×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित, ३ ओभरमै लक्ष्य भेट्टायो

१८ आश्विन २०७५

काठमाडौँ, असोज १८
आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले बुधबार म्यान्मालाई आठ विकेटले पराजित गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा म्यान्माले दिएको ३० रनको झिनो लक्ष्य नेपालले तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।

Advertisement
Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको म्यान्माले १० ओभरमा अलआउट हुँदै २९ रन मात्र जोडेको थियो । म्यान्माका लागि कप्तान लिन अङले सर्वाधिक १६ रन जोडको थिए ।

म्यान्माका पाँच ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । नेपालका सन्दीप लामिछानेले चार र ललित राजवंशीले तीन विकेट लिएका थिए । ३० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले किरण केसीको अविजित अनिलकुमार साहले ११ र विनोद भण्डारी एक रनमा अविजित रहे । नेपालले मात्र तीन ओभरमै लक्ष्य पूरा गरेको थियो ।

नेपालले म्यानमारलाई दोस्रो पटक हराएको हो । यसअघि सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यान्मालाई १० विकेटले पराजित गरेकोे नेपाली राष्ट्रिय टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि पहिलो पटक म्यान्मासँग खेलेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यान्मालाई १० विकेटले पराजित गरेको थियो ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोल गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा पारस खड्का ९कप्तान०, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन शिवाकोटी छन् । छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।

Advertisement

सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली यही असोज १५ गते मलेसिया गएको हो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top