प्रदेश राजधानी र नामाकरण : सजिलो बाटो खोज्दै दलहरु

१८ असोज ७५, बिहीबार
Share this
747shares

विराटनगर : प्रदेश १ को स्थायी राजधानी र नामाकरणको विषयमा प्रदेश सभाका प्रमुख दल भित्रको सहमती सजिलो छैन ।संसलीय दलको दुई दिन बैठक बसेर स्थिगित गरिएको नेपाल कम्यिुनिष्ट पार्टी होस् या प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस, दुवै दलभित्र निजी अडानमा अड्किएका साँसद्हरुको संख्या पर्याप्त छ ।

Advertisement

तर प्रदेश सरकारले दशैँ अघि नै राजधानी र नामाकरण टुङ्गो लगाउने तयारी गरेका कारण ।सहमतीको सजिलो बाटोमा अघि बढ्नुको बिकल्प कसैसँग छैन ।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धि प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुन्छ भनी उल्लेख छ ।

Advertisement

त्यही धारालाई टेकेर प्रदेश १ को स्थायी राजधानी तोकिने हो । तर प्रदेश सभामा एक्लै दुई तिहाई रहेको नेकपा संसदीय दलको बैठकमा नाम र राजधानी तोक्ने विषयमा मतान्तर देखिँदा प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेस भने सर्वसम्मत निर्णय गर्ने तयारीमा छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top