NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रहरीको गोली लागेर एक जनाको मृत्यु, देशभर आक्रोश सोमवार भदौ २३ , २०८२
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’  सोमवार भदौ २३ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो सोमवार भदौ २३ , २०८२
भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल आइतवार भदौ २२ , २०८२
Next
Prev

समाचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

सोमवार भदौ २३ , २०८२
Reading Time: 1 min read
A A
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ भदौ , काठमाण्डौ ।
पुराना भनिएका दल र पाका भनिएका नेताहरुले समेत बलेको आगो ताप्ने शैलीमा हाल सडकमा आएको नयाँ पुस्ता(जेन–जी) पुस्ता लाई सरकार विरुद्धको प्रदर्शनमा समर्थन जनाउन थालेपछि उनीहरु आफै ट्रोल बन्न थालेका छन् ।
अहिले सडकमा आएका जेन–जीलाई समर्थन गरेको देखाउन तछाडमछाड गर्न थालेका पाका नेतृत्वहरुमाथि नै प्रश्न उठिरहेका छन् । विगतमा उनीहरु पनि सरकारको नेतृत्वमा रहेको र अहिलेका जस्तै उनीहरुले पनि सो बेला व्यवहार गरेको, सबै टेस्टेड भइसकेको भन्दै पुराना पार्टीका नेताहरु एकै घानमा परेका छन् ।
पछिल्लो पटक पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको निशानामा परेका छन् । उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नै निशानामा पारेका हुन् ।
हिजो टिकटकमाथि प्रतिबन्ध लगाएका प्रचण्डले आजसामाजिक सञ्जाल बन्दविरुद्ध बोल्दा बालेनले व्यंग्य गरेका छन्। भ्रष्टाचार र बेथितिसँगै सामाजिक सञ्जाल बन्दको विरोधमा जेन–जीले काठमाडौँलगायतका स्थानमा आज सुरु  गरेको प्रदर्शन प्रति समर्थन जनाउँदै अध्यक्ष प्रचण्डले आइतबार बेलुका फेसबुकमा पोस्ट गरेका छन्।
त्यसमा कमेन्ट गर्दै बालेनले यसअघि टिकटक प्रचण्ड प्रधानमन्त्री भएकै बेला बन्द गरिएको थियो भनेर कटाक्ष गरेका हुन्। साथै उनले आफूलाई साथ दिएको भए काठमाडौँका खोला नाला नै फेरिदिने समेत उल्लेख गरेका छन्।
प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ।
प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेकोकुरा स्पष्ट छ।  ’यसमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘एकादेशमा टिकटक पनि ब्यान (बन्द) भएको थियो। हजुर पीए (प्रधानमन्त्री) हुँदा पनि मेयर नै थिएँ, काम हजुरबाट पनि केहि भएन कमरेड। मेरो लागि एक दिन दिएको भए म केटीएम (काठमाडौँ) को खोलानाला फेरिदिन्थेँ।’
यसैबीच कतिपयले प्रचण्डको उक्त पोस्टमा भन्दा बालेनको कमेन्टमा धेरै लाइक आएको भनेर पनि टिप्पणी गरिरेहका छन्। यस्तैवरिष्ठ कलाकार हरिवंश आचार्यले पनि जेन–जी  पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन्।
आजको प्रदर्शनप्रति समर्थन जनाउँदै कलाकार आचार्यले सोमबार बिहान फेसबुक पोस्टमा घर छेउको पिच भत्किएको बाटोसहित आफ्नो धारणा प्रकट गरेका छन्।उनले लेखेका छन्, ‘मेरो घरछेउको बाटो पिच गरेको केही समयमै भत्कियो। म हरेक दिन मनमा सोच्दै थिएँ– यो बाटो यति चाँडो कसरी भत्कियो? तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन्न.. जनताको करले बनेको बाटो किन भत्कियो? कसरी भत्कियो? यसको जिम्मेवारी कसको? यो एउटा सानो उदाहरणमात्र हो। आज पुस्ताले प्रश्न गरेका। आज उठेको आवाज कुन्नै व्यवस्थाविरुद्ध आवाज होइन तर यो व्यवस्था हाँकिराख्नुभएका सबै दलका नेता र कर्मचारीको कार्यक्षमतामाथिको प्रश्न हो। जनताले तपाईंहरूबाट अहिले गरिरख्नुभएको भन्दा धेरै आशा गरेका छन्। अब उमेर भएकाले आफ्नो कार्यक्षमता सुधार्ने र उमेर पुगेकाले युवापुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ।’
यसबीच आलोचना नै खेपेपनि माओवादीसहित रास्वपा, राप्रपा, नेसपा लगायतका दलहरुका साथै कयौं अभियन्ता, विभिन्न पेशामा लागेका व्यक्तित्वहरुले पनि यो प्रदर्शनलाई समर्थन जनाइरहेका छन् ।
यसबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जेन जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारको गैर जिम्मेवार प्रतिबन्धको विरुद्धमा आयोजना गर्ने स्वतःस्फूर्त प्रदर्शनलाई समर्थन रहने जनाएका हुन् ।
