NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
कस्तो आयो बालेन नगरीको बजेट? आइतवार असार २९ , २०८२
युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ? आइतवार असार २९ , २०८२
स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो

आइतवार असार २९ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

{"caption":"u0924u0938u094du092cu093fu0930 : u091cu0947u091f u092bu094bu091fu094bu091c u0921u091fu0915u092e","photographer":"","alt_text":""}

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ असार , काठमाण्डौ ।

गएको जुन १२ मा २७० जनाको ज्यान जाने गरी भएको एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले उड्डयन जगतलाई नै स्तब्ध बनाउने रहस्यमय विवरणहरू सार्वजनिक गरेको छ।

अहमदाबादको घनाबस्तीमा खसेको १२ वर्ष पुरानो बोइङ ७८७ ड्रिमलाइनरको दुर्घटनाको केन्द्रमा ककपिटभित्रको एक रहस्यमयी संवाद र विमानको इन्धन नियन्त्रण स्वीचमा देखिएको अस्वाभाविक गतिविधि रहेको छ ।

Advertisement

यसले मानवीय त्रुटि, नियत वा गम्भीर प्राविधिक कमजोरी जस्ता अनेकौं प्रश्नहरू एकैसाथ उब्जाएको विज्ञहरुले बताएको बीबीसीले उल्लेख गरेको छ ।

एयर इन्डियाको उडान १७१ ले अहमदाबादबाट उडान भरेको केही सेकेन्डमै दुवै इन्जिनको इन्धन आपूर्ति एक्कासी बन्द भयो। अनुसन्धानले देखाएअनुसार, विमानको इन्धन नियन्त्रण स्वीच अचानक ‘कट–अफ’ अवस्थामा पुगेको थियो, जुन सामान्यतया अवतरणपछि इन्जिन बन्द गर्न मात्र प्रयोग गरिन्छ।

यसले गर्दा दुवै इन्जिनले काम गर्न छाडे र विमान ४० सेकेन्डभन्दा कम समय आकाशमा रहेर खस्यो। ककपिट भ्वाइस रेकर्डरमा संग्रहित संवादले यो घटनालाई थप रहस्यमय बनाएको छ।

रेकर्डिङमा एक पाइलटले अर्कोलाई सोधेको सुनिन्छ, “तिमीले किन कट–अफ ग¥यौ?” जवाफमा अर्को पाइलट भन्छन्, “मैले त्यसो गरेको होइन।”

यो संवादले मानवीय त्रुटि वा नियतमाथि प्रश्न उठाए पनि, विज्ञहरू तत्कालै यो निष्कर्षमा पुग्न हतार हुने बताउँछन् । टेकअफको समयमा सहपाइलटले विमान उडाइरहेका थिए भने क्याप्टेनले निगरानी गरिरहेका थिए।

संवादमा कुन आवाज कसको हो भन्ने अझै पहिचान भइसकेको छैन, जुन अनुसन्धानको एक महत्वपूर्ण पाटो बनेको छ। विज्ञहरूका अनुसार, दुवै इन्धन स्वीच एकैपटक गल्तीले कट–अफ हुनु लगभग असम्भव छ।

ओहायो स्टेट युनिभर्सिटीका उड्डयनविज्ञ शन प्रुचनिकीका अनुसार, पाइलटहरूले कुनै आपत्कालीन अवस्थाको रिपोर्ट गरेका थिएनन्, जसले गर्दा गल्तीले स्वीच दबिएको सम्भावना कम देखिन्छ।

यहीँनेर अनुसन्धान एक गम्भीर प्राविधिक कमजोरीको सम्भावनातर्फ मोडिएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार, सन् २०१८ मै अमेरिकी संघीय उड्डयन प्रशासनले केही बोइङ विमानमा जडान गरिएका इन्धन नियन्त्रण स्वीचमा ‘लकिङ’ सुविधा सक्रिय नभएकोबारे एक सूचना बुलेटिन जारी गरेको थियो।

यो डिजाइन दुर्घटनाग्रस्त बोइङ ७८७ विमानमा पनि प्रयोग भएको थियो। तर, उक्त सूचना कानुनी रूपमा बाध्यकारी नभएकाले एयर इन्डियाले त्यसअनुसार जाँच गरेको थिएन।

