×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

३ श्रावण २०८२
२ साउन , काठमाण्डौं ।
हमासविरुद्ध गाजापट्टी, हिजबुल्लाहविरुद्ध लेबनान, हुथीविरुद्ध यमन र इरानसँगको प्रत्यक्ष सैन्य टकरावपछि अब इजरायलले वर्षौंदेखि गृहयुद्धको आगोमा जलिरहेको सिरियामा एउटा नयाँ र खतरनाक मोर्चा खोलेको छ। यो मोर्चा खोल्नुको पछाडि दुई शक्तिशाली र अडिग नेताहरूको प्रत्यक्ष टकराव छ ।
एकातिर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, जो आफ्नो देशको सुरक्षाका लागि कुनै पनि हदसम्म जान तयार छन् र अर्कोतिर, लडाकु कमाण्डरबाट सिरियाको नेतृत्वमा पुगेका अन्तरिम राष्ट्रपति अहमद अल–शरा, जसले इजरायली हमलाबाट नडराउने  बरु सिध्याउने भन्दै खुला चेतावनी दिएका छन्।
यो टकरावले मध्यपूर्वको अस्थिर राजनीतिमा बारुदको थुप्रोमा सलाई कोरेको छ ।यसको परिणाम भयानक हुन सक्ने    अनुमान  गर्न थालिएकोछ ।
बिहीबार, इजरायली प्रधानमन्त्री नेतन्याहुले एउटा भिडियो सन्देशमार्फत सिरियाका लागि दुईवटा “रेड लाइन“ घोषणा गर्दै आगो ओकलेका छन् ।
उनले भने, “सिरियामा हाम्रा दुईवटा रेड लाइन छन् र त्यसलाई कसैले पार गर्ने हिम्मत नगरोस्।“ उनका अनुसार, यी रेड लाइनहरू हुन्– दमास्कसको दक्षिणमा रहेको इजरायली सीमा नजिकको क्षेत्रलाई पूर्ण रूपमा विसैन्यीकरण गर्नु र सिरियामा रहेका ड्रुज अल्पसंख्यकहरूको सुरक्षा गर्नु।
नेतन्याहुले अल–शरा सरकारमाथि यी दुवै रेड लाइन उल्लङ्घन गरेको गम्भीर आरोप लगाएका छन् । उनले भने, “अल–शरा सरकारले विसैन्यीकरण गर्नुपर्ने क्षेत्रमा सेना पठायो र त्यहाँका ड्रुज समुदायमाथि नरसंहार सुरु ग¥यो।
हामी यो कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौं।“ आफ्नो चेतावनीलाई कार्यान्वयन गर्न इजरायली वायुसेनाले सिरियाको आकाशमा गर्जन सुरु गरिसकेको थियो ।
इजरायली लडाकु विमानहरूले राजधानी दमास्कसमा भीषण हमला गरे, जसमा सिरियाली रक्षा मन्त्रालयको भवनसमेत निशाना बन्यो। नेतन्याहुले यो हमलालाई बल प्रयोग गरेर हासिल गरिएको युद्धविराम भन्दै आवश्यक परेमा यस्ता कारबाही जारी राख्ने वाचा गरेका छन् ।
उता इजरायलको यो एकतर्फी हमला र चेतावनीपछि सिरियाली राष्ट्रपति अहमद अल–शराले पनि कडा चेतावनी दिएका छन् । आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा उनले नेतन्याहुलाई सिधा र कडा जवाफ फर्काएका हुन् ।
उनले इजरायलको ड्रुज अत्याचारको आरोपलाई ठाडै अस्वीकार गर्दै यसलाई सिरियाली समाजलाई तोड्ने इजरायली षड्यन्त्र को संज्ञा दिएका छन्।
अल–शराले चेतावनीको भाषामा भनेका छन् , “सिरियालीहरू युद्धसँग डराउँदैनन्। इजरायली सेना र नेतन्याहु सरकारले आफ्नो सीमा पार नगरोस्।“
उनले थप भनेका छन् , “हामीले सिरियाली जनताको हितलाई मृत्यु र विनाशभन्दा माथि राखेका छौं, तर यदि हाम्रो स्वाभिमानमा खतरा आयो भने हामी लड्नेछौं। म विश्वास दिलाउन चाहन्छु, हामी सिरियालाई टुक्र्याउने इजरायली षड्यन्त्र सफल हुन दिने छैनौं “
यो टकरावको केन्द्रमा सिरियाको स्वेदा प्रान्त छ, जहाँ ड्रुज मिलिसिया र बेदोइन जनजातिबीच भएको झडपमा ३५० भन्दा बढी मानिस मारिएका छन्। यही हिंसालाई आधार बनाएर इजरायलले ड्रुजहरूको रक्षाको नाममा सिरियामा हस्तक्षेप गरेको हो।
ड्रुज समुदाय, जो सिरिया, लेबनान र इजरायलमा फैलिएका छन्, उनीहरूमध्ये धेरै इजरायलप्रति वफादार मानिन्छन् र इजरायली सेनामा पनि कार्यरत छन्। यही कारण इजरायलले उनीहरूको सुरक्षालाई आफ्नो राष्ट्रिय स्वार्थसँग जोडेको छ।
यद्यपि, इजरायली हमलापछि सिरियाली सरकार स्वेदाबाट सेना फिर्ता लिन सहमत भएको छ, तर यो युद्धविराम कतिबेलासम्म टिक्छ भन्ने कुनै ग्यारेन्टी छैन।
युद्धविरामको घोषणा भएको २४ घण्टा नबित्दै इजरायलले फेरि स्वेदा वरपर हवाई हमला गरेको सिरियाली समाचार एजेन्सीले दाबी गरेको छ, यद्यपि इजरायलले यसलाई अस्वीकार गरेको छ।
अहिले सिरिया एउटा यस्तो रणभूमि बनेको छ जहाँ दुई शक्तिशाली नेताहरू एकअर्कालाई झुकाउन खोजिरहेका छन्।
नेतन्याहु आफ्नो ’रेड लाइन’ लाई कुनै पनि हालतमा कायम राख्न चाहन्छन् भने अल–शरा आफ्नो सार्वभौमिकतामाथि कुनै पनि बाह्य हस्तक्षेप सहन तयार छैनन्।
मध्यपूर्वको यो नयाँ मोर्चाले विश्वको ध्यान तानेको छ, किनकि यहाँ हुने एउटा सानो गल्तीले पनि सम्पूर्ण क्षेत्रलाई युद्धको भयानक आगोमा धकेल्न सक्छ।
Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top