NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ? मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ? मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध मङ्लबार भदौ १७ , २०८२
सैन्य परेडमा पुटिन,किमसँगै ओली,चीनले कस्तो हतियार देखाउँदैछ ? मङ्लबार भदौ १७ , २०८२
Next
Prev

समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
Reading Time: 1 min read
A A
ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ भदौ , काठमाण्डौ ।

नेपाली राजनीतिमा दशकौँसम्म शीर्ष नेताहरूको दबदबा रह्यो। उनीहरू पार्टीभित्र मात्र होइन, आम जनमानसमा पनि “निर्णायक” र “अपरिहार्य” पात्रका रूपमा स्थापित थिए। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईजस्ता नेताको नाम राजनीतिक स्थायित्व, आन्दोलन र सत्ताको निर्णायक धुरीसँग गाँसिएको थियो।

तर पछिल्लो समय, यिनै नेताहरूको लोकप्रियता शेयर बजारको झरेको मूल्यझैँ घटिरहेको देखिन्छ । प्रश्न उठ्छ—किन घट्दै छ शीर्ष नेताहरूको क्रेज? अर्को तिर छोटो समयमा पार्टी खोलेर लोकप्रियता कमाएका रास्वपाका सभापति रवि लामिछाने देखि स्वतन्त्र उम्मेदवारी दिएर जितेका बालेन शाह मात्र हैन धरानका मेयर हर्क साम्पाङ देखि धनगढीका स्वतन्त्र मेयर गोपाल हमाल सम्मको क्रेज दिन प्रतिदिन उकालोलागि रहेको छ ।

LS Auto

एकातिर निकै लामो इतिहास अनि त्याग र व्यवस्थाका लागि नै जेल जीवन बिताएका नेताहरूको लामो सुची छ । फुल्दै गएको केश चाउरिएको अनुहार बुढ्यौली शरीरले पनि थेग्न नसक्ने कुर्सीको लालचा ती त्यागी नेताहरूमा अझै मरिसकेको छैन ।

अर्का तिर तिनै बुढा नेताहरूले ल्याएको व्यवस्थाको सदुपयोग गर्दै उदाएका नयाँ अनि युवा नेताहरूको सुची पनि निकै लामै छ । चाहे त्यो पार्टीको नाममा होस या स्वतन्त्रका नाममा होस उनीहरूको क्रेजले सडक देखि सामाजिक सञ्जालहरूसम्म छपक्कै ढाकिने गर्छन् ।

देशमा धेरै व्यवस्था परिर्वतन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै जनतामा तीव्र असन्तुष्टि चुलिरहेका बेला नेताहरू प्रतिको वितृष्णालाई क्यास गर्दै अघि बढेका युवा नेताहरूको यात्रा कहाँसम्म पुग्ने हो त्यो त अहिले नै अनुमान गर्दा अलि छिटो हुन्छ होला ।

पुराना पार्टी भित्रका नयाँ नेताहरू नेतृत्वमा आउन नसकेपछि जनता नयाँ पार्टी र युवा पंक्ति तर्फ आकर्षित भएका हुन भन्ने कुरामा सत्यता देखिन्छ । चाहे जे होस यति बेला नेपाली राजनीतिमा जनताको मुक्तिका लागि लडेका पुराना नेताहरूको क्रेज शेयर बजारको वियरिस ट्रेन्ड जस्तै ओरालो लागि रहेको छ भने नयाँ र युवा नेताहरूको क्रेज शेयर बजारको बुलिस ट्रेन्डजस्तै चुलिँदो छ।

यसको उदाहरण केही दिन अघि मात्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एक कार्यक्रममा बोल्दै आफ्नो राप र ताप हिजोको जस्तो नरहेको गुनासो पोखे । उनले भने, ‘’हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा सङ्गठन त त्यति ठुलो होइन । तर राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो। क्यान्टेनमेन्ट भए पनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त …..छैन,’ उनले भने। उनले आफूहरू फेरी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब । नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरूले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन । हामीलाई शक्ति चाहिन्छ,’ अनि मात्र सान पाइन्छ सम्म भन्न भ्याए ।