प्रुचनिकी प्रश्न गर्छन्, “के स्वीच आफैँ ‘अफ’ पोजिसनमा जान सक्छ? यदि हो भने, यो साँच्चिकै गम्भीर विषय हो।” भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोका पूर्वअनुसन्धानकर्ता क्याप्टेन किशोर चिन्ताले पनि यो आशंकालाई बल दिँदै बीबीसीसँग भनेका छन्, “के इन्धन कट–अफ स्वीच पाइलटको कुनै हर्कतबिना नै विमानको इलेक्ट्रोनिक नियन्त्रण इकाईद्वारा सक्रिय हुन सक्छ? यदि यस्तो हो भने, यो प्रणालीगत चिन्ताको विषय हो।”
यस्तै ¥याम एयर टर्बाइन सक्रिय भएको छ। विमानको यो आपत्कालीन प्रणाली दुवै इन्जिन फेल भएको अवस्थामा मात्रै सक्रिय हुन्छ। यसको सक्रियताले दुवै इन्जिन एकैपटक बन्द भएको कुरालाई पुष्टि गर्ने विज्ञहरु बताउँछन् ।

विमान खस्दा ल्यान्डिङ गियर तानिएको थिएन। एक अनुभवी ७८७ पाइलटका अनुसार, दुवै इन्जिन फेल भएपछि पाइलटहरू स्तब्ध अवस्थामा पुग्छन्।

उनीहरूको ध्यान विमानलाई कसरी सुरक्षित अवतरण गराउने भन्नेमा केन्द्रित हुन्छ, ल्यान्डिङ गियरजस्ता प्रक्रियामा ध्यान जाँदैन। यसले चालक दलसँग प्रतिक्रिया जनाउन अत्यन्तै कम समय भएको देखाएको विश्लेषण गरिएको छ ।

प्रतिवेदनअनुसार, पाइलटहरूले अवस्थालाई सम्हाल्ने प्रयास गरेका थिए। स्वीचलाई पुनः सामान्य स्थितिमा फर्काएपछि एउटा इन्जिनले शक्ति प्राप्त गर्दै थियो भने अर्को भर्खरै पुनः सुरु भएको थियो, तर पूर्ण शक्तिमा आइसकेको थिएन।

तर, उचाइ यति कम थियो कि विमानलाई सम्हाल्न पर्याप्त समय र शक्ति दुवै भएन। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डका पूर्वप्रबन्ध निर्देशक पिटर गोएल्जका अनुसार, सीभीआरको संवाद मात्र पर्याप्त छैन; आवाजको पहिचान हुनु र सम्पूर्ण घटनाक्रमको दृश्य प्रमाण हुनु अनिवार्य छ।

यदि ककपिटमा भिडियो रेकर्डर जडान गरिएको हुन्थ्यो भने, ‘कट–अफ’ स्वीचमा कसको हात थियो वा त्यो आफैं सरेको थियो भन्ने प्रश्नको जवाफ तुरुन्तै मिल्ने थियो।

हाल अनुसन्धानकर्ताहरू पाइलटहरूको पृष्ठभूमि, स्वास्थ्य अवस्था र इन्धनको गुणस्तर जस्ता सबै पक्षहरूको गहिरो विश्लेषण गरिरहेको उल्लेख गरिएको छ ।

यो दुर्घटना अब मानवीय भूल र गम्भीर प्राविधिक त्रुटिको बीचमा अड्किएको एक जटिल रहस्य बनेको छ। अन्तिम प्रतिवेदनले मात्र बोइङ ७८७ को डिजाइन, एयर इन्डियाको मर्मत प्रक्रिया र त्यो दुर्भाग्यपूर्ण ४० सेकेन्डमा ककपिटभित्र वास्तवमा के भएको थियो भन्ने सत्य उजागर गर्नेछ।

गत जुन १२ मा, एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान चालक दलसहित २४२ जना यात्रु बोकेर अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको थियो।

तर, उडेको केही बेरमै विमान मेघनीनगरको आवासीय क्षेत्रमा खस्यो। दुर्घटनामा विमानमा सवार २४१ जना र जमिनमा रहेका मेडिकल कलेजका विद्यार्थी, सर्वसाधारणसहित २७० भन्दा बढीको मृत्यु भएको थियो । विमानका एक यात्रु भने बाच्न सफल भएका छन् ।

Tags: #एयर इन्डिया दुर्घटना#दुर्घटनाग्रस्त एयर इन्डियाको इन्धन#पाइलको संवाद बाहिरियो

लोकप्रीय

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

विचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

थप समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’
ताजा समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
आर्थिक

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
अन्तर्राष्ट्रिय

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
ताजा समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.