनि त्यहाँ अनेकौं स्थानीय भाषाहरू बोलिन्छन् ।

ट्रम्पले बुधवार ह्वाइट हाउसमा लाइबेरियाका साथै गाबोन, गिनी–बिस्साउ, मौरिटेनिया र सेनेगलका नेताहरूसँग बैठक गरेका थिए । ती नेताहरूलाई उनले अमेरिका अब अफ्रिकालाई सहायता दिने भन्दा पनि उससँग व्यापार गर्न इच्छुक रहेको र चीनभन्दा अमेरिका बढी राम्रो साझेदार रहेको बताएका थिए ।

आफ्नो प्रशासन अफ्रिकामा मैत्री सम्बन्ध बलियो बनाउन प्रतिबद्ध रहेको बताउँदै ट्रम्पले भविष्यमा अफ्रिका भ्रमण गर्न चाहेको इच्छा व्यक्त गरे ।

अफ्रिकी नेताहरूले ट्रम्पलाई संसारभरि शान्ति सम्झौता गरेको भन्दै प्रशंसा गरे र उनले नोबेल पुरस्कार पाउनुपर्ने बताएका थिए । यसबीच ट्रम्पले अगस्ट १ देखि ब्राजिलमा भने ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

यस सम्बन्धमा उनले ट्रुथ सोसलमा पत्र पनि सेयर गरेका छन् । उक्त पत्रमा ट्रम्पले ब्राजिलले अमेरिकी टेक कम्पनीहरुमाथि ‘आक्रमण’ गरेको आरोप लगाएका छन् ।

ट्रम्पले ब्राजिल सरकारले पूर्व राष्ट्रपति जायर बोल्सोनारोको ‘जासुसी’ गरेको आरोप पनि लगाएका छन् । उल्लेखनीय छ कि बोल्सोनारोलाई २०२२ मा ब्राजिलमा भएको आम चुनावको नतिजा उल्ट्याएको आरोप लगाइएको छ।

हाल उनीविरुद्ध यस विषयमा मुद्दा चलिरहेको छ । ट्रम्पको घोषणा पछि, ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले आफूले पनि अमेरिकाको ट्यारिफको बिरूद्ध कर लगाउने बताएका छन् ।

उनले न्याय प्रणालीमा कुनै पनि प्रकारको हस्तक्षेप आफ्नो देशले स्वीकार नगर्ने बताए । लुलाले बोल्सोनारो विरुद्ध चलिरहेको मुद्दामा पहिले पनि टिप्पणी गरिसकेका छन् ।

उनले ब्राजिलले कसैको ‘हस्तक्षेप’ स्वीकार नगर्ने र ‘कानूनभन्दा माथि कोही नहुने’ बताएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top