यसले के पुष्टि हुन्छ भने हिजोका नेताहरूका अचेल सान र मान दुवै गुमेको छ । त्यसको अनुभव प्रचण्डले सुनाइसकेका छन् । देशको सबै भन्दा पुरानो र ठुलो दलका सभापति जो पाँच पटक यो देशको प्रधानमन्त्री भई सके अव छैटौँ पटक प्रधानमन्त्री बन्नका लागि बिरालोले मुसोको दुलो कुरे झैँ कुरेर बसेका छन् ।

उनको सान मान र क्रेज सामाजिक रूपमा पटकै छैन । पार्टी भित्र एक छत्र राज छ तर जनता तिर हे¥यो भने निराशा मात्र छ । उनी माथि सरकारमा रहँदा भ्रष्टाचारका काण्डै काण्ड मच्चाएको, श्रीमतीलाई जबरजस्ती पार्टीमा मात्र हैन मन्त्री सम्म बनाएको, पाँच पटक प्रधानमन्त्री बन्दा समेत देशलाई सही दिशा दिन नसकेको र पार्टी भित्र चरम गुटबन्दी बनाएको लगायतका दजनौं आरोपहरू छन् ।

तर उनी अहिले पनि यी सब कुरा सुन्न तयार छैनन् । उनलाई केवल आफू कसरी प्रधानमन्त्री बन्ने श्रीमतीलाई कसरी मन्त्रीमा टिकाइ रहने अनि आउने काँग्रेसको १५ औँ महाधिवेशनमा कसरी आफ्नो पकड राख्ने सम्मको चिन्तामात्रै देखिन्छन् । त्यसैले उनी प्रति जनताको रुचि पटक्कै छैन भने सामाजिक सञ्जालमा गाली खाने प्रमुख नेताहरू भित्र आउँछन् शेरबहादुर देउवा ।

कुनै वेला यो देशमा एकलौटी क्रेज बटुलेर जनता माझ राष्ट्रवादी नेताका रूपमा स्थापित नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यति बेला सबै भन्दा बढी आलोचित नेताका रूपमा चिनिन्छन् । सामाजिक सञ्जाल होस या चिया पसल ओलीको विरोध नगर्ने मान्छे विरलै भेटिन्छन् ।

चाहिने भन्दा बढी कुरा गर्ने भ्रष्टचारीहरुको संरक्षण गर्नेदेखि पार्टीलाई ओली कम्पनीका रूपमा लगेको सम्म आरोप उनी माथि छन् । चार पटक प्रधानमन्त्री भईसकेका ओलीले पनि जनताको समृद्धिका लागि न त कुनै ठोस योजना ल्याएका छन् न त कुनै भिजन र अडान नै देखिन्छ । रेल,पानी जहाज सबै हावामा नै उडिरहेका छन् ।

झन्डै दुई तिहाइ नजिक रहेको नेकपा विभाजनदेखि सत्ताका लागि जस्तो सुकै हर्कत गर्न सक्ने नेताका रूपमा समेत ओलीलाई हेर्ने गरिएको छ।१४ वर्ष कठोर कारावास जीवन बिताएर नेपाली राजनीतिको शिखर चुम्न सफल भएका ओली नेकपा (एमाले) को अध्यक्ष र देशको चार पटक यो देशको प्रधानमन्त्री बन्न सफल त भए तर जनता माझ राज नेताका रूपमा स्थापित हुनु पर्नेमा अहिले सबै भन्दा बढी आलोचित पात्र बनेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्न रुचाउने ओलीले प्रधानमन्त्री भएका बेला चाही यो मुद्दालाई चटकै भुल्ने गरेका छन् । उनको योगदान अतुलनीय रहे पनि कुनै बेला सबैका बा बन्न सफल बनेका ओली अहिले सबै भन्दा बढी आलोचित छन् ।

उनी फेरी पार्टी विधानलाई परिवर्तन गरेर भए पनि जबरजस्ती तेस्रो पटक पार्टीको अध्यक्ष बन्ने दौडमा छन् । उनीमाथि धेरै भ्रष्चारलाई प्रशय दिएको नेपालका कम्युनिस्ट हरुलाई एक हुन नदिएको लगायतका आरोप छन् ।

यस्तै अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पनि मुलुक र जनताले धेरै आशा गरेका थिए । तर उनको द्वध चरित्र, पद लोलुपता, परिवारवाद लगायतका कारण उनी पनि राजनेता भन्दा पनि अन्य नेताहरूको तहमा आलोचित हुन पुगेका छन् ।