उनले भनेका छन– ‘भ्रष्टाचार आजको नेपाललाई ध्वस्त बनाउने सबैभन्दा ठूलो रोग हो। नवयुवाहरूले उठाएको आवाज केवल उनीहरूको मात्र होइन, सम्पूर्ण नेपाली जनताको साझा पीडा हो। हामीलाई पूरा विश्वास छ, प्रदर्शनका माध्यमबाट नव युवा पुस्ताले प्रष्ट सन्देश दिनेछन– यो देश अब पुरानै ढर्राले चल्दैन।’
उनले प्रदर्शनमा स्वतःस्फूर्त रूपमा सहभागी भएर भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्न पनि आह्वान गरेका छन् । साथै प्रदर्शनमा कुनै प्रकारको दमन र हस्तक्षेप नगर्न र तत्काल नव युवा पुस्ताको आवाजलाई सम्बोधन गर्न सरकारसँग अपिल पनि गरेका छन् ।
यो प्रदर्शनलाई रास्वपा सभापति रवि लामिछानेले पनि कारागारबाटै विज्ञप्ती निकाल्दै समर्थन जनाएका छन् । यसबीच सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा हजारौं युवा सहभागी भएका छन् ।
उनीहरु माइतीघरबाट नयाबानेश्वरतर्फ अघि बढेका छन् । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् ।  उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् । जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।
प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।
उनीहरूले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ । काठमाडौं प्रहरीले ठूलो संख्यामा प्रहरी सडकमा उतारेको छ ।
जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ, मोरंग लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।देशमा रोजगारीको वातावरण सिर्जना हुनुपर्ने, सुशासन हुनुपर्नेलगायत माग उनीहरूको छ।
उनीहरूले प्रदर्शनमा ’गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ लगायत गीतसमेत गाएका छन्। प्रदर्शनपछि कोणसभा र भाषणको कार्यक्रम नरहेको उनीहरूको भनाइ छ।
साथै उनीहरूले ’सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ’हामीलाई बोल्न दे सरकार’, ’आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन–जी हेयर–फ्युचर क्लियर’ जस्ता विभिन्न नारा लेखिएका प्लाकार्ड सहित प्रदर्शन गरेका छन्।
उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् ।प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिएका छन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।
LS Auto
Tags: #प्रचण्डलाई बालेनको व्यंग्य

लोकप्रीय

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

प्रहरीको गोली लागेर एक जनाको मृत्यु, देशभर आक्रोश

सोमवार भदौ २३ , २०८२
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

सोमवार भदौ २३ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

सोमवार भदौ २३ , २०८२

विचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

प्रहरीको गोली लागेर एक जनाको मृत्यु, देशभर आक्रोश

सोमवार भदौ २३ , २०८२
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

सोमवार भदौ २३ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

सोमवार भदौ २३ , २०८२

थप समाचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
Breaking news

प्रहरीको गोली लागेर एक जनाको मृत्यु, देशभर आक्रोश

सोमवार भदौ २३ , २०८२
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 
ताजा समाचार

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

सोमवार भदौ २३ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
ताजा समाचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

सोमवार भदौ २३ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

प्रहरीको गोली लागेर एक जनाको मृत्यु, देशभर आक्रोश

सोमवार भदौ २३ , २०८२
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

सोमवार भदौ २३ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

सोमवार भदौ २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.