×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

कोशी नदीको ५० किलोमिटर दुरीमा दुई कम्पनीले स्पिडबोट र जेटबोट सञ्चालन गर्ने

१८ आश्विन २०७५

काठमाडौं,असोज १८
कोशी नदीको ५० किलोमिटर दुरीमा जेटबोट र स्पिडबोट सञ्चालन हुने भएको छ । कोसी एड्भेन्चर प्राइभेट लिमिटेड र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवाले नदीमा जल यातायात सुरु गर्न लागेका हुन् ।

कोसी एड्भेन्चरले कोसी नदीमा स्पिडबोट सञ्चालन गर्नेछ । सुनकोसी, सप्तकोशी र अरुण नदीमा वराह क्षेत्रले स्पिडबोट सञ्चालन गर्ने भएको हो । स्पिडबोट सुनसरी, उदयपुर, धनकुटा र भोजपुरमा सञ्चालन हुने प्रालीले जनाएको छ ।

Advertisement
Advertisement

प्रालीका अनुसार स्पीडबोटबाट २ नगरपालिका र ३ गाँउपालिका प्रभावित हुनेछन् । प्रालीले बराहक्षेत्र, बेलका नगरपालिका र साँगुरागढी, हतुवागढी, खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिका प्रभावित हुने र सो क्षेत्रका बासिन्दासँग आयोजनाको विषयमा राय सल्लाह माग गरेको छ ।

आयोजना परामर्शको काम प्रकृति कन्सल्ट प्रालीले गर्नेछ । आयोजना सञ्चालन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय पर्यटन विभागबाट स्वीकृति समेत लिइसकेको प्रालीले जनाएको छ ।

यसअघि नै कोशी नदिमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले २५ सिट क्षमताको मिनी पानी जहाजको परिक्षण सञ्चालन गरिरहेको छ । सो कम्पनीले ३ वटा मिनी पानी जहाजबाट बराहक्षेत्रदेखि भोजपुरसम्म जल यात्रा आरम्भ गराउन लागेको हो । २५ सिट क्षमताको जेटबोटले चतरादेखि भोजपुरको सिम्लेसम्म ५० देखि ६० किलोमिटर दुरी पार गर्नेछ ।

नेपालमा यो जेटबोट पहिलो पटक भित्र्याउन लागिएको हो, यसको प्ररम्भिक लागत ५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिने कम्पनीले विस्वास गरेको छ ।

Advertisement
Advertisement

यस आयोजनाले पनि बराह, बेलका, हंतुवागढी र खाल्सा छिन्ताङ शहिदभुमी लगायतको क्षेत्रलाई समेट्नेछ ।
(विकास न्युजबाट)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top