पञ्चायत विरोधी आन्दोलनमा २०३८ सालमै भूमिगत भएका प्रचण्ड एकै पटक २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भए। २०४६ सालमा नेकपा मशालको प्रमुख भए यता प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन्।

यहाँसम्म आइपुग्दा उनले पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन्। तर उनले प्रमुख पद भने छोडेका छैनन् । प्रचण्ड तिन पटक यो देशको प्रधानमन्त्री बनी सकेका छन् । देशमा सङ्घीय गणतन्त्र ल्याउनका लागि महत्त्वपूर्ण योगदान पु¥याएका प्रचण्डले देशको काँचुली फेर्ने आशा आम नेपालीले गरेका थिए ।

तर उनी पनि अन्य दलका नेता जस्तै अवसरवादी पदलोलुप, गुटबन्दीमा रमाउने भ्रष्टाचार जालोमा रुमलिएका मात्र नभई परिवारवादका खलनायक भएर निस्केकै कारण आलोचनाको केन्द्रमा छन् । पुराना नेताहरूको आलोचनमा हुनुमा धेरै कारण छन् ।

पहिलो कारण, समय र परिस्थितिको परिवर्तन हो। एक समय जनताले आन्दोलनकारी नेतालाई मुक्तिदाताको रूपमा हेर्थे। तर, अब जनता परिणाम र सुशासन खोजिरहेका छन्। दशकौँदेखि सत्तामा रहेर पनि ती नेताहरूले मुलुकलाई सुशासन, रोजगारी र स्थिरता दिन नसकेको गुनासो बढ्दो छ।

दोस्रो, नयाँ पुस्ताको चुनौती पनि महत्त्वपूर्ण कारण हो। समसामयिक मुद्दामा तत्काल प्रतिक्रिया दिने, सामाजिक सञ्जालमार्फत सीधा सम्पर्क गर्ने र नयाँ शैलीमा राजनीति गर्ने नेताहरूको उदयसँगै पुराना नेताहरूको भाषण शैली, सोच र कार्यशैली पुरानो देखिन थालेको छ।

यसले युवापुस्तामा नयाँ विकल्प खोज्ने इच्छा बलियो बनाइदिएको छ। तेस्रो, आन्तरिक गुटबन्दी र व्यक्तिगत स्वार्थले शीर्ष नेताहरूको छवि कमजोर बनाएको छ। पार्टीलाई विचारका आधारमा होइन, व्यक्तिगत स्वार्थ र कुर्सीमा सीमित गर्ने प्रवृत्तिले नेताहरूलाई जनताबाट टाढा पु¥याएको छ।

चौथो, विश्वसनीयताको सङ्कट नै अहिलेको मूल कारण हो। पटक–पटक सत्तामा पुगेका नेताहरूले प्रतिवद्धता जनाए गरेजस्तो विकास नगरेको, भ्रष्टाचार नियन्त्रणमा असफल भएको र मुलुकलाई स्थिरता नदिएको जनगुनासो छ। वाचा र व्यवहार बिचको फरकले जनताको विश्वास खोसिँदै गएको छ।

अब, नेताहरूका लागि सच्चिने कि सक्किने भन्ने दिन आइसकेको छ । उनीहरुका लागि यो गम्भीर चेतावनी हो। लोकप्रियता घट्नु केवल व्यक्तिगत बेइज्जती मात्र होइन, लोकतान्त्रिक प्रणालीमै प्रश्न उठाउने विषय पनि हो। यदि शीर्ष नेताहरूले समयमै आफ्नो शैली परिमार्जन गरेनन् भने जनताले विकल्प खोज्न ढिलाइ गर्ने छैनन्।

राजनीतिक नेतृत्व केवल इतिहासमा नाम राख्नका लागि होइन, भविष्यलाई दिशानिर्देश गर्नका लागि हो। पुराना नेताहरूले आफ्नो क्रेज घट्दो अवस्थामा आत्ममन्थन गरेर नयाँ पुस्तासँग सहकार्य गर्न सके, अझै जनताको मन जित्ने सम्भावना बाँकी छ। नभए, इतिहासले उनीहरूलाई पुराना पानामा सीमित गर्नेछ।

Tags: #ओली#घट्दैछ शीर्ष नेताहरूको क्रेज?देउवा र प्रचण्ड

लोकप्रीय

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२

विचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२

थप समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो
ताजा समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?
ताजा समाचार

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध
ताजा समाचार

सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध

मङ्लबार भदौ १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.