NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
Reading Time: 1 min read
A A
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२ साउन , काठमाण्डौं ।
एकातिर नेकपा (एमाले) भित्र भावी नेतृत्व र विधान संशोधनलाई लिएर आन्तरिक संघर्षको आगो दन्किरहेको छ, अर्कोतिर सोही पार्टीको जगमा उभिएका तीन पुराना सहयोद्धाहरू भावुक रुपमा अंगालोमा बाँधिएर वामपन्थी एकताको नयाँ अध्यायको उद्घोष गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) बीचको एकता घोषणा कार्यक्रम केवल दुई पार्टीको मिलन मात्र देखिएको थिएन, यो एमालेको विगत, वर्तमान र भविष्यको राजनीतिको एक प्रतीकात्मक र अर्थपूर्ण मञ्च बन्यो ।
जहाँ आशा, सपना र पुराना घाउहरू शीर्ष नेताहरुले पालैपालो खोतले ।   एकीकृत समाजवादीसम्म आउन मलाई चार वर्ष लाग्यो, मञ्चमा उक्लिएका ७७ वर्षीय वामदेव गौतमले आफ्नो राजनीतिक यात्राको सार सुनाउदै भने, जब उनले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग अंगालो मारे, तब हल गडगडाहट तालीले गुञ्जियो।
कुनै बेला एउटै पार्टीको शीर्ष तहमा बसेर सहकार्य गरेका यी तीन नेताको यो पुनर्मिलनले उपस्थित नेता–कार्यकर्तामा मात्र होइन, समग्र वामपन्थी वृत्तमा नै एक किसिमको तरंग पैदा गरेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बताए ।
एकता सभालाई सम्बोधन गर्दै गौतमले आफ्नो चिरपरिचित शैलीमा आत्मविश्वास प्रस्तुत गरे। “चार वर्षपहिले म यो पार्टीमा आउन पाएको भए, समाजवाद निर्माण सुरु भइसक्थ्यो। किनभने म लागेपछि हुन्छ,“ उनको यो दाबीले हलमा हाँसो र तालीको फोहोरा छुटायो। उनले आफू सय वर्षसम्म बाँच्ने र त्यतिन्जेलसम्म कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन लागिरहने अठोट व्यक्त गरे।
गौतमको यो यात्रा सहज थिएन। नेकपा एकीकरणपछि अध्यक्ष केपी शर्मा ओलीसँग उनको टकराव उत्कर्षमा पुगेको थियो। गौतमले ओलीमाथि पार्टीमा एकलौटी गर्ने, आलोचना नसहने र अधिनायकवादी शैली अपनाएको आरोप लगाएका थिए।
नेकपा विघटनपछि एमालेमा फर्किन चाहे पनि ओलीले नै आफूलाई रोकेको उनको बुझाइ थियो। पटक–पटक वामपन्थी एकताको प्रयास गरे पनि ओलीबाट सकारात्मक प्रतिक्रिया नपाएपछि अन्ततः ७ वर्षको उमेरमा कम्युनिस्ट झण्डा बोकेका गौतम एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीमा समाहित हुन पुगेका छन्।
गौतम केवल पार्टी एकताको सन्देश दिन मात्र मञ्चमा उभिएका थिएनन्, उनीसँग भविष्यको नेपालको एउटा महत्वाकांक्षी सपना पनि थियो।
उनले आगामी १० वर्षभित्र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद निर्माण गरेर नेपाललाई युरोपेली मुलुकको स्तरमा पुरÞ्याउने र नेपालीहरूलाई मागेर खाने होइन, संसारलाई पाल्न सक्ने अवस्थामा पुरÞ्याउने भव्य सपना सुनाए।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो एकता अभियानको एउटा सुरुवात मात्र भएको बताए। “हामी एकताबद्ध हुन चाहने सबैसँग सहकार्य गर्न तयार छौं। समाजवादी मोर्चा त्यसैको एउटा उदाहरण हो,“ उनले भने।
सम्मानित नेता झलनाथ खनालले पनि वामपन्थी एकता आजको आवश्यकता भएको तर त्यसका लागि सही नीति र सिद्धान्त चाहिने बताए।
उनले विगतमा नेकपा एकता नीतिगत आधारमा नभएकाले नै टिकेको र त्यसले कम्युनिस्ट आन्दोलनलाई नै दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको आरोप लगाए।
संयोग नै मान्नुपर्छ, यता राष्ट्रिय सभागृहमा जुटको सन्देश गुञ्जिँदै गर्दा, उता च्यासलस्थित एमाले मुख्यालयमा  बेमेल र विवादको आगो सल्किरहेको छ ।
यही बेला भएको माधव–झलनाथ–वामदेवको यो एकतालाई एमाले र एकीकृत समाजवादीका दोस्रो–तेस्रो पुस्ताका नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन्।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइले यसलाई थप प्रस्ट्याउँछ, “अप्ठेरो बेलामा साथीभाइ जोडिनु महत्त्वपूर्ण हुन्छ, यो त मुलुकको क्रान्तिकारी आन्दोलनको प्रश्न हो।“
एमालेले ’बेवास्ता’ गरेपछि एकीकृत समाजवादी रोजेका वामदेव गौतम अब अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरीयताको वरिष्ठ नेता बनेका छन्।
अब के यो एकताले साँच्चै वामपन्थी आन्दोलनलाई नयाँ दिशा देला? के वामदेव गौतमले देखेको ’समाजवादको सपना’ पूरा होला? वा यो केवल केही पुराना नेताहरूको राजनीतिक व्यवस्थापनको प्रयास मात्रै हो?
यसको जवाफ भविष्यले देला, तर हालका लागि यसले तरंगित एमालेलाई थप दबाब र विभाजित वामपन्थीहरूलाई एकताको झिनो आशा भने अवश्य दिएको छ।
Advertisement
Tags: #अंगालोमा बाँधिए माधव–झलनाथ–बामदेव#एमालेभित्र किचलो#बाहिर ‘पुराना तीन यार’को अंगालो#सय वर्षसम्म राजनीति गर्ने

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.