NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने

सोमवार साउन १९ , २०८२
Reading Time: 1 min read
A A
१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१९ साउन , काठमाण्डौ । 
अमेरिकामा एउटा ठूलो विमान दुर्घटना हुनबाट जोगिएको  रिपोर्ट सार्वजनिक भएको छ । गत हप्ता भर्जिनियाको वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै युनाइटेड एयरलाइन्सको एउटा विमानले आपतकालीन अवतरण गरेको थियो।
यूएसए टुडेको रिपोर्टअनुसार, म्युनिखका लागि उडेको बोइङ ७८७, जुन युनाइटेड फ्लाइट १०८ को नाममा सञ्चालित थियो, त्यसको इन्जिन अचानक फेल भयो, जसपछि पाइलटले ’मेडे’ अर्थात् विमान दुर्घटनाको आशंकामा कल गरेका थिए।
रिपोर्टमा भनिएको छ कि वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट म्युनिख गइरहेको युनाइटेड एयरलाइन्सको फ्लाइट  यूए १०८ लाई उडान भरेको केही मिनेटमै आपतकालीन अवतरण गर्न बाध्य हुनुप¥यो।
२५ जुलाईको साँझ करिब ६ बजे जब विमान करिब १० हजार फिटको उचाइमा पुग्यो, त्यहीबेला विमानको देब्रेतर्फको इन्जिन फेल भएको थियो।
सार्वजनिक रिपोर्टअनुसार, उक्त विमानमा २१९ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए र १० हजार फिटको उचाइमा पुग्दा यसको इन्जिन फेल भएको थियो।
त्यसपछि पाइलटहरूले आपतकालको घोषणा गर्दै ’मेडे–मेडे’ कल गरे, जुन कुनै पनि गम्भीर विमान संकटको समयमा दिइन्छ। एयर ट्राफिक कन्ट्रोलले तत्काल प्रतिक्रिया दिँदै फर्कनका लागि सफा बाटो उपलब्ध गरायो।
रिपोर्टअनुसार, राति करिब ८ः३३ बजे युनाइटेड एयरलाइन्सको उक्त फ्लाइटलाई सफलतापूर्वक डलेस विमानस्थलमा अवतरण गराइयो। विमानस्थलको दमकल तथा उद्धार टोलीले तत्काल विमानको जाँच ग¥यो र त्यसपछि त्यसलाई तानेर गेटसम्म लगियो।
युनाइटेड एयरलाइन्सले प्राविधिक खराबीका कारण फ्लाइटको आपतकालीन अवतरण गरिएको पुष्टि गरेको छ, यद्यपि कुनै पनि यात्रु वा चालक दलका सदस्यलाई चोटपटक लागेन।
यस घटनापछि युनाइटेड एयरलाइन्सले उक्त उडान रद्द ग¥यो र सबै प्रभावित यात्रुहरूका लागि वैकल्पिक यात्राको व्यवस्था ग¥यो। विमानस्थल प्रशासनले यस घटनाका कारण अन्य उडानहरूमा कुनै असर नपरेको जानकारी दिएको छ।
विमानस्थल प्रशासनका प्रवक्ता क्रिस्टल नोसलले यूएसए टुडेलाई भनेका छन् , “विमान सुरक्षित रूपमा अवतरण भयो, विमानस्थल प्राधिकरणको अग्नि नियन्त्रण र उद्धार टोलीले त्यसको जाँच ग¥यो र त्यसपछि त्यसलाई गेटसम्म लगियो। अन्य उडानहरूमा कुनै अवरोध भएन। सबै यात्रु र चालक दलका सदस्यहरू बिना कुनै चोटपटक गेटमा सुरक्षित रूपमा ओर्लिए।“
उनले पाइलटको बुद्धिमत्ताले गर्दा मानिसहरूको ज्यान जोगिएको बताए। यसैबीच उडिरहेको विमानमा हुने हलचल अर्थात् ’टब्र्युलेन्स’ सन् २०५० सम्ममा तीन गुणाले बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
जलवायु परिवर्तनका कारण भू–उपग्रह, रडार वा मानिसका आँखाले पत्ता पाउन नसक्ने सफा मौसमका बेला हुने हलचल तीव्र गतिमा बढिरहेको हो ।
यस्ता घटनाहरू वर्षेनि बढिरहेका युनभर्सिटी अफ रेडिङका एट्मोस्फेरिक साइन्सका प्राध्यापक पोल विलियम्सले बताएका छन् । उनका अनुसार भरपर्दाे मौसमी रेडर्क राख्न थालेको समय सन् १९७९ को तुलनामा अहिलेसम्म यस्ता घटना ५५ प्रतिशत बढिसकेको छ ।
आउँदो दिनमा उडिरहेको विमानमा हुने हलचल पूर्वी एशिया र उत्तर एट्लान्टिक क्षेत्रमा धेरै हुने अनुमान रहेको तर प्रभाव भने विश्वभर पर्ने  उनले बताएका छन् ।
विमानमा एक्कासी हलचल आउँदा यात्रुहरू ठोक्किने, घाइते हुने र ज्यान जानेसमेत जोखिम रहन्छ । यस्ता घटनाहरूले मानिसहरूको उडान रुचिसमेत घट्दै जाने अध्ययनले देखाएको छ ।
सम्भावित दुर्घटनाको जोखिमसँगै विमान बिग्रने र पाइलटहरूले हलचल छल्न खोज्दा उडान समय लम्बिन सक्ने जोखिम पनि रहन्छ । यसले इन्धन खपत पनि बढाउँछ ।
यस्ता हलचलको पूर्वानुमान तथा विमानको डिजाइनमा सुधार गरी हलचल घटाउने प्रयास भइरहे पनि अहिले नै धेरै प्रगति भइसकेको छैन ।
LS Auto
Tags: #१० हजार फिट माथि विमानको इन्जिन फेल#टर्बुलेन्स तीन गुणाले बढ्ने

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.